चैत्र ५,
काठमाडौँ -बीमांकीय मूल्यांकनको लागि नेपालबाट बार्षिक करोडौ रुपैयाँ बाहिरिने गरेको छ । नेपालमा एउटा पनि बीमांकी नहुँदा नेपालबाट रकम बाहिरिने गरेको हो । जीवन बीमा कम्पनीले तयार पारेको बार्षिक वित्तीय विवरण बीमांकीले मूल्यांकन गर्नुपर्छ । त्यसैगरी बीमांकीद्धारा नै नयाँ बीमालेख निर्माण गर्नुपर्छ । तर, नेपालमा एउटा पनि बीमांकी नभएपछि नेपाली बीमा कम्पनीहरु भारतीय बीमांकीको भर पर्दै आएका छन्...
चैत ५,
काठमाडौँ
-कार्यालयमा काम गर्दै गर्दा आलस्य हुने, निद्र्रा लागिरहने हुन्छ । यसको एउटा कारण एनिमिया (रक्तअल्पता)को समस्या हो । शरीरमा रातो रक्तकोषको कमी भएमा एनिमिया हुने गर्छ । रातो रक्तकोषले फोक्सोबाट शरीरभरि अक्सिजन पु(याउने काम गर्छ । आइरन र भिटामिनको कमीको कारण पनि एनिमिया हुने गर्छ । जसले मानिसलाई कमजोर बनाउँछ । र, अत्यधिक निद्रा लाग्न सक्छ ।
-डिप्रेसनको सिकार भएका मानिस पनि अफिसमा...
चैत ५,
कञ्चनपुर -बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्त प्रकरणका अभियुक्त एसपी डिल्लीराज विष्ट जिल्ला अदालत कञ्चनपुरमा उपस्थित भएका छन् । जिल्ला अदालतका रजिष्टार हरिकृष्ण अवस्थीका अनुसार एसपी विष्टको आजै बयान सुरु हुनेछ । विष्टको आज बयान सकिएमा आजै थुनछेक बहस हुने र नसकिए भोली थुनछेक बहस सुरु हुने अवस्थीले बताए ।सबै मिडियामा फरार भन्ने...
चैत ४,
काठमाडौँ -भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममा अर्यालले महिला उद्यमशीलता प्रवद्र्धनको माध्यमबाटै महिला सशक्तीकरणको अभियान प्रभावकारी हुने बताउनुभएको छ ।अमेरिकामा अध्ययन गरेका विद्यार्थीहरूको सङ्गठन ९नुसान०ले आज राजधानीमा आयोजना गरेको ‘उद्यमशीलताका माध्यमबाट महिला सशक्तीकरण’ विषयको गोष्ठीमा उहाँले नारी उत्थान र विकासका लागि सरकार क्रियाशील रहेको बताउनुभयो ।सरकारले अघि सारेको ‘समृद्ध नेपाल सुखी नेपाली’को अवधारणा साकार पार्न...
चैत ५,
काठमाडौँ -विवेकशील साझा पार्टीले मेडिकल कलेजहरुले तोकिएभन्दा बढी शुल्क लिएर विद्यार्थीबाट लाखौँलाख ठगी गरेका पछिल्ला समाचारहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।विवेकशील साझा पार्टीका प्रवक्ता डा सूर्यराज आचार्यले विज्ञप्ति जारी गरी शिक्षा र स्वास्थजस्ता आधारभूत सेवाका क्षेत्रमा नाफाखोर व्यवसायीकरणको नीतिले गर्दा अभिभावक र विद्यार्थी निरन्तर रूपमा मारमा परेको बताउँदै तोकिएभन्दा बढी शुल्क लिने दोषी कलेजलाई कारवाही गर्नेतर्फ...
एजेन्सी
मोजाम्बिक -मोजाम्बिकमा आएको इडाई नामको समुद्री आँधीका कारण एक हजारभन्दा बढीको मृत्यु भएको छ । राष्ट्रपति फिलिपे नुसीले प्रतिघन्टा १ सय ७७ किलोमिटरको तिव्र वेगमा आएको आँधीले बन्दरगाह सहर बेयरामा सबैभन्दा बढी क्षति पु¥याएको जनाएका छन् । गत बिहीबारदेखि नै मोजाम्बिकमा ठूलो वर्षासहित आएको आँधीले क्षति पु¥याउन थालेको भएपनि सहायताकर्मीहरु आइतबारमात्र त्यहाँ पुगेका थिए । उद्दारकर्मीहरु...
चैत ५
मुग्लिन-मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको ना६ख १४४ नंको ट्रक नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना–५ स्थित २ नं पुलबाट आज बिहान ७ बजे त्रिशुली नदी किनारमा खस्दा एकको मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।दुर्घटनामा परी अन्य चार घाइते भएका छन् । घाइतेलाई उद्धार गरी उपचारका लागि भरतपुर अस्पताल लगिएको छ । घाइतेमध्ये दुई महिला रहेका छन् ।प्रहरीका...
चैत ५,
राँझा -सरकारी जग्गा व्यक्तिको निजी नाममा गर्ने भूमाफियालाई सघाएको आरोपमा बाँके प्रहरीले आठ सरकारी कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।सरकारी जग्गाको कागजात कीर्ते गरेको आरोपमा गए राति भूमिसुधार तथा मातपोत कार्यालय बाँके र बर्दियाका आठ कर्मचारीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिनुभयो ।मालपोत कार्यालयका नायव सुब्बा रुद्र देवकोटा, टङ्क शर्मा र रामबहादुर...
चैत ५,
बैतडी -बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । सोमबार बेलुका एक घण्टाको फरकमा लगातार दुई पटक भूपकम्पको धक्का महसुस गरिएको हो । बेलुका ६ बजेर २८ मिनेटमा ३ दशमलव ८ रेक्टर र ७ बजेर ४२ मिनेटमा ३ रेक्टर स्केलको परकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।दुवै परकम्पको केन्द्रविन्दु भारत र चीनको सीमाआसपास लिपुलेक नजिक...
चैत ५,
नयाँ पत्रिका, काठमाडौँ सयथरी पुल एउटै तालखोलाको चौडाइभन्दा ८२ मिटर छोटो पुल अलपत्रसंखुवासभा र भोजपुर जोड्न अरुण नदीको लम्सुवाघाटको पुल २५ असार ०७० मै तयार हुनुपर्ने थियो । १३ करोड पाँच लाखमा पुल बनाउन सम्झौता भएको आठ वर्षसम्म जम्मा सात पिलर ठडिएका छन् । वर्षौंअघि बनेका पिलर खोलाको बहावले काटिएर आफैं रुग्ण बनेका छन् । दुईपटक थपेर सम्झौताको म्याद आठ वर्ष पुर्याइएको...


