भीषण समुद्री आँधीका कारण एक हजारभन्दा बढीको मृत्यु

54

एजेन्सी
मोजाम्बिक -मोजाम्बिकमा आएको इडाई नामको समुद्री आँधीका कारण एक हजारभन्दा बढीको मृत्यु भएको छ । राष्ट्रपति फिलिपे नुसीले प्रतिघन्टा १ सय ७७ किलोमिटरको तिव्र वेगमा आएको आँधीले बन्दरगाह सहर बेयरामा सबैभन्दा बढी क्षति पु¥याएको जनाएका छन् । गत बिहीबारदेखि नै मोजाम्बिकमा ठूलो वर्षासहित आएको आँधीले क्षति पु¥याउन थालेको भएपनि सहायताकर्मीहरु आइतबारमात्र त्यहाँ पुगेका थिए । उद्दारकर्मीहरु पुगेपछि सो क्षेत्रमा भएको क्षतिको विवरण बाहिर आएको छ ।

आँधीका कारण अफ्रिकाका दक्षिणी क्षेत्रमा एक सय ८० जनाको मृत्यु भएको छ । बेयराको निरीक्षणपछि राष्ट्रपति नुसीले आँधीले ‘विध्वंस’ मच्चाएको बताएका छन् हवाई निरीक्षणका क्रममा बाढीको भेलमा मानिसहरूको शव तैरिरहेको देखेको बताए । अन्तर्राष्ट्रिय रेडक्रस र रेड क्रिसेन्टले आँधीको भयानक प्रभाव परेको बताएका थिए ।

झन्डै पाँच लाख मानिस बसोवास गर्ने बेयरामा ९० प्रतिशत संरचना ध्वस्त भएको देखिएको छ । विश्व खाद्य कार्यक्रमका एक अधिकारीले आफूले बेयरामा आँधीले क्षति नपुर्याएको एउटा घर पनि फेला पार्न नसकेको बताएका छन् । सहरबाहिर झनै विकराल समस्या हुनसक्ने औल्याएका छन् । धेरै ठाउँमा बिजुली र सञ्चारसम्पर्क टुटेको छ । सडकहरू सहित धेरै ठाउँमा जमिन भासिएका कारण राहत कार्य झन् चुनौतीपूर्ण हुने बताइएको छ ।

आँधीका कारण रूखमा बसिरहेका थुप्रै मानिसको उद्धार गरिएको रेडक्रसले जनाएको छ । जिम्बाब्वेमा ९८ जनाको मृत्यु भएको छ भने दुई १७ जना हराइरहेको त्यहाँको सरकारले बताएको छ । आँधी अगावै आएको ठूलो वर्षाका कारण आएको बाढी र पहिरोले त्यहाँ एक सय २२ जनाको मृत्यु भएको थियो ।