चैत ५,
काठमाडौँ महानगरीय प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले अवैधरूपमा सुन विदेश लैजाने क्रममा चार जनालाई पक्राउ गरेको छ । कार्यालयले विदेश लैजानका लागि अन्तर्राष्ट्रिय उडानतर्फको पार्किङ क्षेत्रबाट चितवनका सुनिल राउत, बाराका सन्दीप पटेल, मकवानपुरका अर्पण केसी र खोटाङका मनोज राईलाई सोमबार साँझ पक्राउ गरेको हो ।प्रहरीले पक्राउ परेकामध्ये राउत र पटेलसँग रु १० लाख १५ हजार मूल्य पर्ने...
चैत ५
बेइजिङ, कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले नेपालमा चिया उत्पादन, अनुसन्धान, प्रविधि र चियाको आर्थिक सामाजिक अन्तरसम्बन्धमा चीन सरकारसँग सहयोग र सहकार्यका आधारमा साथ अघि बढ्न चाहेको बताउनुभएको छ । चीनको सिचुवान प्रान्तको इविन शहरमा सोमबार आयोजित तेस्रो अन्तर्राष्ट्रिय चिया सम्मेलनको प्रमुख अतिथि रहनुभएका खनालले नेपाल चियामा आत्मनिर्भरताको अवस्थामा पुगे पनि चियालाई संस्कृति र कलाको रूपमा...
चैत ४
काठमाडौँ -अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण रत्नपार्क वितरण केन्द्रका तत्कालीन लेखाप्रमुख उमेशकुमार ठाकुरविरुद्ध रु ५२ लाख १३ हजार ५९० बराबरको भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । नक्कली बिल तथा भौचर तयार पारी बदनियतपूर्वक सरकारी स्रोतको दुरुपयोग गरेको उहाँमाथि आरोप लागेको छ । रत्नपार्क वितरण केन्द्रका प्रमुख मनोजकुमार सिंहको समेत...
चैत ४,
काठमाडौँ लामो समयदेखि नेपाली फिल्म राम्रोसँग प्रदर्शन हुन सकिरहेका छैनन् । प्रदर्शन, प्रवद्र्धन र वितरण प्रणाली उत्तम नबन्दा निर्माता घाटामा छन् ।विशेषतः नेपाली फिल्मका लागि नेपाली फिल्म ‘मेकर्स’ नै ‘भिलेन’ को रुपमा देखिएका छन् । भिलेन यस अर्थमा कि नेपाली फिल्मले नेपाली फिल्मसँगै प्रतिस्पर्धा गर्दै आइरहनु परेको छ । विदेशी फिल्मसँग डराउने, स्वदेशी फिल्मसँग जुधाउने निर्माता, वितरक र...
चैत ४,
काठमाडौँ, केरुङ–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययनका लागि करीब रु ३५ अर्ब बराबरको खर्च लाग्ने देखिएको छ । नेपालीसहित चिनियाँ प्राविधिक टोलीले प्रारम्भिक अध्ययन गरी रेलमार्ग निर्माणका लागि उपयुक्त रहेको प्रतिवेदन दिइसकेको अवस्थामा सम्भाव्यता अध्ययन तथा विस्तृत परियोजना प्रतिवेदन तयारीका लागि उक्त परिमाणको रकम खर्च हुने देखिएको हो ।प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव मधुसुदन...
चैत ४,
काठमाडौँ -अभिनेत्री रेखा थापा क्रिकेट टिमको मालिक बनेकी छन्। नेपालमा आयोजना हुने तय भएको पहिलो महिला टी-ट्वेन्टी फ्रेन्चाइज क्रिकेट प्रतियोगिताको टोली, मालिक र मार्की प्लेयर सार्वजनिक समारोहमा रेखा टिमको मालिक भएको सार्वजनिक गरिएको हो।आयोजक एन.सी.एल. स्पोट्स प्रालिले सोमबार पत्रकार सम्मेलनमार्फत् प्रतियोगिताका लागि टोली, मालिक र मार्की खेलाडी सार्वजनिक गरेको छ। यही प्रतियोगिताका लागि अभिनेत्री थापा काठमाडौं...
चैत ४,
ललितपुर -ललितपुर महानगरपालिकाले आफ्नो क्षेत्रभित्र नयाँ निजी विद्यालयलाई यस वर्षपनि सञ्चालनको अनुमति नदिने भएको छ । नगरभित्रका विद्यालयलाई व्यवस्थित गर्ने भन्दै गतवर्ष महानगरपालिकाले नयाँ निजी विद्यालयलाई सञ्चालनको अनुमति नदिने निर्णय गरेको थियो । महानगरपालिकाभित्र कम दूरीमा नै धेरै निजी विद्यालय भएकाले त्यसलाई व्यवस्थित गर्नका लागि नयाँ शैक्षिक सत्रमा पनि थप विद्यालयलाई अनुमति नदिइने महानगरपालिकाले जनाएको छ ।महानगर...
चैत ४,
काठमाडौँ -कानूनी तथा संरचनागत तयारीका लागि लामो समय लागेका कारण चालु आर्थिक वर्षको छ महीनामा अपेक्षा गरेअनुसारको पूँजीगत खर्च हुन नसकेको पाइएको छ । प्रतिनिधिसभाको अर्थ समितिको आजको बैठकमा सहभागी हुनुभएका पूँजीगत खर्च बढी भएका मन्त्रालयका सचिवले वित्तीय सङ्घीयता कार्यान्वयनको पहिलो वर्ष भएकाले पनि केही अप्ठ्यारा आउनु र केही जटिलता देखिनु सामान्य भएको भन्दै आगामी आवमा त्यस्ता समस्या...
चैत ४
सिराहा -सिके राउतको पार्टी (स्वतन्त्र मधेस गठबन्धन) को नाम परिवर्तन भएको छ । सिराहामा सोमबार सम्पन राष्ट्रिय परिषद बैठकले राउत नेतृत्वको पार्टीको नाम ‘जनमत पार्टी’ राख्ने निर्णय गरेको छ ।
लाहानमा सम्पन्न दुई दिने बैठकले जनमत पार्टीको ३५ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिसमेत निर्वाचित गरेको छ । पार्टीको अध्यक्षमा डा। सिके राउत रहेका छन् भने ३४ जना सदस्य छन् ।...
चैत ४
काठमाडौँ -रातिको समयमा हुने दुर्घटना र आपराधिक क्रियाकलाप न्यूनीकरण गर्ने उद्देश्यले काठमाडौंका प्रमुख सडकमा आठ हजारबत्ती जडान गर्ने भएको छ । आगामी वैशाख १ गतेबाट कलङ्की–एयरपोर्ट, त्रिपुरेश्वर–चक्रपथ र थापाथली–कमलपोखरी हुँदै पुतलीसडक खण्डमा सो बत्ती जडान गर्ने काठमाडौँ महानगरपालिकाले जनाएको छ । बत्ती जडान गर्नका लागि महानगरपालिकाले चालू आर्थिक वर्षमा रु पाँच करोड बजेट विनियोजन गरेको कामपाका प्रवक्ता ईश्वरमान...



