Home Blog Page 1706
चैत ७ उधमपुर –भारत नियन्त्रित जम्मु–काश्मिरमा खटिएका तीन जना सशस्त्र फौज (सिआरपिएफ)का जवानको आफ्नै साथीले चलाएको गोली लागेर मृत्यु भएको छ । साथीलाई गोली हान्ने जवानले पनि आफैंले आफूमाथि गोली चलाएका थिए । उनको अवस्था गम्भीर रहेको बताइएको छ । सिआरपिएफका कमान्डर हरिन्दर कुमारले घटनाको पुष्टी गर्दै घटनाको मुख्य कारण पहिल्याउने प्रयास भइरहेको जानकारी दिनुभयो ।-रासस /एएनआई
चैत ७, काठमाडौँ -काठमाडौँ महानगरपालिकाले आगामी शैक्षिक सत्रदेखि सबै विद्यालयमा राष्ट्रिय झण्डा र देवनागरिक लिपिमा नाम अनिवार्य गर्ने तयारी गरेको छ । पछिल्लो समय धेरै विद्यालयले अङ्ग्रेजी नाम राखेको पाइएको हुँदा ती सबै विद्यालयले देवनागरिक लिपिमा पनि नाम राख्न अनिवार्य गरिएको जानकारी कामपाले गराएको छ । कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार राष्ट्रियको सम्मानको लागि निजी र सामुदायिक सबै विद्यालयले अनिवार्य...
गोरखा -पालुङटार नगरपालिका-१० धुँवाकोट स्थित भोर्लेको चिसापानीमा कुकुरको आक्रमणबाट चितुवा मरेको छ । स्थानीय फुचुङ लामाको बाख्रा फारममा आएको साधारण चितुवा र ६ कुकुरबीच बिहीबार बिहान ४ बजे झण्डै एक घण्टा भिडन्त भएको स्थानीयहरुले बताए । 'बाख्रा खान आएको चितुवालाई साना ठूला ६ वटा कुकुरले घेरा हालेर आक्रमण गरेछन्,' स्थानीय राम सेडाइँले भने,'कान चुडेको, खुट्टामा घाउ भएको मृत...
चैत ७, गलेश्वर -यसै त वसन्त ऋतु, त्यसमाथि पनि वनैभरि ढकमक्क फुलेका लालीगुँरास । लालीगुराँसकै छेडोबाट देखिने सेताम्यै हिमाल र मनमोहक प्राकृतिक छटा । म्याग्दीका लेकाली भूगोलमा अहिले बेग्लै रौनक थपिएको छ ।कहिल्यै पनि वन जङ्गलमा नपुगेका युवायुवतीको लर्को अहिले जङ्गली क्षेत्रमा पुग्दा गाउँलेले अचम्म मानेका छन् भने युवकयुवती गुराँस र हिमाललाई पृष्ठभूमिमा पारेर तस्वीर खिच्न पाउँदा मख्ख...
चैत ७, काठमाडौँ -सेञ्चुरी कमर्सियल बैंकले आफ्ना शेयरधनीलाई ६.५० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको कूल चुक्ता पूँजीको रु आठ अर्ब २५ करोड चार लाख ६२ हजार ३२९ को दुई प्रतिशतले हुन आउने रु १६ करोड ५० लाख नौ हजार २४७ बराबरको शेयर लाभांश दिने प्रस्ताव गरेको हो । यस्तै बैंकले चुक्ता पूँजीको ४.५ प्रतिशतले हुन आउने...
चैत ७, काठमाडौँ -उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सबै तल्ला तहमा सहमति नजुटेका कारण एकता प्रक्रियाले समय लिएको बताउनुभएको छ । मदन भण्डारी फाउण्डेशनद्वारा आयोजित ३ नम्बर प्रदेशस्तरीय भेलामा उहाँले स्थानीय तहदेखि नै सहमति जुट्न सके एकता प्रक्रिया सहज हुने उल्लेख गर्दै तल्ला तहमा सहमति जुट्न नसक्दा समय लागेको स्पष्ट पार्नुभयो ।नेकपाका सचिवालय सदस्य...
चैत ७, काठमाडौँ -श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सबै स्थानीय तहलाई आफ्नो तहमा रहेका बेरोजगारको विवरण सङ्कलन गर्न निर्देशन दिएको छ । मन्त्रालयका प्रधानमन्त्री रोगजार कार्यक्रम शाखाका उपसचिव डा लोकनाथ भुसालले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई बेरोजगारको विवरण सङ्कलन गर्न निर्देशन दिनुभएको हो । मन्त्रालयले बेरोजगारको विवरण सङ्कलन गर्नका लागि सबै स्थानीय तहमा रोजगार संयोजक...
चैत ७, बाँके -भारतीय भन्सारले अनलाइन सेवामा समस्या देखिएको भन्दै पेट्रोलियम पदार्थ बोकेका १४० वटा ट्याङ्कर रुपैडिया नाकामा रोकेको छ । अनलाइनमा समस्या आएको भन्दै ट्याङ्करसँगै फलफूल र तरकारी बोकेका दर्जन बढी ट्रक पनि दुई दिनदेखि भारतमै रोकिएको नेपालगञ्ज भन्सार कार्यालयका भन्सार अधिकृत शरदकुमार केसीले जानकारी दिनुभयो ।उहाँले फलफूल र तरकारी गाडी कागजी प्रक्रिया मिलाएर छोड्ने सहमति भए पनि...
चैत ७, चितवन -नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले गणतन्त्र र सङ्घीयता जनआन्दोलनको उपलब्धि भएकाले यसको संरक्षण गर्नु सबैको साझा दायित्व हो भन्नुभएको छ । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “गणतन्त्र र सङ्घीयता जनआन्दोलनको उपलब्धि हो, मैले यसमा जनमत सङ्ग्रह गर्नुपर्छ भन्ने कुरा गरेकै छैन ।”महामन्त्री कोइरालाले धार्मिक स्वतन्त्रताको पक्षमा जनमत सङ्ग्रह...
चैत ७, काठमाडौँ -प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका साना साना पूँजी सङ्कलित गरेर ठूला आयोजनामार्फत आफ्नो मुलुक आफैँ बनाउन सकिने बताउनुभएको छ ।‘नेपालको पानी, जनताको लगानी, हरेक नेपाली विद्युत्को शेयरधनी’ भन्ने नारासहित जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत ‘त्रिशूली बी’ को शेयर आवेदन शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले मौरीले फूलको रस ल्याएर चाका बनाएजस्तै ठूला आयोजनामा जनताको लगानी बढाएर देशलाई स्वाधीन र समृद्ध...