चितुवा र कुकुरको भिडन्त : चितुवाको मृत्यु

164

गोरखा -पालुङटार नगरपालिका-१० धुँवाकोट स्थित भोर्लेको चिसापानीमा कुकुरको आक्रमणबाट चितुवा मरेको छ । स्थानीय फुचुङ लामाको बाख्रा फारममा आएको साधारण चितुवा र ६ कुकुरबीच बिहीबार बिहान ४ बजे झण्डै एक घण्टा भिडन्त भएको स्थानीयहरुले बताए । ‘बाख्रा खान आएको चितुवालाई साना ठूला ६ वटा कुकुरले घेरा हालेर आक्रमण गरेछन्,’ स्थानीय राम सेडाइँले भने,’कान चुडेको, खुट्टामा घाउ भएको मृत अवस्थाको चितुवा देख्यौँ ।’ कुकुरले मारेको चितुवा हेर्न गाउँलेहरुको चिसापानीमा विहानै भिड लागेको उनले बताए । ‘एउटा कुकुर मरेको छ, दुईवटा घाइते छन्, अहिले कुकुर सुस्ताएर बसेको छ,’ उनले भने ।

मृत चितुवा वन कार्यालयलाई जिम्मा लगाइएको छ । ‘आहाराका लागी गाउँ छिरेको चितुवा कुकुरको प्रत्याक्रमण मरेको जानकारी आएपछि टोली खटाएर मृत चितुवा कार्यालय ल्याएका छौं,’ वन कार्यालयका प्रमुख इमनाथ पौडेलले भने । उत्त चितुवा पुच्छर सहित पाँच फिट लम्वाइ र दुइ फिट उचाइको रहेको पौडेलले बताए । Kantipur daily