Home Blog Page 1705
काठमाडौं । छ वर्षसम्म मोडलिङमा करिअर बनाउन दौडधूप गरेपछि काठमाडौँ, बूढानीलकण्ठकी सुजना ढकाललाई यो क्षेत्र सोचेजति सहज नभएको अनुभव भइरहेको छ । प्लस टूमा पढ्दै गर्दा रहरैरहरमा मोडलिङमा प्रवेश गरेकी सुजना बल्ल अहिले आएर मोडलिङ के हो भन्ने बुझ्दै छिन् । मोडलिङ र अभिनयसम्बन्धी ट्रेनिङ लिएर मात्र लाग्नुपर्ने क्षेत्रमा त्यत्तिकै लाग्दा सफल हुन नसकिने उनी बताउँछिन् । उनकी दिदी...
अन्नपूर्ण पोष्ट चैत ८, काठमाडौं । खर्च प्रणालीमा वित्तीय अनुशासन उल्लंघन गर्दै प्रदेश ३ सरकारले हरेक सांसदलाई ५०–५० लाख रुपैयाँका दुई आयोजना दिने भएको छ। आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले एक करोडसम्मका दुई आयोजना कार्यान्वयन गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लगेका छन्। हरेक सांसदलाई एक करोडका गैरबजेटरी आयोजना दिन मन्त्री ढुंगेल सहमत भएका छन्। आइतबार संसदीय दलको बैठकमा उनले...
कान्तिपुर दैनिक चैत ८, काठमाडौँ । सरकारबाट निर्धारितभन्दा बढी लिएको शुल्क मेडिकल कलेजले एक महिनाभित्र विद्यार्थीलाई फिर्ता गर्ने सहमति भएको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलको रोहबरमा त्रिभुवन विश्वविद्यालयका पदाधिकारी, डिन, कलेज सञ्चालक, पीडित विद्यार्थी, विद्यार्थी संगठनबीच बिहीबार भएको बैठकमा रकम फिर्ता गर्ने सहमति भएको हो । विश्वविद्यालय, कलेज सञ्चालक र मन्त्रालयका प्रतिनिधिले शुल्क फिर्ताको अनुगमन गर्नेछन् । विद्यार्थी भने सहमति कार्यान्वयनमा विश्वस्त छैनन् ।बैठकमा...
नागरिक दैनिक चैत ८, काठमाडौं । वैवाहिक अंगीकृत नागरिकता प्राप्तिका लागि सीमा तोक्ने विषयमा प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा विवाद भएपछि उपसमिति गठन भएको छ। नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्ने विधेयक समितिमा पुगेपछि पाँच महिनादेखि छलफल जारी छ। विदेशी बुहारी र ज्वाँइलाई नागरिकता दिँदा वैवाहिक सम्बन्ध हुनासाथ दिने वा समय निर्धारण गरेर दिनेभन्ने विषयमा विवाद भएपछि उपसमिति...
नेपाल समाचारपत्र /ईश्वरराज ढकाल, चैत ८, काठमाडौं । चैत १० गतेबाट संचालन हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा९एसइई० मा ४ लाख ७५ हजार ३ जना परीक्षार्थी परीक्षामा सामेल हुने भएका छन । मुलुक संघीयतामा गैसकेको अवस्थामा पहिलो पटक परीक्षा व्यवस्थापन, संचालन,अनुगमन उत्तरपुस्तिका खरिद लगायतसम्पुर्ण काम प्रदेश सरकारले गर्ने भएको छ ।राष्ट्रिय परीक्षा बोर्डले प्रश्नपत्र छपाई, उत्तरपुस्तिका परीक्षण र परीक्षाफल...
नयाँ पत्रिका चैत ८, काठमाडौं । रोजगारीमा दक्षिण कोरिया जान चाहने कामदारका लागि शुक्रबारबाट आवेदन खुला हुँदै छ । तर, परीक्षा शुल्क बुझाउन बिहीबार साँझदेखि नै बैंकमा युवाको लाइन छ । ग्लोबल आइएमई बैंकका सबै शाखामा युवाको लाइन थियो । तर, सबैभन्दा लामो लाइन त्रिभुवन विश्वविद्यालयभित्रको काउन्टरबाहिर थियो । देशको सबैभन्दा ठूलो विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा मास्टर्स पढिरहेका विद्यार्थी आ–आफ्ना डेरा छोडेर बिहीबार...
चैत ७, भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरले जुवा खेलिरहेको स्थानबाट नगद सहित केही व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३ जना महिला र ३ जना पुरुष रहेका छन् । विहिबार साझँ प्रहरीले सूर्यविनायक नगरपालिका वडा नम्बर ५ कटुञ्जे सुबर्णेश्व चोकबाट तास खेलीराखेको अवस्थामा ६ जनालाई पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत जगाती भक्तपुरबाट खटिएको प्रहरी...
चैत ७, काठमाडौं । नेपाल धितोपत्र बोर्डले रु पाँच लाख वा सोभन्दा बढीको शेयर कारोवारमा मात्रै स्थायी लेखा नम्बर (प्यान) अनिवार्य रहेको पुनःदोहो¥याएको छ । स्थायी लेखा नम्बरको विषयमा दुविधा उत्पन्न भएको भन्दै बोर्डले दोस्रो बजारमा धितोपत्र खरीद वा बिक्री गर्दा दिनभरिको कारोवार वा पटकपटकको कूल कारोवारको नभई एकपटकमा रु पाँच लाख वा सोभन्दा बढीको कारोवार गरेमा मात्र उक्त...
चैत ७, काठमाडौं -नेकपा विप्लव समूहले हतियार विसाएपछि मात्र वार्ता हुने सरकारले बताएको छ । हिंसात्मक गतिविधि गरेको भन्दै सरकारले २८ फागुनमा विप्लव समूहमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले भने, ‘सम्वादका निम्ति हामी तयार छौं । तर, सम्वाद गलत गतिविधिको तयारीका हुन सक्दैन । वार्तामा...
चैत ७, काठमाडौँ सरकारले ८४ करोड ६५ लाख रुपैयाँमा २ वटा रेल किन्ने भएको छ । सरकारले जी टु जी प्रकृयाबाट रेल किन्न लागेको हो । सरकारका प्रवक्ता समेत रहेका सञ्चार प्रविधि तथा सूचना मन्त्री गोकुल बास्कोटाले चैत ४ गते बसेको मन्त्रिपरिषद बैठकले विभागलाई स्वीकृती दिएको बताए । भारतीय सरकारी कम्पनी कोकान रेलवेयस कर्पोरेसन लिमिटेडमार्फत २ वटा...