बीबीसी, चैत १५,
काठमाडौँ -अष्ट्रेलियाको मेलबर्नमा एउटा तालले रङ्ग फेरेर गुलाफी बनेको छ । मेलबर्न पार्कमा रहेको एउटा ताल आफैँ गुलाबी भएपछि तस्बिर खिच्ने पर्यटकहरूको घुँइचो लागेको छ।मेलबर्नको वेस्टगेटमा रहेको यो मानवनिर्मित ताल हालै गुलाफी बनेको हो ।चर्को घाम, कम बर्षा र बढ्दो तापक्रमका कारण पानीको रङ्ग गुलाफी भएको बताइएको छ । त्यस्तो अवस्थामा तालमा रहेका लेउले बेटो कारोटेन भनिने...
चैत १५,
धादिङ – दक्षिणी धादिङको गजुरी गाउँपालिका–७ पेटारेमा घरमा लुकाइछिपाइ राखिएको अवस्थामा बिहीबार राति चरेस, चरेस बनाउने धुलो र गाँजा बरामद गरी एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।नेपाल प्रहरीको लागुऔषध नियन्त्रण व्यूरो र इलाका प्रहरी कार्यालय गजुरीको टोलीले विशेष सूचनाको आधारमा छापा मारेको थियो । गजुरी गाउँपालिका–७ पेटारे निवासी ४५ वर्षीया सुकुमाया तामाङको घर र गोठमा राखिएको...
चैत १५, नयाँ पत्रिका,
कास्की -रामघाटस्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले सरकारद्वारा घोषित राष्ट्रिय स्तरका कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट अभाव भएको जनाएको छ । कार्यक्रम सञ्चालनका लागि विनियोजित बजेट आर्थिक वर्ष सुरु भएको नौ महिनासम्म पनि निकासा नहुँदा अस्पतालमा रकम अभाव भएको हो ।आमा सुरक्षा, पोषण गृह सञ्चालन, नवजात शिशुको एनआइसियू कार्यक्रम र एचआइभी एड्स, ओएसकेलगायत कार्यक्रमलाई सरकारले प्राथमिकतामा राखी राष्ट्रिय कार्यक्रमका रूपमा...
चैत्र १५,
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशी लगानीकर्ता लाई लगानीको लागि नेपाल भर्जिनल्याण्ड भएको जानकारी गराएका छन् । काठमाडौंमा सुरु भएको दुई दिने लगानी सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा जुन क्षेत्रमा लगानी गर्दा पनि नाफा हुने भन्दै विदेशी लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन् ।उनले भने नेपालमा संविधान बनेर राजनीतिक स्थिरता कायम भएकाले लगानीका लागि...
चैत १५,
वीरगञ्ज– एसईई परीक्षाको शुक्रबार हुने सामाजिक विषयको परीक्षा प्रदेश २ मा स्थगित भएपछि विद्यार्थीहरू आक्रोशित भएका छन्। सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि परीक्षा नियन्त्रण कार्यालले शुक्रबार हुने परीक्षा स्थगित गरेको थियो।हिजो र आज गरी लगातार दुई दिनको एसईई परीक्षा रद्द भएपछि आक्रोशित जनकपुरधामका परीक्षार्थीहरु संघीय र प्रदेश सरकार विरुद्ध चर्को नाराबाजीमा उत्रेका छन् । बिहिबार विज्ञान र शुक्रवार सामाजिक...
चैत १५,
काठमाडौँ -शुक्रबार काठमाडौंको सोल्टी होटेलमा लगानी सम्मेलन शुरु भएको छ । काठमाडौँस्थित होटल सोल्टी क्राउन प्लाजामा शुरु भएको सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे । सम्मेलनका लागि सरकारले ५० र निजी क्षेत्रबाट २७ आयोजना गरी कूल ७७ आयोजनालाई ‘शो केश’ मा राखिने छ । सम्मेलनलाई लक्षित गरेर राजधानी काठमाडौँको सुरक्षा व्यवस्थासमेत चुस्त बनाइएको छ ।नेपाल सरकारको ‘समृद्ध...
चैत १४,
काठमाडौं । फिल्म ‘ए मेरो हजुर ३’ को प्रोमो सार्वजनिक भएको छ । लामो समयको प्रतिक्षापछि अनमोल केसी र सुहाना थापा स्टारर फिल्मको प्रोमो सार्वजनिक भएको हो । झरना थापाको दोश्रो निर्देशकिय फिल्म ‘ए मेरो हजुर ३’ को प्रोमो निकै आकर्षक बनेको छ । प्रोमोमा अनमोलले दुई वटा भूमिकामा देखिएका छन् । सुहाना स्टार गायकको फ्यानको भूमिकामा प्रस्तुत...
चैत १४, जनकपुरधाम । पाँच जनाको ज्यान जाने गरी भएको जनकपुर बम विस्फोटमा पूर्वमन्त्री संजयकुमार साहसहित ७ जनालाई जन्मकैदको सजाय सुनाइएको छ । जिल्ला अदालत धनुषाका न्यायाधीश राजेशकुमार कटवालको इजलासले बम विस्फोटका योजनाकार साहसँगै मुकेशकुमार चौधरी र राजन मुक्ति भन्ने रन्जित साहलाई जन्म कैदको सजाय सुनाएको हो ।
यस्तै ओमप्रकाश चौधरी, सुरेशकुमार कर्ण, मुकेशकुमार कर्ण र दीपेन्द्र झालाई पनि जन्मकैदको...
चैत १४,एजेन्सी,
काठमाडौँ -भारतका एक स्वतन्त्र रुपमा उम्मेदवारी दिएका उम्मेदवारले आफुले चुनाव जितेमा सबै मतदाताको घरमा १०–१० लिटर रक्सी सित्तैमा दिने घोषणा गरेका छन् । भारतमा अहिले लोकसभा चुनावको माहोल बढ्दै गएकाधे छ । अहिले भारतमा उम्मेदवारहरुले आफ्ना मतदातालाई आकर्षित गर्नका लगि विभिन्न किसिमका अनौठो खालका अफर घोषणा गरिरहेका छन् ।उनि पेशाले सूूचिकार रहेका ५५ वर्षका शेख दाउद...
चैत १४,
काठमाडौँ -शेयर बजारमा सुधारको क्रम जारी रहेको छ । पछिल्लो दिनमा सामान्य अङ्कले वृद्धि भएको बजारमा आज कारोवार मापक नेप्से परिसूचक २.०१ विन्दुले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बजार बढेर एक हजार १४४.५३ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.३२ विन्दुले बढेर २४३.४९ विन्दुमा पुगेको छ ।कूल १६८...


