Home Blog Page 1687
चैत १५ काठमाडौँ - प्रदेश-२ मा लगातार एसईई परीक्षाको प्रश्नपत्र बाहिरिएपछि शिक्षा मन्त्रालयले देशभरको प्रश्नपत्र ४ घन्टाभित्र रुजु गर्न निर्देशन दिएको छ । प्रदेश -२ मा बिहीबार विज्ञान र शुक्रबार सामाजिक विषयको प्रश्नपत्र बाहिरिएको थियो ।मुलुकभरका १ हजार ९ सय ६९ वटै परीक्षा केन्द्रका लागि पठाएका प्रश्नपत्र जिल्ला परीक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी वा उसले तोकेको अधिकारीको...
चैत १५, काठमाडौँ -सरकारले ऊर्जा, भौतिक पूर्वाधार, कृषि, पर्यटनलगायत क्षेत्रमा लगानी गर्न विश्वभरका लगानीकर्तालाई आह्वान गरेको छ।आजदेखि राजधानीमा सुरू भएको लगानी सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री युवराज खतिवडाले राजनीतिक रूपमा सहज वातावरण बनेको, तीनवटै तहका सरकारसमेत गठन भएको उल्लेख गर्दै प्रक्रियागत तथा संस्थागत सुधार एवं अन्य संरचनासमेत नयाँ बनाइएकाले पनि नेपाल लगानीयोग्य राष्ट्र बनेको बताए।नेपालले नयाँ यात्रा सुरू गरेको भन्दै घरेलु...
चैत १५, काठमाडौँ -चिकित्सा विज्ञानका स्नातक तह (एमबिबिएस र बिडिएस) सहित अन्य कार्यक्रमका निर्धारित शुल्क कार्यान्वयन बारेमा अध्ययन गर्न प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिले नौ सदस्यीय अध्ययन उपसमिति गठन गरेको छ ।समितिका सदस्य सुरेशकुमार राईको संयोजकत्वमा गठित सो उपसमितिमा समितिका सदस्य खगराज अधिकारी, योगेश भट्टराई, चित्रलेखा यादव, उमेश श्रेष्ठ, सन्तकुमार थारु, जीवनराम श्रेष्ठ, मनकुमारी केसी र एकवाल मियाँ रहनुभएको...
चैत १५, काठमाडौँ -नेपालस्थित अमेरिकी राजदुतावासले नेपाली कांग्रेस नेता तथा सांसद गगन थापाले अध्ययन गर्दै गर्दाको तस्विर सार्वजनिक गरेको छ। शुक्रबार सामाजिक सञ्जालहरू बाट कक्षा कोठाको उक्त तस्विर सार्वजनिक गर्दै दुतावासले लेखेको छ,'हेर्नुस् त, कक्षामा को छ ?' दुतावासको तस्विरमा थापाले अमेरिकाको हावर्ड विश्वबिद्यालयस्थित हार्वर्ड केनेडी स्कूलस्थित कक्षा कोठा अध्ययन गरिरहेका छन्। तस्विरसँगै सांसद थापालाई उदृत गर्दै दुतावासले लेखेको छ,'उहाँ...
चैत १५, चितवन -नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले नेपाल हिन्दूराष्ट्र बन्न नसक्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवन शाखाले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले आफ्नो दल पनि हिन्दूराष्ट्र हुनुपर्छ भन्ने पक्षमा नरहेको बताउनुभयो ।पार्टीकै महामन्त्रीले सार्वजनिक कार्यक्रममा हिन्दू राज्यको पक्षमा जनमत सङ्ग्रह गर्नुपर्ने बताउनुभएको छ नि भन्ने प्रश्नमा उपसभापति निधिले आफूलाई यसबारेमा कुनै जानकारी नभएको र...
चैत १५, एजेन्सी, ढाका– बंगलादेशको एक गगनचुम्बी भवनमा आगलागी हुँदा मृत्यु हुनेको संख्या शुक्रबार मध्यान्हसम्ममा २५ जना पुगेको प्रहरीले जनाएको छ । अग्निनियन्त्रकहरुले भवनभित्र डढेका वस्तुहरुभित्र अरु मानिस हुन सक्ने भन्दै खोजतलास गरिरहेका छन् ।राजधानी ढाकास्थित २२ तल्ले एफआर टावरमा बिहीबार अपराह्न आगलागी शुरु हुँदा टावरमा रहेका कार्यालयहरुमा सयौं कर्मचारी, कामदारहरु कार्यरत रहेको प्रहरीले जनाएको छ । प्रहरीले भवनको...
चैत १५, काठमाडौँ -प्रदेश नं ५ मा आयोजना हुने आठौँ राष्ट्रिय खेलकूदमा विभिन्न खेलमा २४ गैरआवासीय नेपाली सङ्घ ९एनआरएन० खेलाडीले सहभागिता जनाउने भएका छन् ।गैरआवसीय नेपाली सङ्घका अनुसार विभिन्न सात मुलुकबाट नौ खेलमा २४ खेलाडीले सहभागिता जनाउने छन् । सङ्घका अनुसार अमेरिका, संयुक्त अबर इमिरेट्स (युएई), मलेशिया, अष्ट्रेलिया, मकाउ, जापान र हङकङ गरी सात राष्ट्रका एनआरएन खेलाडीले कराँते, तेक्वान्दो,...
एजेन्सी, चैत १५, नयाँदिल्ली -बलिउडस्टार दीपिका पादुकोण एउटा नयाँ फिल्ममा फरक चरित्रको रुपमा देखिएकी छन् । एसिड आक्रमण गरिएकी युवतीको रुपमा उनलाई चित्रण गरिएको छ ।जसलाई लिएर दीपिकाको पनि प्रसंशा हुन थालेको छ । उनका ‘को एक्टर’विक्रान्त मासेले पनि दीपिकाको नयाँ भूमिकामा मिलेर काम गर्न पाउँदा नयाँ अनुभव भएको टिप्पणी गरेका छन् ।नयाँ फिल्म ‘छप्पाक’मा दीपिका एसिड आक्रमणबाट बाँचेर सामाजिक...
चैत १५, बाजुरा -बाजुरामा समयमै ठेकेदारले चामल ढुवानी नगर्दा खाद्य सङ्कट भएको छ । जिल्लाको हिमाली गाउँपालिकामा खाद्य सङ्कट भएको हो । ठेकेदारले चामल ढुवानी गर्न असोजमा सम्झौता गरेको भए पनि अहिलेसम्म गाउँपालिकाको कवाडी डिपोमा चामल ढुवानी भएको छैन । चामल ढुवानी नहुँदा गाउँपालिकामा चरम खाद्य सङ्कट भएको वडा नं ५ का अध्यक्ष अम्मलाल कार्कीले बताउनुभयो ।हिमाली–३ विच्छँ्याका चन्द्रबहादुर बुढथापाले...
चैत १५, काठमाडौँ – पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भेगमा आगामी तीन दिनसम्म बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाले आगामी तीन दिनसम्मको मौसम पूर्वानुमानसम्बन्धी बुलेटिन जारी गर्दै मध्य र पश्चिमी भेगमा आंशिकदेखि सामान्य बदली रहने तथा पूर्वी पहाडी, मध्य र पश्चिमी पहाडी क्षेत्रका केही स्थानमा मेघ गर्जनसहित वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको...