अष्ट्रेलियाको मेलबर्नमा एउटा तालले रङ्ग फेरेर गुलाफी बनेपछि… (फोटो सहित)

226

बीबीसी, चैत १५,
काठमाडौँ -अष्ट्रेलियाको मेलबर्नमा एउटा तालले रङ्ग फेरेर गुलाफी बनेको छ । मेलबर्न पार्कमा रहेको एउटा ताल आफैँ गुलाबी भएपछि तस्बिर खिच्ने पर्यटकहरूको घुँइचो लागेको छ।मेलबर्नको वेस्टगेटमा रहेको यो मानवनिर्मित ताल हालै गुलाफी बनेको हो ।चर्को घाम, कम बर्षा र बढ्दो तापक्रमका कारण पानीको रङ्ग गुलाफी भएको बताइएको छ । त्यस्तो अवस्थामा तालमा रहेका लेउले बेटो कारोटेन भनिने रातो रङ्ग उत्पादन गर्छ । गुलाफी रङ्गका कारण सन् २०१३ देखिनै पर्यटकहरू यहाँ झुम्मिन थालेका हुन् । पर्यटकहरूले तालको रङ्गलाई पृष्ठभूमिमा राख्दा राम्रो देखिने गरि लुगाको रङ्ग छान्छन् । पार्कले भने पानीमा भएको उच्च क्षार मात्राका कारण पानीको नजिक नजान सूचना जारी गरेको छ । सामाजिक सञ्जालमा मानिसहरूले तालबाट कुहिएको अण्डाको जस्तो गन्ध आउने बताएका छन् ।तालको गुलाफी रङ्ग मौसम चिसो नभएसम्म कायम रहन्छ ।अष्ट्रेलिया, स्पेन, क्यानडा र सेनेगलका अन्य तालहरूमा पनि पानी गुलाफी हुने गर्दछ ।

AFP/GETTY IMAGE

 

GETTY IMAGES
तस्वीर कपीराइटGETTY IMAGES
EPA
GETTY IMAGES