चैत्र १५,
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशी लगानीकर्ता लाई लगानीको लागि नेपाल भर्जिनल्याण्ड भएको जानकारी गराएका छन् । काठमाडौंमा सुरु भएको दुई दिने लगानी सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा जुन क्षेत्रमा लगानी गर्दा पनि नाफा हुने भन्दै विदेशी लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन् ।
उनले भने नेपालमा संविधान बनेर राजनीतिक स्थिरता कायम भएकाले लगानीका लागि निकै राम्रो वातावरण बनेको बताए ।साथै राजनीतिक स्थायित्व मात्रै नभई नीतिगत स्थायित्व पनि भएको बताए। ‘एक वर्षमा हामीले धेरै नीतिगत र कानुनी सुधार गर्यौं। धेरै प्रारुपहरु तयार पार्यौं,’ प्रधानमन्त्री ओलीले भने,‘नेपाल लगानीको लागि तयार छौं।’
उनले आर्थिक समृद्धिबिना राजनीतिक परिवर्तन दीगो नहुने भन्दै सरकारले द्रूततर आर्थिक विकासमा जोड दिएको बताए। सन् २०२३ सम्ममा मध्य आय भएको मुलुक बन्ने र सन् २०३० सम्ममा दीगो विकास लक्ष्य हासिल गर्ने लक्ष्य लिएको बताए।प्रधानमन्त्री ओलीले दुई अंकको आर्थिक बृद्धि गर्न सरकारलाई ५ वर्षभित्र ९८ खर्ब रुपैयाँ आवश्यक पर्ने भन्दै वैदेशिक लगानी आवश्यक परेको प्रष्ट पारे।
प्रधानमन्त्री ओलीले सरकारले कर र उद्योग दर्ता प्रक्रियालाई पूर्णरुपमा स्वचालित बनाउने योजना बनाएको जानकारी दिए। उनले लगानीको लागि नेपाल उदार देश भएको भन्दै सरकारले सबै क्षेत्रमा लगानी खुला गरेको बताए। उनले नेपालको ऊर्जाको क्षेत्रिय बजारको खोला खुलेको भन्दै सडबाहेक छिमेकी देशसंग नेपालले रेल, पानीजहाज र प्रसारण लाइनको सञ्जाल बनाउने बताए।
उनले मापदण्ड पूरा गर्ने लगानीलाई कर छुटको प्रतिबद्धता कानुनमा उल्लेख भएको भन्दै लगानीकर्ताको लागि यो अवसर भएको बताए।