चैत १७,
काठमाडौँ -मौसम पूर्वानुमान महाशाखाका अनचुसार काठमाडौँ उपत्यकासहित देशका पूर्वी क्षेत्रमा आज आइतबार दिउँसो र साँझपख मेघ गर्जनसहित वर्षा हुने सम्भावना रहेको छ । महाशाखाका मौसमविद् वरुण पौडेलले गए रातिदेखि नै काठमाडौं उपत्यकासहित देशका पूर्वी क्षेत्रमा हल्कादेखि मध्यम खालको वर्षा भएको बताए ।‘पूर्वी भू–भागका धेरै तथा मध्य र पश्चिमी भू–भागका केही स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षाको संभावना देखिन्छ,...
चैत १७,
काठमाडौँ -परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ‘नेपाल लगानी सम्मेलन २०७५’ मा विदेशी समुदाय र लगानीकर्ताले नेपाललाई दक्षिण एशियाको उदाउँदो ताराका रुपमा चित्रित गरिएकामा आफूहरुलाई गौरवबोध भएको बताउनुभएको छ ।रिपोर्टर्स क्लब नेपालको २१औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री ज्ञवालीले पछिल्लो समयमा नेपालको अन्तर्राष्ट्रिय छवि उच्च भएकाले सो सम्मेलनले नेपालको विकासका लागि थप प्रेरणा दिएको बताउनुभयो । उहाँले...
चैत १६,
पर्सा । नारायणी अस्पताल वीरगन्जमा कार्यरत डा। सचितानन्द यादवको कुटाइबाट सख्त घाइते श्रीमती सुनिता यादवको उपचारको क्रममा शुक्रबार मृत्यु भएको छ। सुनिता नारायाणी अस्पतालमा कार्यरत मधुमेह तथा थाइराइड रोग विशेषज्ञ डा। सचितानन्द यादवकी जेठी श्रीमती हुन्। डा। यादवको कुटाइबाट गम्भीर घाइते भई काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा उपचाररत सुनिताको शुक्रबार साँझ ५ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका...
चैत १६,
काठमाडौं । नेपाल पत्रकार महासंघले ६४औँ स्थापना दिवस मनाउँदैछ। स्थापना दिवसको अवसरमा महासंघ केन्द्र र जिल्ला शाखाहरूले शनिबार विभिन्न कार्यक्रम गर्दैछन् । महासंघको केन्द्रीय कार्यलयमा सम्मान कार्यक्रम आयोजना हुँदैछ। राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माको प्रमुख आतिथ्यमा दिउँसो १२ बजे महासंघका पूर्वसभापतिहरूलाई सम्मान गर्ने कार्यक्रम रहेको महासंघका सचिव रामप्रसाद दाहालले बताए। यस्तै महासंघले कास्की र सुनसरी...
चैत १६,
काठमाडौं । देशभरिका कानुन व्यवसायीको छाता संगठन नेपाल बार एसोसिएसनमा नयाँ नेतृत्वका लागि शनिबार मतदान हुँदैछ। बारले मतदानबाट आफ्नो तीन वर्षे कार्यकालका लागि २५ औंँ नेतृत्व चयन समेत गर्दैछ। काठमाडौंँ उपत्यकाभित्र र बाहिरको सबै मतदान केन्द्रमा मतपत्र पठाइसकेको निर्वाचन समितिका संयोजक दामोदर खडकाले बताए। उनले शान्तिपूर्ण र व्यवस्थित रूपमा मतदान सम्पन्न हुने दाबी गरे। २५ सदस्यीय...
चैत १५,एजेन्सी,
काबुल -अफगानिस्तानका दुई वटा प्रान्तमा विद्रोही तालिबान समूहले गरेको पछिल्लो आक्रमणमा १४ जना प्रहरी अधिकृत सहित कम्तीमा २४ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले बताएका छन् । प्रहरी चेकपोस्टमा गरिएको उक्त आक्रमणबाट अरु धेरै व्यक्ति घाइते समेत भएका छन् ।समाचार अनुसार घाज्नी प्रान्तको राजधानी शहर घाज्नीको बाहिरी इलाकामा रहेको प्रहरी चेकपोस्टमा तालिबान समूहले गरेको आक्रमणमा जिल्ला प्रहरी प्रमुख सहित...
चैत १५,
काठमाडौँ -गोकर्णेश्वर नगरपालिका–४ का ६० वर्षीय गोपाल कारञ्जित बुधबार बिहान घरबाट ट्याक्सी चढे। नियमित स्वास्थ्य परीक्षणका लागि उनी चाबहिलस्थित मेडिकेयर अस्पताल हिँडेका थिए। छोरा प्रवीणचाहिँ मोटरसाइकलमा आएका हिँडे। गोपाल मेडिकेयर अस्पतालमा १० बजे आइपुगेका थिए। सवा ११ स्वास्थ्य परीक्षण सकियो र उनी अर्को ट्याक्सीमा चढे। प्रवीण मोटरसाइकलमै घर फर्किए।ट्याक्सी चढेको केहीबेरमै गोपाल छट्पटाउन थाले। उनी चढेको बा१ख ३८५१...
चैत १५,
काठमाडौँ– सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ११६ वटा तुइन विस्थापन गरिएको जनाएको छ । सरकारको सार्वजनिक तुइनलाई विस्थापन गर्ने अभियान अन्तर्गत सम्भाव्य देखिएका १३० मध्ये ११६ वटा तुइन विस्थापित गरिएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए ।उनले विस्थापन हुन बाँकी १४ वटा तुइनलाई यसै आर्थिक वर्षमा विस्थापन गरिने बताए । प्रधानमन्त्री केपी शर्मा ओली...
एजेन्सी,चैत १५,
मुम्बई -बलिउड नायिका कंगना रनौतले पोर्न फिल्मका लागि आफुले बोल्ड फोटो सुट गरेको दाबी गरेकी छिन् । निर्माता एवं सेन्सर बोर्डका पूर्व अध्यक्ष पहलाज निहलानीले बोल्ड फोटो सुट गराएको बताएकी छिन् ।एक पत्रिकामा अन्तरर्वार्ता दिने क्रममा उनले स्ट्रगलको समयमा बोल्ड फोटो सुट गराएको बताइन् । ‘पहलाज निहलानीले मलाई आई लभ यु बोस’ फिल्मका लागि अफर गरेका थिए ।...
चैत १५,
काठमाडौँ -एकजना बांग्लादेशी महिलाले समयअगावै एउटा छोरा जन्माएको झण्डै एक महिनापछि अर्को जुम्ल्याहा बच्चा जन्माएकी छन् । बीस वर्षीया आरिफा सुल्तानाले गत फेब्रुअरीको अन्त्यतिर एक छोरालाई जन्म दिएकी थिइन्। त्यसको २६ दिनपछि उनलाई पेट दुखेपछि हतारहतार अर्को अस्पतालमा लगिएको थियो।त्यहाँ चिकित्सकहरूले उनको दुईवटा गर्भाशय रहेको र अर्को गर्भाशयमा जुम्ल्याहा बच्चाहरू रहेको देखेपछि आकस्मिक सिजेरिएन शल्यक्रिया गरेका थिए।
त्यसरी जन्मेका...

