Tuesday, July 7, 2026
Home Blog Page 1685
चैत १७, काठमाडौँ -उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले शान्ति मिसनमा परिचालित हुने नेपाली सेना र प्रहरीका लागि राष्ट्रसङ्घीय मुख्यालय र शान्ति मिसनको उच्च तहको नेतृत्वमा सहभागिता हुनुपर्ने बताउनुभएको छ ।संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा आयोजित शान्ति स्थापनाका लागि मन्त्रीस्तरीय सम्मेलनलाई पहिलो वक्ताको रुपमा सम्बोधन गर्दै उहाँले विगत ६१ वर्षदेखि राष्ट्रसङ्घीय शान्ति मिसनमा सघाइरहेको देशको हैसियतले उच्च तहमा नेपालको सहभागिताको माग...
चैत १७, काठमाडौँ -नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले अमेरिकी सरकारले ‘नो इन्भेस्टिगेसन’ जारी नगरेको भए आफूलाई जे पनि हुन सक्ने बताएका छन्।आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै अमेरिकामा आफूले तीतो अनुभव गरेको बताएका छन्।‘अमेरिकी सरकारले नो इन्भेस्टिगेसन जारी नगरेको त मलाई त्यहाँ जे पनि हुने रहेछ। केही मानिसले मलाई प्रचण्ड हत्यारा हो अपराधी हो भनेर त्यतै जेल...
चैत १७, बेइजिङ -संयुक्तराज्य अमेरिकासँगको व्यापार तनाबका कारण केही महिनादेखि समस्यामा परेको चिनियाँ कारखानाको उत्पादन क्षमता सरकारको विशेष प्रयत्नका कारण मार्च महिनामा सुधार भएको छ ।चिनियाँ तथ्याँक ब्यूरोले आइतबार सार्वजनिक गरेको विवरणमा चीनको मासिक खरिद सूचक ५०।५ रहेको देखाइएको छ । गत फेब्रुअरीको तुलनामा यो १।३ विन्दुले वृद्धि भएको हो । गत महिना यो सूचक ५० थियो ।गत...
चैत १७, सङ्खुवासभा -सङ्खुवासभाको सुदूरउत्तरमा पर्ने भोटखोला गाउँपालिकामा गए राति अज्ञात समूहले गरेको आगजनीबाट पूर्णरुपमा क्षति पुगेको छ । रातको १२ः३० बजे अज्ञात समूहले भवनमा आगजनी गर्दा गाउँपालिकाका कागजात पूर्णरूपले जलेर नष्ट भएका छन् । कार्यालयभित्र रहेको ग्यास सिलिन्डर पड्किएर ठूलो आवाज आएपछि आफ्नो गाउँपालिकामा आगजनी भएको स्थानीयवासीले रातको समयमा देखेका थिए । सदरमुकाम खाँदबारीबाट चार दिनको पैदल दूरीमा रहेको...
चैत १७, भक्तपुर -चाँगुनारायण नगरपालिका–९ ताथली सौडोलका २३ वर्षीया प्रभा गिरी र १९ वर्षीया प्रमिता गिरीलाई अहिलेसम्म दाहसंस्कारको विधिकाबारेमा समेत पत्तो थिएन । तर गत ७ गते बिहीबार राति आफ्नै आमाको शरीरमा दागबत्ती दिएर समाधिमा माटो दिँदा अविवाहित यी दुई दिदीबहिनीले आफ्नो मनलाई निकै गाँठो पारे, आमाको शरीरलाई माटोले पुर्दै गर्दा जिन्दगीमा आफूहरु टुहुरो भएको महसुस गरे ।विसं २०४८...
एजेन्सी, चैत्र १७, काठमाडौँ — विवाह गरेको चार महिना नबित्दै प्रियंका चोपडा र निक जोनासको चार महिना नबित्दैचिसो आएको छ । अमेरिकी एक म्यागाजिनले त दुईको सम्बन्ध डिभोर्स नजिक पुगेको दाबी गरेको छ । बलिउड अभिनेत्री प्रियंकाले आफूभन्दा दस वर्ष कान्छा अमेरिकी गायक जोनाससँग गतवर्षको डिसेम्बर पहिलो साता क्रिस्चियन र हिन्दी दुवै धर्मअनुसार विवाह गरेका थिए ।ओके म्यागाजिनले अप्रिल अंकको आफ्नो कभर स्टोरी...
चैत १७, -सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले वर्तमान सरकारलाई पूर्वराजा ज्ञानेन्द्र शाहसँग तुलना नगर्न सचेत गराएका छन्।रिपोर्टस क्लबको २१ औ बार्षिकोत्सवको अवसरमा राजधानीमा आईतबार आयोजित कार्यक्रममा मन्त्री बाँस्कोटाले सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिवद्ध रहेको भन्दै स्वतन्त्रताको नाममा वर्तमान सरकारलाई ज्ञानेन्द्रसँग तलुना नगर्न आग्रह गरेका हुन्। सरकारले प्रेस स्वतन्त्रता कुनै पनि अवस्थामा अपहरित हुन नदिने प्रतिबद्धता पनि गरे। उनले...
एजेन्सी, चैत १७, काठमाडौ -इन्डियन प्रिमियर लिग (आईपीएल) को शनिबार राति भएको खेलमा सन्दीप लामिछानेको टोली दिल्ली क्यापिटलले जित हात पारेको छ । निर्धारित २० ओभरमा रन बराबरी भएपछि सुपर ओभरमा गएको खेलमा दिल्लीले बाजी मार्न सफल भयो ।फेरोज शाह कोटला मैदान दिल्लीमा भएको खेलमा दिल्लीले टस जितेर पहिले बलिङ रोजपछि ब्याटिङमा उत्रिएको कोलकात्ताले २० ओभरमा ८ विकेट...
चैत १७, काठमाडौँ -पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरी बलको बा१झ ९५२७ नम्बरको पछुवा गाडीले शुक्रबार साँझ बबरमहलबाट बानेश्वरतिर जाँदै गरेको बा४५प ३२३४ नम्बरको स्कुटरलाई ठक्कर दियो। स्कुटर चालक सन्तोष कुँवर र त्यसमा सवार उनकी श्रीमती लडे तर ठक्कर दिने त्यो गाडीले भने कुनै ‘रेस्पोन्स’ गरेन। लडेकालाई उठाउनुपर्ने ‘जिम्मेवारी बोध’ प्रदर्शन गर्नुको सट्टा घटनाको बेवास्ता गर्दै आफ्नै गतिमा...
चैत १७, बर्दिया -बर्दियाको बनगाईमा आइतबार विहान दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गमा पर्ने बारबर्दिया नगरपालिकाको बनगाईमा भएको दुर्घटनामा मधुवनका सुरज चौधरी,कृष्णा चौधरी र बारबर्दिया–९ का खगेन्द्र बस्नेतको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मदनजित महराले जानकारी दिए।उनका अनुसार भे८प ६९६८ सुरज र कृष्णा सवार थिए भने र...