Friday, September 18, 2026
Home समाचार यस्तो रहेको छ काठमाडौँ उपत्यकाको आजको मौेसम

यस्तो रहेको छ काठमाडौँ उपत्यकाको आजको मौेसम

65

चैत १७,
काठमाडौँ -मौसम पूर्वानुमान महाशाखाका अनचुसार काठमाडौँ उपत्यकासहित देशका पूर्वी क्षेत्रमा आज आइतबार दिउँसो र साँझपख मेघ गर्जनसहित वर्षा हुने सम्भावना रहेको छ । महाशाखाका मौसमविद् वरुण पौडेलले गए रातिदेखि नै काठमाडौं उपत्यकासहित देशका पूर्वी क्षेत्रमा हल्कादेखि मध्यम खालको वर्षा भएको बताए ।‘पूर्वी भू–भागका धेरै तथा मध्य र पश्चिमी भू–भागका केही स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षाको संभावना देखिन्छ, हिमाली भेगका थोरै स्थानमा हल्कादेखि मध्यम खालको हिमपातको समेत सम्भावना रहेको छ,’ मौसमविद् पौडेलले भने,

महाशाखाले अहिले प्रि–मनसुन भएकाले यस्तो बेला हावाहुरी आउनु तथा चट्याङ पर्नु स्वाभाविक र नियमित प्रक्रिया भएकाले सचेत रहन आग्रह गरेको छ ।