बलिउड नायिका कंगनाले गराईन सोमी पोर्न फिल्मका लागि बोल्ड फोटो सुट

189

एजेन्सी,चैत १५,
मुम्बई -बलिउड नायिका कंगना रनौतले पोर्न फिल्मका लागि आफुले बोल्ड फोटो सुट गरेको दाबी गरेकी छिन् । निर्माता एवं सेन्सर बोर्डका पूर्व अध्यक्ष पहलाज निहलानीले बोल्ड फोटो सुट गराएको बताएकी छिन् ।

एक पत्रिकामा अन्तरर्वार्ता दिने क्रममा उनले स्ट्रगलको समयमा बोल्ड फोटो सुट गराएको बताइन् । ‘पहलाज निहलानीले मलाई आई लभ यु बोस’ फिल्मका लागि अफर गरेका थिए । जुन फिल्मका लागि एउटा फोटोसुट पनि गराएका थिए । फोटोसुटमा क्रममा मलाई भित्री बस्त्र लगाउन दिएनन् बाहिरवाट एउटा पातलो पछ्यौरा ओढाइदिए ।’ अन्तरवार्तामा कंगनाले भनेकी छिन् ।

फिल्मको कथा नै यस्तो थियो कि एउटी तरुनी किशोरीले आफ्नो बोसलाई खुसी पार्नु थियो । कंगना भन्छिन् ‘फिल्मको स्टोरी लगभग पोर्न जस्तै थियो ।’

कंगनाको भनाई अनुसार फोटोसुट गराई सकेपछि उनले सोचिन । यस्तो फिल्ममा अभिनय गरेर उभो लागिदैन । निर्माता÷निर्देशकलाई जानकारी नै नदिई उनी गायब भईन् र फोन नम्बर नै परिवर्तन गरिन् ।

कंगनाको भनाई सार्वजनिक भए लगत्तै निहलानीले कंगनाले आफुसंग तीन फिल्ममा काम गर्ने सहमती गरेको दावी गर्दै भने ‘फोटोसुट मात्रै हैन तीनवटा गीतको पनि सुटिङ भएको थियो ।