दुई मोटरसाइकल ठोक्किदा तीन जनाको मृत्यु

170
सांकेतिक तस्विर

चैत १७,
बर्दिया -बर्दियाको बनगाईमा आइतबार विहान दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गमा पर्ने बारबर्दिया नगरपालिकाको बनगाईमा भएको दुर्घटनामा मधुवनका सुरज चौधरी,कृष्णा चौधरी र बारबर्दिया–९ का खगेन्द्र बस्नेतको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मदनजित महराले जानकारी दिए।

उनका अनुसार भे८प ६९६८ सुरज र कृष्णा सवार थिए भने र बा९१प ९३७७ नम्बरको मोटरसाइकलमा बस्नेत सवार थिए।