Tuesday, July 7, 2026
Home Blog Page 1672
चैत २३, काठमाडौँ । आज बिहानैदेखि काठमाडौँ उपत्यकाको मौसम एकाएक अँध्यारो भएर डरलाग्दो देखिएको छ । मौसम अँध्यारिएसँगै भारी वर्षा समेत भइरहेको छ । यससँगै आज देशभरिको मौसम सामान्यदेखि पूर्णतया बदली रहने र वर्षा हुने मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ । मैसमविद्का अनुसार नेपाली आकाशमा मल्टिपल अर्थात् संयुक्त प्रणालीको प्रभाव देखिएपछि मौसममा खराबी आएको हो । पश्चिमी वायु, न्यून...
चैत २२। काठमाडौँ नेपाली सेनाले आफ्ना दुई पूर्वसैनिक अधिकारीलाई कारबाही गरेको छ । सञ्चारमाध्यममा अनावश्यक र अतिरञ्जित टिप्पणी गरेको आरोपमा नेपाली सेनाले आफ्ना दुई पूर्वसैनिक अधिकारीलाई सचेत गराएको छ । सैनिक मर्यादासमेत ख्याल नगरी जथाभावी बोलेको र सेवा प्रवेशका बेला आफूले लिएको सपथ बिर्सेर जथाभावी टिप्पणी गरेको भन्दै जंगी अड्डाले शुक्रबार उनीहरुलाई सचेत गराएको हो । जंगी अड्डाले उनीहरुमाथि पत्राचारसमेत...
चैत २२ , काठमाडौँ सन २००७ देखि नेपालमा उडान भर्दै आइरहेको सिल्क एयरले नेपालबाट सिंगापुर सातै दिन उडान भर्ने भएको छ । सिल्क एयरले भोलिदेखि दैनिक उडान सुरु गर्न लागेको हो। बोइङ ७३७ र ८०० विमानबाट नेपालबाट दैनिक उडान भर्ने सो कम्पनीले जनाएको छ।बिजनेस र इकोनोमी क्लास १ सय ५० सिटर विमानमा खाना र मनोरन्जनका साथ यात्रुहरुले मज्जा...
चैत २२, काठमाडौँ -बिहीबार राति काठमाडौँको लाजिम्पाटमा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्। घाइतेमध्ये दुईजनाको अवस्था भने गम्भीर रहेको छ । प्रहरी प्रवक्ता बोगटीका अनुसार माटोको घरमा आगो बिजुली सर्ट भएर आगो लागेको हो । राति १२ बजे लागेको आगो १ बजे मात्र नियन्त्रणमा आएको थियो।लाजिम्पाटस्थित चैतन्यमार्गमा रहेको धर्म महर्जनको घरमा आगो लागेपछि...
चैत २२, वीरगञ्ज -हावाहुरीबाट बारा र पर्सा जिल्लाका पीडितहरुलाई अव्यवस्थित रुपमा राहत वितरण भइरहेको व्यापक गुनासो आउन थालेपछि जिल्ला प्रशासन कार्यालय बाराले राहत वितरणमा एकद्वार प्रणाली लागू गरेको छ ।हावाहुरी प्रभावितलाई विभिन्न सङ्घसंस्था वा व्यक्तिहरुले राहत वितरण गर्दा जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिसअनुसार मात्र राहत वितरण गर्न सकिने व्यवस्था गरिएको बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले राससलाई बताउनुभयो ।हावाहुरीबाट प्रभावित...
चैत २२, ललितपुर – ललितपुरको नयाँबाटोमा ट्रकले भ्यानलाई किच्दा दुई जनाको मृत्यु भए को छ । बिहान साढे १० बजे भएको दुर्घटनाका घाइतेको उपचारका क्रममा अलका अस्पतालमा मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ ।मृत्यु हुनेमा दोलखा घर भई हालको ठेगाना नखुलेका ४० वर्षका इन्द्रबहादुर सुनुवार र धनुषा घर भई हाल भैसेपाटी बस्ने ४० वर्षीय की डोल्मा शेर्पा रहेका छन्...
चैत २२, काठमाडौँ -आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा बहिष्कार गर्दै समायोजनविरुद्ध देशभरका चिकित्सक आन्दोलित बनेका छन् । आफूहरूलाई संघीय सरकारको मातहत राख्न माग गर्दै सरकारी चिकित्सकहरूले शुक्रबारबाट आकस्मिक बाहेकका स्वास्थ्य सेवा बहिष्कार गरेका छन् । सरकारी चिकित्सक संघ (गोडान)ले आज सरकारी चिकित्सकहरुले उपत्यकाका कुनै पनि सरकारी अस्पतालमा आकस्मिक बाहेकका बिरामी नहेरेको र देशभर नै आकस्मिक बाहेकका काम बन्द गरेको जनाएको...
चैत २२ काठमाडौँ -देशभरको मौसममा आंशिकदेखि सामान्य बदली हुँदा अधिकांश भूभागमा मेघ गर्जनसहित वर्षाको सम्भावना देखिएको छ।साथै तराईका सीमाना र पश्चिमी पहाडका केही स्थानमा हल्का हावाहुरी चल्ने तथा उच्च हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।शनिबार पनि अधिकांश भागको मौसममा सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघ गर्जनका साथ हल्कादेखि मध्यम वर्षा र बिहानको...
चैत २२, काठमाडौँ -प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल फ्रान्सको लियोन प्रस्थान गरेका छन् । महानिरीक्षक खनाल चैत २६ देखि २८ गतेसम्म फ्रान्समा सञ्चालन हुने इन्टरपोलको १५ औं सम्मेलनमा सहभागी हुन बिहीबार त्यसतर्फ प्रस्थान गरेका हुन् । प्रहरी महानिरीक्षक खनाललाई वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा शुभकामनासहित विदाइ गरेका थिए ।इन्टरपोल महासचिवालयको आयोजनामा प्रत्येक वर्ष सम्मेलन हुने गर्दछ । यस वर्षको...
चैत् २२, काठमाडौँ -भक्तपुरको जडीबुटीमा गएराति टिप्परको ठक्करबाट एक जना स्कुटर चालकको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । राति करिब २ बजे जडीबुटीस्थित पेट्रोल पम्पअगाडि बा ४९ प ७४४५ नम्बरको स्कुटरलाई टिप्परले ठक्कर दिँदा सो घटना भएको हो । घटनामा सिन्धुलीको भिमान निवासी बालकृष्ण कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते हुनेमा सर्लाहीका जुनबहादुर...