जडिबुटीमा टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

354
सांकेतिक तस्विर

चैत् २२,
काठमाडौँ -भक्तपुरको जडीबुटीमा गएराति टिप्परको ठक्करबाट एक जना स्कुटर चालकको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । राति करिब २ बजे जडीबुटीस्थित पेट्रोल पम्पअगाडि बा ४९ प ७४४५ नम्बरको स्कुटरलाई टिप्परले ठक्कर दिँदा सो घटना भएको हो । घटनामा सिन्धुलीको भिमान निवासी बालकृष्ण कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते हुनेमा सर्लाहीका जुनबहादुर आचार्य र रौतहटका भरत कार्की छन् । ठक्कर दिएको टिप्परको खोजी भइरहेको प्रहरीले जनाएको छ ।