Monday, October 26, 2026
Home समाचार सरकारविरुद्ध बोल्ने सेनाका दुई पूर्वसहायकरथीलाई कारबाही

सरकारविरुद्ध बोल्ने सेनाका दुई पूर्वसहायकरथीलाई कारबाही

64

चैत २२।
काठमाडौँ नेपाली सेनाले आफ्ना दुई पूर्वसैनिक अधिकारीलाई कारबाही गरेको छ । सञ्चारमाध्यममा अनावश्यक र अतिरञ्जित टिप्पणी गरेको आरोपमा नेपाली सेनाले आफ्ना दुई पूर्वसैनिक अधिकारीलाई सचेत गराएको छ । सैनिक मर्यादासमेत ख्याल नगरी जथाभावी बोलेको र सेवा प्रवेशका बेला आफूले लिएको सपथ बिर्सेर जथाभावी टिप्पणी गरेको भन्दै जंगी अड्डाले शुक्रबार उनीहरुलाई सचेत गराएको हो । जंगी अड्डाले उनीहरुमाथि पत्राचारसमेत गरिने जनाएको छ ।

सचेत गराइएकामा पूर्वसहायक रथी धर्म बानियाँ र प्रेमसिंह बस्न्यात छन् । दुबैले सेना परिचालन विधयेकको विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल लगायतको खरो आलोचना गरेका थिए ।

पूर्व सहायकरथी बानियाँले एक राष्ट्रिय टेलिभिजनमा अन्तर्वार्ताका क्रममा आक्रोश पोख्दै भनेका थिए, ‘एउटा मुसालाई शेर बनाएर देशको प्रधानमन्त्रीले एउटा प्रमुख जिल्ला अधिकारीले गर्ने काम गर्छन् भने मेरो नाक ठाडो भएको छैन । विधयेकले खशीको मासु पाइन्छ भनेर बाख्रीको मासु बेच्ने नियत राखेको छ ।’

बस्न्यातले भने जनमत चीर स्थायी नहुने बताउँदै ‘पिपल पाते’ तरिकाले सेना परिचालन गर्नु नहुनेमा जोड दिएका । प्रधानमन्त्री ओलीमाथि लक्षित गर्दै उनले भनो थिए, ‘उहाँको धरातल हेर्नुस् । जनमत हिजो सुल्टिन्छ, आज उल्टिन्छ । बाढीले बगाउँछ यस्ता चिजहरु ।’

उनले खल्तीबाट सेना परिचान गर्ने केपी ओली को हुन् भन्दै प्रश्न समेत गरेका थिए ।