Sunday, September 27, 2026
Home समाचार आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा बहिष्कार गर्दै समायोजनविरुद्ध देशभरका चिकित्सक आन्दोलित

आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा बहिष्कार गर्दै समायोजनविरुद्ध देशभरका चिकित्सक आन्दोलित

96

चैत २२,
काठमाडौँ -आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा बहिष्कार गर्दै समायोजनविरुद्ध देशभरका चिकित्सक आन्दोलित बनेका छन् ।
आफूहरूलाई संघीय सरकारको मातहत राख्न माग गर्दै सरकारी चिकित्सकहरूले शुक्रबारबाट आकस्मिक बाहेकका स्वास्थ्य सेवा बहिष्कार गरेका छन् । सरकारी चिकित्सक संघ (गोडान)ले आज सरकारी चिकित्सकहरुले उपत्यकाका कुनै पनि सरकारी अस्पतालमा आकस्मिक बाहेकका बिरामी नहेरेको र देशभर नै आकस्मिक बाहेकका काम बन्द गरेको जनाएको छ ।

गोडानका अध्यक्ष डा.दीपेन्द्र पाण्डेका अनुसार, हावा हुरी प्रभावित बारा र पर्सा जिल्लामा भने सरकारी चिकित्सकले नियमित सेवा दिइरहेका छन् । डा. पाण्डेका अनुसार, सरकारी चिकित्सकहरूलाई निजामती कर्मचारी जस्तै तीन तहको सरकारमा समायोजन गर्न खोजिएपछि उनीहरू आन्दोलित भएका हुन् । चिकित्सकहरूलाई संघीय सरकारको मातहत हुने गरी प्रदेश र स्थानीय तहमा परिचालन नगरेसम्म चिकित्सा सेवा बहिष्कार कार्यक्रम यथावत रहने निर्णय गोडानले गरेको थियो । सरकारी चिकित्सकलाई अवैज्ञानिक र असमान समायोजन गरी स्थानीय तहमा कनिष्ठ कर्मचारी मातहत राख्ने व्यवस्था गरेको, अध्ययन तथा वृत्तिविकासमा अप्रत्यक्ष अवरोध सिर्जना गरिएको अध्यक्ष पाण्डेले बताए ।