Sunday, September 27, 2026
Home समाचार बिहीबार राति लाजिम्पाटमा आगलागी हुदाँ १ को मृत्यु ४ घाइते

बिहीबार राति लाजिम्पाटमा आगलागी हुदाँ १ को मृत्यु ४ घाइते

85
सांंकेतिक तस्विर

चैत २२,
काठमाडौँ -बिहीबार राति काठमाडौँको लाजिम्पाटमा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्। घाइतेमध्ये दुईजनाको अवस्था भने गम्भीर रहेको छ । प्रहरी प्रवक्ता बोगटीका अनुसार माटोको घरमा आगो बिजुली सर्ट भएर आगो लागेको हो । राति १२ बजे लागेको आगो १ बजे मात्र नियन्त्रणमा आएको थियो।

लाजिम्पाटस्थित चैतन्यमार्गमा रहेको धर्म महर्जनको घरमा आगो लागेपछि सोही घरमा भाडामा बस्ने भेषबहादुर थापाको मृत्यु भएको माहानगरीय प्रहरी परिषद् टेकुका प्रवक्ता होबिन्द्र बोगटीले बताए। थापा राजधानीस्थित शंकर होटलमा सेक्युरेटी गार्डको काम गर्दै आएका थिए।

गम्भीर घाइते हुनेमा बर्दीया राजापुरका विवेक शाही र उनकी श्रीमती गंगा शाही रहेका छन्। विवेकको मुख जलेको र गंगाको अनुहारलगायत शरीरका विभिन्न भाग जलेको प्रहरीले जनाएको छ। घाइते चन्द्रमाया राई र बिना बस्नेत अस्पतालबाट डिस्चार्ज भने भएको छ ।