Sunday, September 27, 2026
Home समाज ललितपुरमा जनक शिक्षा सामग्री केन्द्रको ट्रकले भ्यानलाई किच्दा दुई जनाको मृत्यु

ललितपुरमा जनक शिक्षा सामग्री केन्द्रको ट्रकले भ्यानलाई किच्दा दुई जनाको मृत्यु

189

चैत २२,
ललितपुर – ललितपुरको नयाँबाटोमा ट्रकले भ्यानलाई किच्दा दुई जनाको मृत्यु भए को छ । बिहान साढे १० बजे भएको दुर्घटनाका घाइतेको उपचारका क्रममा अलका अस्पतालमा मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा दोलखा घर भई हालको ठेगाना नखुलेका ४० वर्षका इन्द्रबहादुर सुनुवार र धनुषा घर भई हाल भैसेपाटी बस्ने ४० वर्षीय की डोल्मा शेर्पा रहेका छन् । उनीहरुको अलका अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा धनुषा घर भई हाल बुगमती बस्ने १८ वर्षकी स्मृति मगर पनि गम्भीर घाइते भएकी छन् । उनको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

सानेपाको नयाँबाटो चोकमा जनक शिक्षा सामग्री केन्द्रको ना १ घ ५३३ नम्बरको ट्रकले तरकारी बोक्ने बा ७ च २१३१ नम्बरको भ्यानलाई ठक्कर दिँदा दुर्घटना भएको हो । जनक शिक्षाको ट्रकका चालक घटना लगत्तै फरार भएका छन् ।