Thursday, July 9, 2026
Home Blog Page 1652
नयाँ पत्रिका दैनिक बैशाख ४, काठमाडौं । सरकारले स्मार्ट लाइसेन्स वितरण थालेको ४० महिनामा नौ लाख लाइसेन्स छापिएका छन् । साढे सात लाख वितरण भएका छन्, तर त्यस्ता कार्ड जाँच ९रिड० गर्ने मेसिन ट्राफिक प्रहरीसँग एउटा पनि छैन । अहिले सञ्चालन भएका दुईवटा रिडरमध्ये एउटा प्रहरी प्रधान कार्यालयमा छ भने अर्को यातायात व्यवस्था विभागमा । त्यसो त स्मार्ट लाइसेन्सको ठेक्का पाएको मद्रास...
नेपाल समाचारपत्र, बैशाख ४, काठमाडौं । छोटो दूरीमा रहेको दुई सम्पदाबीचको सम्बन्धलाई जोड्न काठमाडौं महानगरपालिकाले सम्पदा मार्ग गुरुयोजना तयार गरेको छ । विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भु र हनुमानढोका दरबार क्षेत्रबीचको २ दशमलव २ किलोमिटर दूरीसम्म जोडेर सम्पदा पदमार्ग नामकरण गरिएको छ । गएको वर्ष वैशाख २ गते तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीले उद्घाटन गर्नुभएको पदमार्गको यो वर्ष गुरुयोजना तयार...
बैशाख ३, काठमाडौँ -इण्डियन प्रिमियर लिग (आईपीएल) मा हरेक सिजन प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने युवा खेलाडीलाई प्रदान गरिने एमरर्जिङ प्लेयर अवार्डको दावेदार खेलाडीमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने पर्न सफल भएका छन् । दिल्ली क्यापिटल्सबाट सुरुवाती ४ खेलमा ५ विकेट लिएका सन्दीप इमरर्जिङ प्लेयर अवार्डको दावेदार खेलाडीमा परेका हुन् ।अवार्डमा सन्दीपसहित रोयल च्यालेन्जर्स बेंगलोरका मोहम्मद सिराज, मुम्बई इन्डियन्समा राहुल चाहर,...
बैशाख ३, काठमाडौं -फिल्म ‘विर विक्रम २’को ‘बाचा’ बोलको गीत सार्वजनिक भएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै फिल्मको गीत सार्वजनिक गरिएको हो । तारा प्रकाश लिम्बु र दिपा लामाको स्वर रहेको गीतमा पल शाह र वर्षा सिवाकोटी फिर्चड छन् । गीतको भिडियो हेर्नुस् : https://www.youtube.com/watch?v=9XdDoNiAdbUनरेश भट्टराईको शब्द रहेको गीतमा गायक लिम्बुले संगीत भरेका छन् भने संगीत समायोजन उद्धय...
बैशाख ३, गोरखा -गोरखामा भूकम्पको धक्का महसुस गरिएको छ। मंगलबार १२ बजेर ३५ मिनेट जाँदा गोरखाको बोर्लाङ आसपास केन्द्र बनाएर ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले पुष्टि गरेको छ।सोमबार मात्रै बझाङ र शनिबार रसुवामा पनि ४ म्याग्निच्युडमाथिको भूकम्पको धक्का गरिएको थियो।
बैशाख ३, सुर्खेत –प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माणको आज ‘ब्रेक थ्रु’ भएको छ । टनेल बोरिङ मेशिन (टिबिएम) प्रविधिमा पहिलो पटक नेपालमा सो सुरुङ निर्माण भएको हो ।सुरुङ निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी चाइना इञ्जिनीयरिङ ओभरसिज प्रालि (कोभेक) ले टिबिएममार्फत सुरुङ निर्माण गरेको हो । सम्झौतामा उल्लिखित अवधिभन्दा एक वर्षअघि...
वैशाख ३ काठमाडौँ -धेरै युवाहरु शरिरको मोटोपना बढ्दा चिन्तित हुन्छन् । उनीहरुलाई यो खबरले खुशी तुल्याउनेछ । नेपालमा पहिलोपटक मोटेहरुको सौन्दर्य प्रतियोगिता आयोजना हुँदैछ । मोडल सङ्स नेपालले ग्लोरी मिडियासँगको सहकार्यमा ‘मिस्टर प्लस साइज नेपाल’ आयोजना गर्न लागेको हो । प्रतियोगितामा १६ देखि ५५ बर्ष उमेर समूहका विवाहित तथा अविवाहित पुरुषहरुले भाग लिन सक्नेछन् । १६ देखि २५ बर्ष...
बैशाख ३, काठमाडौँ -मलेसियामा जारी आईसीसी अन्डर–१९ एसिया विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो चौथो खेलमा ओमानलाई फराकिलो अन्तरमा हराएको छ। नेपालले दिएको २३० रनको लक्ष्य पछ्याएको ओमान ४४.१ ओभरमा सबै विकेट गुमाउँदै ७९ रनमा समेटियो। ओमानलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि पवन सरार्फले ३ विकेट लिनेक्रममा १० ओभर बलिङ गर्दै २ मेडनसहित २४ रन खर्चिए।यस्तै ९ ओभर...
बैशाख ३, काठमाडौँ । नयाँ वर्षको दिन राष्ट्रपति विद्यादेवी भण्डारीले देशका लागि महत्वपूर्ण योगदान गरेको भन्दै विभिन्न व्यक्तिलाई मानपदवी दिएर सम्मान गरिन्। ९६ जनाले राष्ट्रपति भण्डारीको हातबाट सुप्रवल जनसेवा श्री पदक थापे। तीमध्ये एक थिए, व्यापारी मीनबहादुर गुरूङ। भाटभटेनी सुपरमार्केटका अध्यक्ष गुरूङलाई व्यवसायिक क्षेत्रमा योगदान गरेवापत् राष्ट्रपतिले पदक दिएकी हुन्। राष्ट्रपतिले व्यवसायिक क्षेत्रमा योगदान गरेको भनेर पदक दिएका गुरूङलाई सरकारले...
बैशाख ३, काठमाडौँ -सूचना, सञ्चार तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटाले आफूलाई बुद्ध एयरको विमानले एयरपोर्टमै छोडेर गएपछि आक्रोश व्यक्त गरेका छन् । बाँस्कोटा सोमवार प्युठानको गौमुखी गाउँपालिकाको एक कार्यक्रममा सहभागी भएर भैरहवा आउँदै गर्दा उनलाई छाडेर उडेको थियो । मंगलवार बिहान बुटवलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री बाँस्कोटाले भने, ‘विना सूचना बुद्ध एयरले जहाड उडायो । मलाई छाडेर गयो । नयाँ...