बैशाख ३,
काठमाडौं -फिल्म ‘विर विक्रम २’को ‘बाचा’ बोलको गीत सार्वजनिक भएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै फिल्मको गीत सार्वजनिक गरिएको हो । तारा प्रकाश लिम्बु र दिपा लामाको स्वर रहेको गीतमा पल शाह र वर्षा सिवाकोटी फिर्चड छन् । गीतको भिडियो हेर्नुस् :
नरेश भट्टराईको शब्द रहेको गीतमा गायक लिम्बुले संगीत भरेका छन् भने संगीत समायोजन उद्धय राज पौडेलको रहेको छ । कोरियोग्रफी कविराज गहतराजको रहेको छ । सुदिप बरालले खिचेको गीतलाई बनिष शाहले सम्पादन गरेका छन् । फिल्ममा पल शाह, वर्षा सिवाकोटीसँगै नाजिर हुसेन, बुद्धि तामाङ, देशभक्त खनाल, बिनिषा भण्डारी, सौरव शाह, मनिष लिम्बू, बिनोद सुवेदी खत्री, सन्तोष खनाल, मनोज केसी लगायत कलाकारको अभिनय रहेको छ ।
फिल्ममा मिलन चाम्सको निर्देशन तथा निर्माण रहेको छ । नवराज उप्रेतीले छायांकन गरेको फिल्मलाई बनिष शाहले सम्पादन गरेका हुन् । फिल्मको कथा लेखन प्रदिप भारदाजको रहेको छ । यो फिल्म जेठ ३ गते रिलिज हुँदैछ ।-Ramailo chha