Sunday, September 27, 2026
Home ताजा अपडेट मन्त्री बाँस्कोटाले भने, ‘विना सूचना बुद्ध एयरले जहाज उडायो, मलाई छाडेर गयो

मन्त्री बाँस्कोटाले भने, ‘विना सूचना बुद्ध एयरले जहाज उडायो, मलाई छाडेर गयो

82

बैशाख ३,
काठमाडौँ -सूचना, सञ्चार तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटाले आफूलाई बुद्ध एयरको विमानले एयरपोर्टमै छोडेर गएपछि आक्रोश व्यक्त गरेका छन् । बाँस्कोटा सोमवार प्युठानको गौमुखी गाउँपालिकाको एक कार्यक्रममा सहभागी भएर भैरहवा आउँदै गर्दा उनलाई छाडेर उडेको थियो । मंगलवार बिहान बुटवलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री बाँस्कोटाले भने, ‘विना सूचना बुद्ध एयरले जहाड उडायो । मलाई छाडेर गयो । नयाँ वर्षको अवसरमा अरू केही नभनौं । शुभकामना छ ।’ जहाजले छोडेपछि उनी सोमवार बुटवलमै बसेका थिए ।

उनले थपे, ‘जहाजले छाडेर गएपछि तपाईंहरूसँग भेट भो । मलाई त दुःख दियो । लुम्बिनी आउने पर्यटकहरूलाई कति समस्या खेप्दा होलान् पत्रकारहरूले त्यतातर्फ पनि ध्यान दिनुपर्छ । विज्ञापनको पछाडि मात्र नलागौं ।’ बाँस्कोटाले सरकारले कामको आधारशिला निर्माण गरेको बताए । सरकारले गठन भएको एक वर्षमा सरकारले कामको आधारशिला तयार गरेको दाबी गरे । ‘देशले निर्माणको बाटो पक्रे भन्दै अब देश समृद्धिको दिशामा अगाडि बढ्ने उनले बताए ।