Friday, July 10, 2026
Home Blog Page 1635
बैशाख १०, तनहुँ– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको दमौलीमा आज माइक्रोबसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ब्यास नगरपालिका–१० परेवाडाँडाका २३ वर्षीय रमेश शर्मा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।पोखराबाट काठमाडौतर्फ जाँदै गरेको ग १ य ४८५ नं को माइक्रोले भित्री सडकखण्डबाट राजमार्गतर्फ आउँदै गरेको ग १३ प ९१८१ नं को स्कुटरलाई ब्यास नगरपालिका–४ शहीदगेट नजिक ठक्कर दिएको थियो...
बैशाख १० दाङ -राजनीतिक भागबण्डा नमिलाएको भन्दै दाङको एक सामुदायिक क्याम्पसका क्याम्पस प्रमुख कार्यकक्षमै थुनिएका छन् । सत्तासिन दल नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले कार्यकक्षभित्र थुनेका हुन्।दाङको तुलसीपुरमा रहेको राप्ती बबई क्याम्पसका क्याम्पस प्रमुख युवराज रावतलाई कार्यकक्षभित्रै ताला लगाएर मंगलबार थुनेको क्याम्पस प्रशासनले जनाएको छ।९ गते दिउँसो क्याम्पस प्रमुखलाई ज्ञापनपत्र बुझाउँदै १० बुँदे माग राखिएको...
बैशाख १०, काठमाडौं । अभिनेता विराज भट्ट र फिल्मका निर्माण नियन्त्रक शंकर पाण्डेबीच कुटाकुट भएको छ । सोमबार साँझ नयाँ बानेश्वरमा स्थित एक क्याफेमा दुवैबीच कुटाकुट भएको हो । फिल्म ‘साङ्लो’ निर्माणको बिषयलाई लिएर भएको बिवाद पछि उनीहरुले कुटाकुट गरेका हुन् । ‘साङ्लो’ विराजले बनाउने लागेको फिल्म हो । यो फिल्म निर्माणका लागि विराजले पाण्डेलाई फागुनबाट फिल्म सुरु गर्ने भन्दै...
बैशाख १०, एजेन्सी, काठमाडौँ बलिउडका नायक सनी देओल भारतीय जनता पार्टी प्रवेश गरेका छन् । उनले केही समयअघि पार्टीका सभापती अमित शाहलाई भेटेका थिए । उनी पंजाबस्थित गुर्दासपुरका भाजपा उम्मेद्वार हुनसक्ने अनुमान गरिएको छ । ‘जसरी मेरा बुवा यो परिवारका अटल बिहारी बाजपेयीसँग जोडिएका थिए, आज म यहाँ नरेन्द्र मोदीसँग जोडिन आएको छु । उनले देशका लागि धेरै कुरा गरेका...
वैशाख १० काठमाडौं। आफूलाई ग्रेटर नेपालको अभियन्ता बताउने फणीन्द्र नेपाल पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले मंगलबार दिउँसो उनलाई चाबहिलस्थित घरबाटै पक्राउ गरेको हो । नरेशकुमार न्यौपानेले लिएको ६ लाख रुपैयाँको चेक बाउन्स भएको विषयमा उजुरी परेपछि उनलाई पक्राउ गरिएको परिसरका डीएसपी होविन्द्र बोगटीले अनलाइनखबरलाई बताए ।बोगटीका अनुसार उजुरी परेपछि अदालतबाट पक्राउ पूर्जी जारी गराएर उनलाई...
वैशाख १०, काठमाडौं । संविधानसभाबाट ०७२ सालमा जारी भएको नेपालको संविधानले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयतालाई अंगीकार गरेको छ । तर, केही म्याद गुज्रिएका शक्ति र राजनीतिक दलले अहिले संविधानका यिनै प्रमुख उपलब्धिहरुविरुद्ध जनतालाई भड्काइरहेको भन्दै सरकारका एक मन्त्रीले आपत्ति जनाएका छन् । शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले यतिबेला पूर्वराजा ज्ञानेन्द्र शाह र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले धर्मका...
वैशाख १०, बीबीसी, काठमाडौँ - श्रीलङ्कामा ठूलो सङ्ख्यामा मानिसहरू हताहत हुनेगरी भएका शृङ्खलाबद्ध विस्फोटनपछि मङ्लवार शोक मनाइँदैछ। देशका विभिन्न स्थानमा गिर्जाघर र होटेलमा आइतवार बम आक्रमण हुँदा हालसम्म ३१० जनाको मृत्यु भएको छ भने पाँच सयभन्दा बढी व्यक्ति घाइते भएका छन्। थप आक्रमण हुन नदिन तथा शङ्कास्पद व्यक्तिहरूमाथि छानबिन सुरु गर्न देशमा सङ्कटकाल घोषणा गरिएको छ। हताहत भएकामध्ये कम्तीमा ३६...
वैशाख १० काठमाडौं । फिल्म सुटिङक्रममा नेपालका कुनाकन्दरा पुग्दा उनलाई अधिकांशले भन्छन् - हेर हेर, नायिक श्वेता खड्का। काठमाडौंबाट करिब ७० किलोमिटर पर सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी नगरपालिकामा भने उनको परिचय बेग्लै छ। उनी इन्द्रावती नदीअगाडि ब्युँतिदै गरेको माझी बस्ती निर्माणमा सहजकर्ता हुन्। भुइँचालोले ध्वस्त पारेको माझी बस्ती पुनर्निर्माणमा सघाउने भनेर आँटेकी उनी समस्याका बाबजुद पछि नहट्ने बताउँछिन्।'घरहरूको काम अन्तिम चरणमा...
वैशाख १० काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुने कार्यक्रममा नेपाली सेनाले निजी सञ्चारमाध्यमका पत्रकारलाई प्रवेश निषेध गरेको छ । ०७२ सालको गोरखा भूकम्पबाट क्षति पुगेपछि सेनाले जङ्गी अड्डाभित्र निर्माण गरेको अत्याधुनिक भवन उद्घाटन कार्यक्रममा निजी सञ्चारमाध्यमका पत्रकारलाई प्रवेशमा रोक लगाइएको हो । भवनको उद्घाटनका लागि राष्ट्रपति भण्डारी सेनाको जङ्गी अड्डा पुगेकी छन् । उनी सेनाको परमाधिपति समेत हुन्...
वैशाख १०, काठमाडौं । भारतीय लोकसभा चुनावको तेस्रो चरणमा मंगलबार १३ राज्य र केन्द्रबाट शासित २ प्रदेशमा मतदान सुरु भएको छ। १ सय १७ लोकसभा सिटका लागि हुने आजको निर्वाचनमा गुजरात, केरला, महाराष्ट्र र कर्नाटकको ७४ सिटलाई भने महत्वपूर्ण मानिएको छ। सबै १ सय १७ सिटका लागि १ हजार ६ सय १२ उम्मेदवार चुनावी मैदानमा छन्। जसमध्ये ३ सय १४...