Thursday, October 8, 2026
Home ताजा अपडेट माइक्रो बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

माइक्रो बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

406
सांकेतिक तस्विर

बैशाख १०,
तनहुँ– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको दमौलीमा आज माइक्रोबसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ब्यास नगरपालिका–१० परेवाडाँडाका २३ वर्षीय रमेश शर्मा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पोखराबाट काठमाडौतर्फ जाँदै गरेको ग १ य ४८५ नं को माइक्रोले भित्री सडकखण्डबाट राजमार्गतर्फ आउँदै गरेको ग १३ प ९१८१ नं को स्कुटरलाई ब्यास नगरपालिका–४ शहीदगेट नजिक ठक्कर दिएको थियो । ठक्करबाट सख्त घाइते शर्माको उपचारका क्रममा दमौली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायबउपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । माइक्रोसहित त्यसका चालक प्रहरीको नियन्त्रणमा रहेको रहेको जनाइएको छ ।-रासस