Wednesday, September 23, 2026
Home ताजा अपडेट ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपाल पक्राउ

ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपाल पक्राउ

127

वैशाख १०
काठमाडौं। आफूलाई ग्रेटर नेपालको अभियन्ता बताउने फणीन्द्र नेपाल पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले मंगलबार दिउँसो उनलाई चाबहिलस्थित घरबाटै पक्राउ गरेको हो । नरेशकुमार न्यौपानेले लिएको ६ लाख रुपैयाँको चेक बाउन्स भएको विषयमा उजुरी परेपछि उनलाई पक्राउ गरिएको परिसरका डीएसपी होविन्द्र बोगटीले अनलाइनखबरलाई बताए ।

बोगटीका अनुसार उजुरी परेपछि अदालतबाट पक्राउ पूर्जी जारी गराएर उनलाई नियन्त्रणमा लिइएको हो । नेपालले भने उजुरी दिने न्यौपाने आफ्नो घरबेटी भएको बताउँदै आफूलाई फसाइएको दाबी गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखका छन्, ‘मैले नरेशकुमार नेउपाने नामक घरधनीलाई घरघाडा वापत ६ लाख रुपैयाँको चेक दिएको थिएँ । चेकको भुक्तानी मितिमा ६ लाख रकम बुझी आज चेक ल्याउन बिर्सिएँ, भोलि चेक फिर्ता गर्छु भनेकोमा चेक बाउन्स गरेर मलाई फसाउने काम भयो ।’

फणीन्द्रले आफूले नेपाल बैंक लिमिटेडको ६ लाखको चेक २१ मंसिर ०७५ शुक्रबार भुक्तान गर्ने गरी दिएको उल्लेख गर्दै पैसा लिइसकेपछि पटकपटक चेक फिर्ता माग्दा पनि नदिएको दाबी गरेका छन् ।