वैशाख १०
काठमाडौँ । नेपाली सेनाले सञ्चालन गर्ने विभिन्न तालिम तथा प्रशिक्षणमा विदेशी सेनाको आकर्षण बढ्दै छ । यो आकर्षणसँगै सेनाले प्रतिरक्षा विश्वविद्यालय (एनडीयू) सञ्चालनको तयारी पनि गरेको छ । विगत आठ वर्षको अवधिमा २० देशका ७६३ सैनिकले नेपाली सेनाले सञ्चालन गरेको तालिम पूरा गरेका छन् । नेपाली सेनाले काभ्रेको पाँचखालमा यूएन शान्ति कार्य, बाराको अमलेखगञ्जमा जङ्गल वारफेयर (युद्धकला),...
नयाँ पत्रिका दैनिक
बैशाख १०, कैलाली । निर्माण गरेको साता नपुग्दै धनगढी उपमहानगरपालिका–७ स्थित सद्भावना मार्गको कालोपत्रे सडकमा घाँस उम्रिएको छ । उपमहानगरले बनाएको सडकको दुवै किनारातिर कालोपत्रेमै घाँस उम्रिएको हो । कालोपत्रे सडकमा घाँस उम्रिएपछि त्यसको गुणस्तरबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो दिएको छ । आयोगको कञ्चनपुरस्थित क्षेत्रीय कार्यालयको टोलीले कालोपत्रे गरिएको सडकको निरीक्षण गर्नुका साथै धनगढी उपमहानगरपालिकाबाट सडकसँग सम्बन्धित कागजात नियन्त्रणमा...
बैशाख १०, बाजुरा । १८ बर्ष देखि बाजुराको बुढिन्नदा नगरपालिकाको कोल्टीमा बस्दै आएको नेपाली सेना आज अछाम फिर्ता भएको छ । कोल्टिमा कसैले पनि जग्गा उपलब्ध नगराउदा नेपाली सेना फिर्ता भएको नेपाली सेनाको एक स्रोतले वताएको छ । लामो समय देखि बिद्यालयमा बस्दै आएको सेनाले पटक पटक स्थानिय सरकार, राजनितिक दल र स्थानियलाई आग्रह गर्दा पनि कतै जग्गा...
बैशाख १०, दमौली । सुनौलीबाट पोखरा आउँदै गरेको यात्रुवाहक बस गए राति २ बजे पृथ्वी राजमार्गअन्तर्गत तनहुँमा दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । ना ५ ख ५३३० नम्बरको बस शुक्लागण्डकी नगरपालिका–७ शेराटारस्थित राजमार्गमा अनियन्त्रित भई सडकबाट खस्दा ६ जना यात्रु घाइते भएका हुन् । घाइते हुनेमा भारत उत्तर प्रदेश घर भई हाल बागलुङ काठेखोला गाउँपालिका–४ बस्ने ५४...
दीपक खड्का पूर्वमन्त्री हुनुहुन्छ। २०७० सालको संविधानसभाको निर्वाचनमा संखुवासभाबाट निर्वाचन जित्नुभएका उहाँ सुशील कोइराला नेतृत्वको सरकारमा खानेपानी राज्यमन्त्री हुनुहुन्थ्यो। सरकार बनेको १४ महिना बितिसक्दा पनि जनताको चाहनाअनुसार एउटै पनि काम नभएको दाबी गर्ने उहाँ सरकारले कुनै बाटो नलिएको बताउनुहुन्छ। उहाँ सरकार बाटोमा भन्दा पनि गल्लीमा भएको तर्क गर्नुहुन्छ।
नेपाली कांग्रेसमा आन्तरिक द्वन्द्व बढेकामा उहाँलाई पनि चिन्ता छ। उहाँले कुनै पनि...
नुनुता राई ( नयाँ पत्रिका)
बैशाख १०, काठमाडौं । 'भोलि घर गएर पर्सि नै साइकल किन्ने,’ उदयपुर चुवाडेका ६ वर्षीय एन्सन बुढाथोकीले कृत्रिम हात लगाएपछि उत्साहित हुँदै बोले । जन्मदै बायाँ हातको हत्केला थिएन उनको । हात नभए पनि छोराको स्वास्थ्य ठीक भएकाले उनका आमाबुबालाई खास धेरै चिन्ताको विषय बनेन । तर, एन्सन जति बढ्दै जाँदै छ, त्यत्ति नै आमाबुबाको...
-मुटु तथा मधुमेहसम्बन्धी रोगका लागि प्रभावकारी हुन्छ ।
-गर्भवती तथा सुत्केरी महिलाका लागि अति नै फाइदाजनक हुन्छ ।
-सिस्नुले उच्च रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ ।
-कपाल सिल्की बनाउनुका साथै झर्न रोकिन्छ ।
-अनुहारलाई चम्किलो बनाउनुका साथै दाग हटाउँछ ।
-डिएनए नष्ट हुनबाट बचाउन सिस्नुले भूमिका खेल्छ ।
-पिसाब संक्रमण हुनेहरूले पनि सिस्नु खानाले धेरै फाइदा गर्छ ।
-शरीरमा एलर्जी हुनेहरूका लागि सिस्नुले धेरै राम्रो काम गरेको हुन्छ ।
-नयाँ रगत बन्नका लागि पनि सिस्नुले...
नारायण विश्वकर्मा ( नयाँ पत्रिका)
बैशाख १०, स्याङ्जा । पार्टी एकीकरणको वर्ष दिनपछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले ७७ वटै जिल्ला कमिटीका अध्यक्ष र सचिवको नाम टुङ्गो लगाएको छ । नेकपाले सोमबार काठमाडौंस्थित सभागृहमा कार्यक्रम आयोजना गरी सबै जिल्लाका अध्यक्ष र सचिवको नाम सार्वजनिक गरेको हो । जिल्ला नेतृत्व चयन गर्ने क्रममा नेकपाले स्याङ्जा जिल्लामा ३२ वर्षीय सूर्य...
शुरोजङ्ग पाण्डे (नयाँ पत्रिका)
बैशाख १०, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा शीर्ष नेताबीच ७७ जिल्ला अध्यक्ष र सचिवको भागबन्डा टुंगिएको छ । भागबन्डामा बढी फाइदा नेता माधव नेपाल समूहलाई भएको छ । एकता प्रक्रिया मापदण्डमा असन्तुष्टि जनाउँदै आएको नेपाल पक्षले अध्यक्ष केपी ओलीको हाराहारी जिल्ला नेतृत्व पाएको हो । पूर्वएमालेको भागमा परेको ४४ अध्यक्षमा ओली समूहका २५ र नेपाल...
नयाँ नेपाल न्युज
बैशाख ९, काठमाडौं । बैशाख ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुटबलमा कालो झण्डा देखाइयो । बुटवलमा आयोजित बुटवल जितगढी उत्सव समारोहमा सहभागी हुनपुगेका प्रधानमन्त्रीलाई बुटवल उपमहानगरपालिका वडा नं ११ मजुवामा बस्दै आएका रुद्रप्रसाद घिमिरेले राष्ट्रियता जिन्दावाद, मेरो देश प्राणभन्दा प्यारो छ , उजिर सिंह जिन्दावाद भन्दै आवेगमा कालोझण्डा प्रदर्शन गरे । ब्यापक रूपमा नेपाली सेना शसस्त्र...

