Friday, July 10, 2026
Home Blog Page 1634
बैशाख १०, काठमाडौं । नेपाली काँग्रेसको जागरण अभियान स्थगित भएको छ । बुधबारबाट सुरु हुने भनिएको जागरण अभियान एक्कासि स्थगित भएको हो । अभियान स्थगित भएसँगै पार्टीको केन्द्रीय समितिको आकस्मिक बैठक बसेको छ । बैठक अहिले जारी छ । बुधबारदेखि सुरु हुने भनिएको अभियान बैशाख २५ गतेबाट सुरु हुने पार्टी केन्द्रीय कार्यालयका सुचना अधिकृत केशव रिजालले जानकारी दिए...
बैशाख १०, काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–१ बिसंखु गोदाम चौरमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । ४२ वर्षीय जय बहादुर वाइवाले मंगलबार बिहान ५ः३० बजे सिन्धुली माइत भएकी श्रीमती वर्ष ४१ की मनमाया वाइवाको विभत्स हत्या गरेका हुन् । श्रीमतीको टाउको छिनाएर बोकेर हिँडेका उनलाई भाग्दै गरेको अवस्थामा खुर्पासहित पक्राउ महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख डीएसपी गौतम मिश्रले जानकारी...
वैशाख १०, काठमाडौं । २०७२ सालमा गएको भूकम्प पछिको पुनर्निर्माण गर्न अझै ४ खर्ब २९ अर्ब रुपैयाँ थप बजेट चाहिने भएको छ । मंगलबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पत्रकार सम्मेलन नै गरेर पुनर्निर्माण सम्पन्न गर्नका लागि थप ४ खर्ब २९ अर्ब रुपैयाँ बजेट आवश्यक पर्ने बताएको हो । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतले पुनर्निर्माणको प्रगति वित्तीय व्यवस्थापनमा निर्भर हुने स्थिति देखिएको भन्दै...
वैशाख १०, काठमाडौं । बाँसबारीस्थित सैनिक विद्यालयका प्रधानाध्यापक, शिक्षक र कर्मचारी गरी तीन जना बर्खास्त भएका छन् । नेपाली सेनाले विद्यार्थी भर्नाका निमित्त सञ्चालन भएको लिखित प्रवेश परीक्षामा सहभागीलाई पास गराउन भूमिका खेलेको आरोपमा उनीहरुलाई बर्खास्त गरेको हो । विद्यालयको छवि धमिल्याउने काम गरेकाले उक्त घटनामा संलग्न तीन जनालाई बर्खास्त गरिएको जनाइृएको छ । उनिहरुलाई बैशाख ९ गतेदेखि पदमुक्त गरिएको...
वैशाख १०, काठमाडौँ– धितोपत्र बजारमा आज शेयरको मूल्यमा झिनो अङ्कको सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ३.७४ विन्दुले बढेर एक हजार २६० विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचक ०.९ विन्दुले बढेर २७२.२७ विन्दुमा पुगेको छ ।स्टकका अनुसार कूल १७६ कम्पनीको १८ लाख एक हजार ५२२ कित्ता शेयर...
वैशाख १० काठमाडौं । धर्म निरपेक्षता खारेजीलगायतका २२ बुँदे माग राखेर आन्दोलनरत राष्ट्रिय प्रजातन्त्र पार्टी र सरकारबीच मंगलबारको वार्ता सकिएको छ ।कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा भएको वार्ता सैद्धान्तिक विषयमा छलफल नै नगरी टुंगिएको हो । वार्ताको अर्को मिति पनि तोकिएको छैन । वार्तामा सरकारी वार्ता टोलीका संयोजक कानूनमन्त्री भानुभक्त ढकालले संघीय लोकतानित्रक गणतन्त्र अतिक्रमित हुने मागमा पुनर्विचार गर्न...
वैशाख १०,एजेन्सी मनिला -मध्य फिलिपिन्सको समार प्रान्तमा मङ्गलबार मध्याह्न पुनः ६.२ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको फिलिपिन्स भौगर्भिक केन्द्रले जनाएको छ। भूकम्पको केन्द्र पूर्वी समार प्रान्तको सान जुलियानबाट करिब १९ किलोमिटर उत्तरतर्फ जमिनको सतहबाट करिब १७ किलोमिटर मुनि रहेको केन्द्रले जनाएको छ।भूकम्पको धक्का फिलिपिन्सको राजधानी मनिलासहित मध्य फिलिपिन्सका धेरै प्रान्तमा अनुभव गरिएको थियो । उक्त भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त भइसकेको...
वैशाख १०, काठमाडौं। दुई दशकदेखि निर्माण सुरु भएको मेलम्ची खानेपानी आयोजना चार महिनादेखि ठप्प छ। यो आयोजनाको निर्माण कहिलेबाट सुरु हुन्छ अत्तोपत्तो छैन। सुरुङमार्ग छिचोलिएर फिनिसिङसँगै उपत्यकामा पाइप गाड्ने काम सकिनै लाग्दा एकाएक मेलम्ची खानेपानी अनिश्चित बन्यो। काठमाडौंको बौद्ध-जोरपाटीको बाटो निर्माण सुरु भएको तीन वर्षसम्म पनि पूरा भएको छैन। अहिले पनि पानी पर्दा हिलो र घाम लाग्दा धुलैधुलोले वायुमण्डल ढाक्छ।राजधानीको...
वैशाख १०, काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्मित जङ्गी अड्डा भवनको आज उद्घाटन गर्नुभएको छ । सैनिक मुख्यालयमा जङ्गी अड्डामा आज आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले अत्याधुनिक प्रविधियुक्त उक्त नयाँ भवनको उद्घाटन गर्नुभएको हो । उहाँ नेपाली सेनाका परमाधिपति हुनुहुन्छ । गोरखा भूकम्पपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट स्वीकृत भएकामध्ये छोटो अवधिमा गुणस्तरयुक्त ढङ्गबाट निर्माण सम्पन्न भएको यो नै सबैभन्दा ठूलो आयोजना हो...
वैशाख १०, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध बनाउन साहस र धैर्यता चाहिने बताएका छन् । पासाङल्हामु शेर्पाले सगरमाथा आरोहण गरेको २६ औं वर्षको अवसरमा आयोजित पासाङ प्रतिष्ठा दिवसमा बोल्दै उनले आत्मविश्वासका साथ अगाडि बढेर देशलाई समुन्नत र प्रतिष्ठित बनाउन सकिने बताए ।“पासाङल्हामुबाट प्रेरणा र हौसला लिनुपर्छ, असम्भव भन्ने चिज केही छैन”, उनले भने “असम्भवलाई सम्भव बनाउन...