Saturday, July 11, 2026
Home Blog Page 1627
वैशाख १३, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालजस्तो भूपरिवेष्ठित राष्ट्रको सामाजिक आर्थिक विकासका लागि कनेक्टिभिटी सर्वाधिक महत्वपूर्ण रहेको बताएकी छन् । भण्डारीले बढ्दो कनेक्टिभिटीसँगै व्यापार, लगानी, पर्यटन तथा जनस्तरको सम्बन्धको ढोका खुल्ने विश्वास समेत व्यक्त गरिन् । चीनको बेइजिङमा आयोजित दोस्रो बेल्ट एण्ड रोड अन्तर्राष्ट्रिय फोरम (बीआरआई)लाई शुक्रबार सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले भनिन्, ‘नेपाल-चीन सीमाना पार रेलवे वा बहुआयामिक कनेक्टिभिटी...
वैशाख १३, काठमाडौ । महाभूकम्प गएका क्षेत्रमा दशौँ वर्षसम्म परकम्पन आइरहने विज्ञले जनाएका छन् । नेपालको भूकम्पीय जोखिम र भूकम्पीयतामा विद्यावारिधि गरेका प्रा डा हरिहर पौडेलका अनुसार यसकै निरन्तरताका रूपमा नेपालमा चार वर्षअघिको भूकम्पपछि परकम्पन आइरहेको हो ।उनका अनुसार जमीनमुनि भारतीय र तिब्बती प्लेट निरन्तर ठोक्किइरहन्छ । भारतीय प्लेट तिब्बती प्लेटको मुनि घुस्ने क्रम निरन्तर भइरहेको भन्दै उहाँले यसबाट हुने...
बैशाख १३, ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको पहिलो वामपन्थी प्रधानमन्त्री मनमोहन अधिकारीले राष्ट्रिय स्वाधीनता, वामपन्थी दलको एकता र देश विकासमा पुर्‍याएको योगदानको चर्चा गरेका छन्। मनमोहन स्मृति प्रतिष्ठानले शुक्रबार सानेपास्थित प्रतिष्ठान परिसरमा आयोजना गरेको '२० औँ स्मृति दिवस' मा उनले वर्तमान सरकार स्व. अधिकारीका अधूरा सपना पूरा गर्न लागिपरेको उल्लेख गरे।स्व. अधिकारीको शालिकमा माल्यार्पण गर्दै प्रधानमन्त्री ओलीले स्व....
बैशाख १३, तम्घास -गुल्मीको मुसिकोट नगरपालिका–४ अन्तर्गत वडागाउँको दजाकोटमा दूषित पानी पिउँदा एउटै गाउँका ९८ बिरामी परेका छन्। बिरामीमध्ये तीनको गुल्मी अस्पताल तम्घास, एकको पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रवास र अन्य ६ जनाको सोही ठाउँमा सञ्चालन गरिएको अस्थायी शिविरमा उपचार भइरहेको जिल्ला जनस्वास्थ्य अधिकृत महेश श्रेष्ठले जनाकारी दिए।बिरामी परेकामध्ये स्थानीय कुमारी सिंजालीको अवस्था गम्भीर रहेको बताइएको छ। उक्त ठाउँमा अचानक...
वैशाख १३, काठमाडौँ ।नेपाली अखबारमा सबैभन्दा पहिले कुन तस्बिर प्रकाशित गरिएको थियो भन्ने बारेमा फोटो पत्रकार समूहले अध्ययनको जिम्मा स्वतन्त्र फोटो पत्रकार उषा तितिक्षुलाई दिएको थियो । अध्ययनपछि पहिलो तस्बिर गोरखापत्रमा प्रकाशित भएको र ‘फोटो क्याप्सन’ भएकै कारण १९८४ सालमा प्रकाशित तस्बिरलाई नै समाचारमूलक पहिलो तस्बिर भएको ठह¥यारिएको थियो । समूहले उहाँको निष्कर्षका आधारमा हरेक वैशाख १३ लाई फोटो पत्रकारिता...
एजेन्सी , बैशाख १३, काठमाडौँ । श्रीलंकाको कोलम्वोस्थित विनोद चौधरीको पाँचतारे होटल ताज समुन्द्र आत्मघाती बम बिस्टोफबाट धन्न जोगिएको छ। प्रहरीका अनुसार अन्तराष्ट्रिय आतकंकारी संस्था इस्लामिक इस्टेटले (आइएस) आइतबार कोलम्वोमा गरेको शृङ्खलाबद्ध आत्मघाती बम हमलाको ‘टार्गेट' सो होटल पनि थियो। आइएसका एक आत्मघाती आक्रमणकारी ढाडमा बोकेको झोलाभरि बिस्फोटक सामाग्री लिएर उक्त होटलमा पनि पुगेको श्रीलंकाका अधिकारीहरुलाई उधृत गर्दै न्यूयोर्क टाइम्सले...
वैशाख १३, काठमाडौँ । पूर्व-प्रधानमन्त्री एवं कम्युनिष्ट नेता मनमोहन अधिकारीको २० औं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालको पहिलो निर्वाचित कम्युनिष्ट प्रधानमन्त्रीका रुपमा समेत लोकप्रिय नेता अधिकारीको हरेक वैशाख १३ गते स्मृति दिवस मनाउने गरिन्छ । अधिकारीको स्मृतिमा आज नेपाल कम्युनिष्ट पार्टी नेकपाले स्मृति एवं श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको छ । अधिकारीलाई विश्वकै इतिहासमा समेत पहिलो निर्वाचित...
नेपाल समाचारपत्र बैशाख १३, काठमाडौं । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनले देशैभरका अदालत ठप्प पार्ने चेतावनी दिएको छ ।युनियनले २०७५ साउनदेखि अतिरिक्त समय काम गरेको प्रोत्साहन भत्ता नदिएको, न्यायाधीश नियुक्तिलगायतका विषयलाई लिएर देशैभर आन्दोलनको घोषणा गरेको हो । युनियनका अध्यक्ष प्रकाश पराजुलीले सरकारले निर्णय गरेर अदालतका कर्मचारीलाई प्रोत्साहन भत्ता दिने भनिए पनि अहिलेसम्म नपाएकाले आन्दोलन गर्नुपरेको बताउनुभयो ।युनियनले बिहीबार...
कविरस शर्मा ( नेपाल समाचारपत्र) बैशाख १३, बाँके । गण्डक प्रदेशमा २०७७ को फागुनमा भेट्ने बाचासहित आठौं वृहत राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक समापन बुधबार भएको छ । बाँकेको नेपालगञ्ज रंगशालामा एक समारोहकाबीच कार्यबाहक राष्ट्रपति नन्दबहादुर पुनले आठौं राष्ट्रिय खेलकुदको समापन गरेका थिए । समापन समारोहमा राखेपका सदस्य सचिव केशवकुमार विष्टले गण्डकी प्रदेशका खेलकुद विकास समिति अध्यक्ष सम्पन्न श्रेष्ठलाई नवौं...
ईश्वरराज ढकाल (नेपाल समाचारपत्र) बैशाख १३, काठमाडौँ । पूर्व शिक्षामन्त्री धनीराम (डीआर) पौडेलले आफ्नै पार्टीका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलविरुद्ध सामाजिक सञ्जाल (फेसबुक) मार्फत् कटाक्ष गर्नुभएको छ । यही वैशाख ११ र हिजो १२ गते भक्तपुरको बोडेमा सार्वजनिक विद्यालय सुधारका लागि आयोजना गरिएका राष्ट्रिय सम्मेलन उपलब्धिहीन भएको अधिकांशको आरोप भइरहेका बेला पूर्वमन्त्री पौडेलको पनि यस्तो स्टाटस आएको हो...