श्रीलङ्का आक्रमण : बम नपड्केपछि जोगियो विनोद चौधरीको पाँच तारे होटल

279

एजेन्सी , बैशाख १३,
काठमाडौँ । श्रीलंकाको कोलम्वोस्थित विनोद चौधरीको पाँचतारे होटल ताज समुन्द्र आत्मघाती बम बिस्टोफबाट धन्न जोगिएको छ। प्रहरीका अनुसार अन्तराष्ट्रिय आतकंकारी संस्था इस्लामिक इस्टेटले (आइएस) आइतबार कोलम्वोमा गरेको शृङ्खलाबद्ध आत्मघाती बम हमलाको ‘टार्गेट’ सो होटल पनि थियो। आइएसका एक आत्मघाती आक्रमणकारी ढाडमा बोकेको झोलाभरि बिस्फोटक सामाग्री लिएर उक्त होटलमा पनि पुगेको श्रीलंकाका अधिकारीहरुलाई उधृत गर्दै न्यूयोर्क टाइम्सले जनाएको छ।

ती आक्रमणकारीले दुई पटक बम पडकाउन खोजेको तर प्राविधिक समस्याले बम नपढ्केको प्रहरीले जनाएको छ। त्यसपछि समुन्द्र किनारमा रहेको सो पाँच तारे होटलबाट निस्किएर आक्रमणकारी नजिकैको एउटा सानो होटेलमा पसे। त्यँही बम बिस्फोट भएर उनको मृत्यु भयो। सानो होटलमा पसेर प्राविधिक समस्या सुल्झाउन खोज्दाखोज्दै बम पड्केको अनुमान प्रहरीले गरेको छ।

ताज समुन्द्रमा बम पडकेको भए श्रीलंका आक्रमणमा मर्नेको संख्या झनै धेरै हुने प्रहरीको आकलन छ। समुन्द्र तटमा रहेको कोलम्वोको प्रख्यात ‘ताज समुन्द्र’ प्रायजसो विदेशी पाउनहरुले भरिभराउ हुने गर्छ। ‘ताज समुन्द्र’ भारतको प्रसिद्ध ‘ताज समुह’ सँगको साझेदारीमा विदेशमा चौधरीले खोलेको पहिलो पाँचतारे होटल हो। अहिले चौधरी समुहका संसारभर कैयौं होटल र रिसोर्ट छन्।Source:setopati