Saturday, July 11, 2026
Home Blog Page 1626
बैशाख १३ काठमाडौं : देशको बेरोजगारी दर ११.४ प्रतिशत पुगेको छ। नेपालमा १५ वर्षमाथि काम गर्ने उमेरको जनसंख्या दुई करोड आठ लाख छ। त्यसमध्ये ८० लाख युवा श्रम बजारमा उपलब्ध छन्। श्रमबजारमा उपलब्धमध्ये ७१ लाखले मात्र रोजगारी पाएका छन् भने बाँकी नौ लाख बेरोजागर रहेको केन्द्रीय तथ्यांक विभागको श्रम शक्ति सर्वेक्षण सन् २०१९ ले जनाएको छ।
वैशाख १३, डोटी । कुनै बेला नागरिकता नपाएर छटपटिनुभएका जिल्लाको जोरायल गाउँपालिका–२ का पुरनसिंह खत्री हिजोआज निकै खुशी हुनुभएको छ । जीवनको उत्तरार्धमा पुग्नुभएका खत्रीले लामो समयपछि नेपाली नागरिकता पाउँदा खुशी हुनुभएको हो । जिल्ला प्रशासन कार्यालय डोटीको आयोजना तथा गाउँपालिकाको सहकार्यमा उहाँकै घर नजिक एकीकृत घुम्ती शिविर सञ्चालन भएपछि उहाँले ७३ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र पाउनुभएको हो । नातिनातिनाले...
वैशाख १३काठमाडौं । चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर ६.८ प्रतिशतले हुने केन्द्रीय तथ्यांक विभागले प्रक्षेपण गरेको छ। चालु आर्थिक वर्षको हालसम्म उपलब्ध तथ्यांक र बाँकि अवधिको अनुमानका आधारमा ६.८१ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण केन्द्रीय तथ्यांक विभागले गरेको हो। विभागले चालू वर्ष सबै क्षेत्रमा आर्थिक वृद्धि भएको बताएको छ। विशेषगरी व्यापार र निर्माण क्षेत्रमा भएको ठूलो वृद्धिदरले उच्च आर्थिक...
वैशाख १३, काठमाडौं । अन्तर प्रदेश परिषदको बैठक काठमाडौंमा शुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सुरु भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरु, ६ वटा प्रदेशका मुख्यमन्त्री सहभागी छन् ।प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत भने बैठकमा सहभागी छैनन् । उनी कार्य व्यस्थताका कारणले उपस्थित हुन नसकेको बताइएको छ । बजेट र योजना भन्नका निम्ति अन्तर प्रदेश...
वैशाख १३, एजेन्सी, नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आसन्न आम निर्वाचनका लागि भारतीय राज्य उत्तर प्रदेशको बनारसबाट उम्मेदवारी दर्ता गराएका छन् । उनले शुक्रबार बनारसको एक निर्वाचन क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका हुुन् । उनले सो निर्वाचन क्षेत्रबाट यसअघिको अर्थात् सन् २०१४ को आम निर्वाचनमा भारी मतका साथ निर्वाचित भएका थिए ।उक्त निर्वाचन क्षेत्रमा आगामी मे १९ मा मतदान हुन...
वैशाख १३, काठमाडौं । पुनर्निर्माणमा जुट्न इन्जिनियरहरु लाई प्राधिकरणले निर्देशन गरेको छ । मागहरु पुरा भईसकेकाले प्राविधिकहरुलाई पुनर्निर्माणको कार्यमा जुट्न एक विज्ञप्ती जारी गर्दै निर्देशन दिएको हो ।  प्राविधिकहरुले उठाएका अतिरिक्त सेवासुविधा लगाएतका मागहरु गत २०७५ भदौबाट लागुहुने गरि नेपाल सरकार मन्त्रिपरिष्दको बैठकबाट निर्णय भईसकेको र उक्त जानकारी २०७६ बैशाख १२ गते विहानको बैठकमा नेपाल इन्जिनिर्यस एसोसियनका पदाधिकारीहरुलाई जनाएको उल्लेख...
वैशाख १३, काठमाडौं । नेपालबाट अमेरिकामा मानव तस्करी गर्दै आएका चलचित्र ‘हिम्मतवाली’ फिल्मका नायक एवं निर्माता सुदर्शन गौतमविरुद्ध रेडनोटिस जारी भएको छ । साढे ८ महिनाको प्रक्रियापछि गौतमविरुद्ध रेडनोटिस जारी भएको हो । रेडनोटिस जारी भएपछि इन्टरपोलका सदस्य रहेका १ सय ९२ देशका प्रहरीले गौतमको खोजी गर्नेछन् ।क्यानाडामा बस्दै आएका गौतमले दुई वर्षअघि विभिन्न समयमा नेपाली युवा युवतिलाई चर्को रकम...
बैशाख १३, गोरखा : सभामुख कृष्णबहादुर महराले गोरखा दरबारको पुनःनिर्माणमा ढिलाइ नगर्न आग्रह गरेका छन्। भूकम्पपछि गोरखा दरबारको पुनःनिर्माणको अवस्था बुझ्न शुक्रबार बिहान त्यहाँ पुगेका सभामुख महराले पुनःनिर्माणको काम सुस्त भएको भन्दै त्यसमा तीव्रता दिन सम्बन्धित सबैलाई आग्रह गरे।'दरबारको पुनःनिर्माणको काम अन्यन्तै सुस्त गतिमा भइरहेको देखियो,' उनले भने, 'पुनःनिर्माणमा ढिलाइ हुँदा यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकसमेत प्रभावित हुनसक्छन्, त्यसैले...
वैशाख १३, काठमाडौँ -अंगीकृत नागरिकका सन्तानलाई बंशजको नागरिकता वितरण गर्ने गृह मन्त्रालयको सकुर्लर अनुसार नागरिकता वितरण नगर्न सर्वोच्च अदालतले फेरि अर्को अन्तरिम आदेश जारी गरेको छ । यसअघि सर्वोच्च अदालतले नै गृहको सर्कुलर अनुसार नागरिकता वितरण नरोक्नू भनेको थियो । तर, एक साता नबित्दै अदालतले आफ्नै आदेशको खण्डन गर्दै नागरिकता वितरणमाथि अन्तरिम रोक लगाइदिएको छ ।अघिल्लो साता सर्वोच्च अदालतका न्यायाधीशद्वय...
बैशाख १३,एजेन्सी, काठमाडौं - यो सोमबार ब्राजिलको बीआएर–३६४ हाइवेमा भएका मानिसहरु निकै चकित भए । हाइवेको बीचमा सोच्दै नसोचेको जीव आएपछि गाडीका चक्काहरुमा एक्कासी ब्रेक लाग्यो । पोर्टो भेल्होस्थित नर्थवेस्टर्न सिटी नजिकैको हाइवेमा एकाएक ९.८ फिट लामो एनाकोन्डा देखियो । मानिसहरुले उक्त एनाकोन्डालाई सकूशल बाटो काट्न सहयोग गरे । उनीहरुले यसको भिडियो एवं फोटो खिचेका छन् ।सर्पले बाटो काटिएरहेको विभिन्न...