जेठ १,
कांठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा दर्ता भएका तीन वटा विधेयक फिर्ता लिन सरकारलाई आग्रह गरेको छ। संविधानका प्रावधानविपरीत हुने विधेयकहरूसरकारले सदनमा लगेको भन्दै कांग्रेसले विवादित बनेका ती सबै विधेयक फिर्ता लिन आग्रह गरेको हो। सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बुधबार बिहान बसेको संसदीय दलको बैठकले सरकारले विधेयकहरू फिर्ता नलिए सदन र सडकबाट प्रतिवाद गर्ने निर्णय...
जेठ १,
अछाम । अछामको मङ्गलसैन नगरपालिकाको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ । नगरपालिकाको बा२ झ ३६९४ नंको गाडीमा गए राति २ः१५ बजे आगजनी भएको प्रहरीले जनाएको छ । रातिको समयमा आगजनी भएकाले गाडी पूर्णरुपमा ध्वस्त भएको छ । नगरपालिका परिसरमै पार्किङ गरी राखिएको गाडीमा आगजनी भएको खबर पाउनेबित्तिकै प्रहरी टोली परिचालन गरेर आगो नियन्त्रणमा लिइएको थियो ।जिल्ला...
जेठ १,
सोलुखुम्बु । साहसिक आरोही कामीरिता शेर्पाले २३ औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । सोलुखुम्बु थामेका शेर्पाले जेष्ठ बुधबार बिहान ७ः५० मा विश्वको सर्वोच्च शिखर सगरमाथामा २३ औँ पटक पाइला टेक्नुभएको आधार शिविरबाट पर्यटन विभाग पर्वतारोहण शाखाका नायबसुब्बा रामेश्वर निरौलाले जानकारी दिए ।लामो समयदेखि आरोहण क्षेत्रमा रहेका ४९ वर्षीय शेर्पाले आफूले...
नवराज मैनाली
जेठ १, काठमाडौं । सरकारले १९ वटा पहाडी जिल्लाको सिडिओमा सहसचिव र जिल्ला प्रहरी प्रमुखमा एसपीलाई खटाउने तयारी गरेको छ । धेरै जनसंख्या भएका जिल्लामा दरबन्दी स्तरोन्नति गर्न लागिएको गृह मन्त्रालयले जनाएको छ । ती जिल्लामा हाल उपसचिव प्रमुख जिल्ला अधिकारी र प्रहरी नायब उपरीक्षक(डिएसपी) प्रमुख रहेका छन् ।
हाल ४२ जिल्लामा सहसचिव तथा ३५ जिल्लामा सिडिओको उपसचिव दरबन्दी छ । त्यस्तै, दुई...
नयाँ पत्रिका
जेठ १, जनप्रतिनिधिकै अगुवाइमा गाउँनिकालामा परेको बारा सुवर्ण गाउँपालिका–६ धरमपुरका ओमप्रकाश यादव ९अवधेश०को परिवारले १० जनाविरुद्ध जिल्ला प्रशासन कार्यालयमा किटानी जाहेरी दिएको छ । पति अनुठा यादवको दाहसंस्कार र काजकिरिया हिन्दूधर्मअनुसार नगरेको आरोपमा गाउँनिकाला भएको नौ दिनपछि मंगलबार बिन्दा अहिरिनले उजुरी दिएकी हुन् । गाउँनिकालाको नेतृत्व गर्ने वडासदस्य जिमिलाल यादव र पूर्वगाविस उपाध्यक्ष विद्यानन्दप्रसाद यादवसहित पूर्ववडा सदस्यहरू हृदयनारायण राउत अहिर...
जेठ १,
काठमाडौं । देशको पुबीै र मध्य भु–भाग तथा पश्चिमि पहाडी भु–भागमा आंशिकदेखि सामान्य बदली रहि बांकी भु–भागमा मौसम सफा हुने देखिन्छ। देशका पुर्वि र मध्य भु–भागका थोरै स्थानहरुमा र पश्चिमी पहाडी भु–भागका एक दुइ स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वामान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार रातिको समयमा देशका पहाडका भु–भागमा आंशिकदेखि सामान्य बदलि रही...
तेजराज भट्ट (नयाँ पत्रिका दैनिक)
जेठ १, बेरोजगार युवालाई बिदेसिनबाट रोक्न केन्द्र सरकारले देशमै रोजगारी दिने योजना सञ्चालन गर्दैगर्दा सुदूरपश्चिम सरकार भने विदेश पठाउन विभिन्न देशका भाषा सिकाउँदै छ । प्रदेशका नौवटै जिल्लाका तीन सय २० युवालाई वैदेशिक रोजगारीमा पठाउन जापानी, कोरियन र अंग्रेजी भाषा प्रशिक्षण कक्षा सञ्चालन गर्न लागिएको हो । सामाजिक विकास मन्त्रालयले तीनमहिने भाषा कक्षा सञ्चालनका लागि धनगढीस्थित...
काठमाडाैं - वि.सं. २०७६ साल ज्येष्ठ ०१ गते । बुधबार । ईश्वी सन् २०१९ मे १५ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । वैशाख शुक्ल पक्ष । तिथि एकादशी,१० घडी ५३ पला,बिहान ०९ बजेर ३८ मिनट उप्रान्त द्वादशी । नक्षत्र उत्तरफाल्गुनी,०३ घडी २० पला,बिहान ०६ बजेर ३७ मिनेट उप्रान्त...
– गर्मी मौसम सुरु भइसकेको छ । यो समयमा स्विमिङ पुल, सामुद्रिक किनार, पिकनिक र अन्य बाह्य गतिबिधिमा जान मन पराउँछन् । तर, योसँगै घाममा डढ्ने समस्या पनि आउँछ । घाममा ड्ढ्नबाट बच्न वा डढिसकेको छालालाई जोगाउन निम्न उपाय अप्नाउन सकिन्छ :– छालालाई चिसो र शान्त बनाउन दिनमा दुई पटक चिसो पानीले नुहाउनुहोस् । यसले डढिसकेको छालाको दाग हटाउँछ।
–...
बैशाख ३१,
काठमाडौं । नेपालका लागि जेसीबी निर्माण तथा हेभि इक्विपमेन्टको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्सले जेसीबी ब्रान्डको ब्याक हो लोडर र एस्काभेटर खरिदमा शानदार उपहार घोषणा गरेको छ । यो नयाँ योजनाअन्तर्गत एमएडब्लु अर्थमुभर्सले जेसीबी थी्र डीएक्स सुपर वा जेसीबी २२० एलसी एक्स्ट्राको खरिदमा एक हजार घन्टासम्म सर्भिसिङ र त्यसमा लाग्ने सम्पूर्ण सामग्री निःशुल्क उपलब्ध गराउनेछ । एमएडब्लु...


