Sunday, September 27, 2026
Home पत्रपत्रिका जनप्रतिनिधिकै अगुवाइमा गाउँनिकाला नौजनाको परिवार हेटौँडामा बस्दै

जनप्रतिनिधिकै अगुवाइमा गाउँनिकाला नौजनाको परिवार हेटौँडामा बस्दै

80

नयाँ पत्रिका
जेठ १, जनप्रतिनिधिकै अगुवाइमा गाउँनिकालामा परेको बारा सुवर्ण गाउँपालिका–६ धरमपुरका ओमप्रकाश यादव ९अवधेश०को परिवारले १० जनाविरुद्ध जिल्ला प्रशासन कार्यालयमा किटानी जाहेरी दिएको छ । पति अनुठा यादवको दाहसंस्कार र काजकिरिया हिन्दूधर्मअनुसार नगरेको आरोपमा गाउँनिकाला भएको नौ दिनपछि मंगलबार बिन्दा अहिरिनले उजुरी दिएकी हुन् । गाउँनिकालाको नेतृत्व गर्ने वडासदस्य जिमिलाल यादव र पूर्वगाविस उपाध्यक्ष विद्यानन्दप्रसाद यादवसहित पूर्ववडा सदस्यहरू हृदयनारायण राउत अहिर र रामधार राउत अहिरविरुद्ध किटानी जाहेरी परेको छ । यस्तै, मोछीप्रसाद यादव, गणेशप्रसाद यादव, वैजनाथ गिरी र देवेन्द्र यादवविरुद्ध पनि किटानी जाहेरी परेको बाराका सहायक प्रमुख जिल्ला अधिकारी मुरारी कार्कीले बताए । उनीहरू स्थानीय अगुवा हुन् । उजुरी परेका श्रीनिवासप्रसाद बरई नेपाल सरकारका पूर्वकर्मचारी हुन् भने भरोसी राउत अहिर जातीय महाजन ९जातको अगुवा० हुन् । धरमपुरका भेटेरिनरी सञ्चालक अहेव मिश्रीलाल बरईको भने उजुरीमा नाम छुटेको पीडित ओमप्रकाशले बताए । गाउँनिकाला गर्नेलाई कारबाही र आफ्नो परिवारलाई शान्ति–सुरक्षासहित गाउँ फर्किने वातावरण बनाइदिन पीडितले माग गरेको निमित्त प्रजिअ कार्कीले बताए । जिल्ला प्रशासन कार्यालय पुगेर उजुरी दिए पनि पीडित आमाछोरा बिन्दा र ओमप्रकाश आफ्नो घर जान सकेनन् । २२ वैशाखमा घर छाडेको नौजनाको परिवार हेटौँडामा बस्दै आएको छ