Tuesday, July 14, 2026
Home Blog Page 1588
जेठ १, काठमाडौँ ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रियतालाई दरो बनाउन दृढतापूर्वक कदम चाल्नुपर्ने बताएका छन्। युवा संघको २९औं स्थापना दिवसका अवसरमा राष्ट्रिय सभागृहमा आयोजित समारोहलाई सम्बोधन गर्दै नेता खनालले नेपाली भूमी कालापानीबाट विदेशी फौज हटाउन युवाहरुलाई आह्वान गरे।‘अहिले पनि सुस्तामा विवादहरु छन्, कालापानीमा विदेशी फौजको अड्डा बसिरहेको छ। युवाहरु, त्यो ठाउँबाट जबसम्म विदेशी फौजलाई...
जेठ १, काठमाडौँ । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालिन एमालेका तीन नेताहरुलाई प्रधानमन्त्री बनाउने सामथ्र्य आफूले मात्र राखेको भन्दै आफ्नो योगदानलाई अवमूल्यन नगर्न आग्रह गरेका छन् । तत्कालिन एमालेको युवा संगठन युवासंघ नेपालको २९ औं स्थापना दिवसको प्रमुख अतिथी बन्ने मौका पाएका प्रचण्डले केपी ओली, माधव नेपाल र झलनाथ खनाललाई आफूले लाइन लाएर प्रधानमन्त्री बनाएको दावी गरे ।मन्च...
जेठ १, बाँके । नेपालगञ्ज उपमहानगरपालिका–१० का १३ वर्षीया एक बालिका यौन शोषणमा परेकी छिन् । यौन शोषणबाट गर्भ रहन गएपछि असुरक्षित गर्भपतन गराउन खोज्दा ती बालिका अहिले मृत्युको मुखमा पुगेकी छिन् । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, कक्षा ८ मा अध्ययनरत एलिना (नाम परिर्वतन) ले पेटमा रहेको गर्भलाई आफैँ गर्भपतन गर्न खोजेकी थिइन् । गर्भपतन गराउन खोज्दा जथाभावी औषधि...
जेठ १, काठमाडौँ । ठेकेदारलाई दिनुपर्ने भुक्तानी रोकिएपछि प्रभावित भएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम सूचारु गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक स्रोतबाट रकम उपलब्ध गराएको छ । तत्कालका लागि १० करोड रुपैयाँको चेक ठेकेदार कम्पनीलाई उपलब्ध गराइएको प्राधिकरणका निर्देशक प्रदीप अधिकारीले जानकारी दिए । विमानस्थलका लागि आवश्यक रकम निकासा माग्दै ठेकेदार कम्पनीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाएको...
जेठ १, काठमाडौँ । संयुक्त विद्या्र्थी संगठनले बिरोध कार्यक्रम गरेका छन् । ५५औँ विद्यार्थी एकता दिवसको अवसर पारेर विद्यार्थी संगठनका विद्याथीहरुले आन्दोलन गरेका हुन् । उनीहरुले काठमान्डौ प्रर्दशनी मार्ग स्थित रत्नराज्य लक्ष्मी क्याम्पसबाट सुरु भएको उक्त विरोध आन्दोलन शान्तिबाटिकामा गएर टुङगीएको थियो । युवा बेच्न पाइदैन केपी सरकार चाँहीदैन भन्ने मुल नाराका साथ बिरोधमा उत्र्तिएका उनीहरुले टुडिखेल क्षेत्रको सडक खण्ड...
जेठ १ बैतडी। बैतडीको पाटनमा एक वृद्धको मृत्युको घटनामा प्रहरीमाथि नै आरोप लागेको छ । पाटन नगरपालिका–६ लदेडाका ७४ वर्षीय कमलाकान्त पन्तलाई प्रहरीले कुटपिट गरी हत्या गरेको उनका आफन्तले आरोप लगाएका हुन् । बैशाख ३० गते राति कमलाकान्तका जेठा छोरा लवदेव पन्तले मदिरा सेवन गरी स्थानीयलाई गालीगलौज र आक्रमण गर्न थालेपछि प्रहरी लदेडा पुगेको थियो ।पन्तले हँसिया प्रहार गर्दा...
एजेन्सी, जेठ १, काठमाडौँ । आफ्ना सन्तानप्रतिको आमाको जिम्मेवारी जीवनको अन्तिम समयसम्म पनि उत्तिकै रहने गर्छ । छोराछोरी जतिनै ठूला किन नहुन् उनीहरुप्रति आमाले गर्ने व्यवहार र चिन्ता सधैँ बच्चपनको जस्तै हुन्छ । यस्तै एउटा उदाहरण छ, जहाँ ८२ वर्षको छोरालाई १०० वर्षकी आमाले स्याहारसुसार गर्दैछिन् । लीवरपूल इङ्ग्याण्डकी एक सय वर्षीया एडा किन्टिगका चारजना सन्तान छन् । जसमध्ये...
१ जेठ, बुटवल । रुपन्देहीमा एक यवती मृत अवस्थामा फेला परेकी छन् । बिहेको तयारीमा रहेकी १९ वर्षीया सवनाम निशाको शव गैडहवा गाउँपालिका वडा–१ साडीको भुझौली भन्ने गाउँमा उनको शव फेला परेको हो । सुख्खा कुलोमा शव भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनामा संदिग्ध एक युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । निशाको शव पोष्टमार्टका लागि शिक्षण अस्पताल...
जेठ १, काठमाडौँ । महिला अधिकारकर्मी सावीत्री सुवेदीले पछिल्लो केही दिन यता प्रहरीले होटलमा छापा मारेर यौनकर्मीलाई पक्राउ गरेको घटनाप्रति आपत्ति जनाएकी छिन् ।उनले फेशबुकमा लेख्दै भनेकी छिन् ‘यौन व्यवसाय हाम्रो देशमा सबैभन्दा बढि फस्टाएको व्यवसाय भएपनि यो अवैधानिक भएका कारण यसको फाइदा प्रहरीले लिइरहेको छ ।’ प्रहरीले होटलमा छापा मारेर आफ्नो पेट भरिरहेको दावी गरेकी सुवेदीले यौन व्यवसायलाई वैधानिक...
जेठ १, टोकियो – जापानको दक्षिणी आमामी–ओशिमा द्वीपको उत्तरपूर्वी तटीय क्षेत्रका ५.५ म्याग्नीच्युडको भूकम्प गएको यहाँको मौसम विभागले बुधबार जानकारी दिएको छ । यस भूकम्पपछि सुनामीको कुनै चेतावनी भने दिइएको छैन । स्थानीय समयाअनुसार बुधबार बिहान २ः३४ मा भूकम्प गएको सो निकायले जानकारी दिएको छ । यस भूकम्पको केन्दविन्दु बरपरकै क्षेत्रमा ३० किलोमिटर गहिराइमा रहेको जनाइएको छ ।यस भूकम्पपछि...