‘सरकार यौन व्यवसायलाई वैधानिकता देउ’ : सावित्री सुवेदी

107

जेठ १,
काठमाडौँ । महिला अधिकारकर्मी सावीत्री सुवेदीले पछिल्लो केही दिन यता प्रहरीले होटलमा छापा मारेर यौनकर्मीलाई पक्राउ गरेको घटनाप्रति आपत्ति जनाएकी छिन् ।

उनले फेशबुकमा लेख्दै भनेकी छिन् ‘यौन व्यवसाय हाम्रो देशमा सबैभन्दा बढि फस्टाएको व्यवसाय भएपनि यो अवैधानिक भएका कारण यसको फाइदा प्रहरीले लिइरहेको छ ।’ प्रहरीले होटलमा छापा मारेर आफ्नो पेट भरिरहेको दावी गरेकी सुवेदीले यौन व्यवसायलाई वैधानिक गरेर सरकारले कर असुली गर्नसके अर्थतन्त्र बलियो हुने टिप्पणी गरेकी छिन् ।