एक सय वर्षकी आमाको काखमा ८२ वर्षका छोरा

89

एजेन्सी, जेठ १,
काठमाडौँ । आफ्ना सन्तानप्रतिको आमाको जिम्मेवारी जीवनको अन्तिम समयसम्म पनि उत्तिकै रहने गर्छ । छोराछोरी जतिनै ठूला किन नहुन् उनीहरुप्रति आमाले गर्ने व्यवहार र चिन्ता सधैँ बच्चपनको जस्तै हुन्छ । यस्तै एउटा उदाहरण छ, जहाँ ८२ वर्षको छोरालाई १०० वर्षकी आमाले स्याहारसुसार गर्दैछिन् । लीवरपूल इङ्ग्याण्डकी एक सय वर्षीया एडा किन्टिगका चारजना सन्तान छन् । जसमध्ये टोम किन्टिग सबैभन्दा जेठो छोरा हुन् ।

सन् २०१६ मा स्याहार गर्ने कोहि नभएपछि टोम मास भ्यू केयरहोम गएका थिए । कहिल्यै बिहे नगरेका टोमले केयरहोम गएको थाहा पाएपछि एडा निकै चिन्तित बनिन् । त्यसपछि उनी छोराको हेरचाह गर्न उनीसँगै केयरहोम गइन् । उनीहरु तीन वर्षदेखि सँगै बस्दै आइरहेका छन् । उनी नर्स हुन् । त्यसैले पनि उनी केयरहोमका कर्मचारीलाई पनि सहयोग गर्छिन् । उनीहरु दिनभरी सँगै हाँसखेल गर्छन् । विहान टोम उठ्नुभन्दा अगाडि नै एडाले उनको लागि खाना, खाजा तयार गर्ने गर्छिन् । एउटा अन्तरवार्तामा एडाले भनिन्, ‘तपाईं कसरी भूल्न सक्नुहुन्छ कि तपाईं आमा हो । म कहिल्यै पनि टोमको हेरचाह गर्न बिर्सिन्न ।’