मधुसूदन रायमाझी (नेपाल समाचारपत्र)
जेठ ६, काठमाडौं । मोटरसाइकल दुर्घटनाबाट हुने सम्भावित जोखिमलाई न्यूनीकरण गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा दुईपांग्रे सवारीसाधन मोटरसाइकल र स्कुटरको पछाडि बस्नेले हेलमेट लगाउनुपर्ने नियम शुरु गर्न लागेको छ । यस्तै नियम आजभन्दा १७ वर्षअघि पनि लागु गरिएको थियो ।
काठमाडौ उपत्यकामा मोटरसाइकलको संख्या मात्र ९ लाख पुगेको छ । उपत्यकामा दैनिक रुपमा सञ्चालन...
सुनील महर्जन (नेपाल समाचारपत्र)
जेठ ६, काठमाडौं । लोकसेवा आयोगले केही दिनभित्रै स्थानीय तहका लागि ११ हजार ३ सय ४६ जना कर्मचारी माग गर्दै सूचना निकाल्ने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा अपुग कर्मचारीको विवरण आयोगमा पठाएपछि यस्तो गृहकार्य थालिएको हो । यसअघि मन्त्रालयले सबै स्थानीय तह ७ सय ५३ लाई रिक्त दरबन्दी संख्यासहितको...
-आर्चाय पवित्राहे पितृ सत्ता
त मलाई सम्हालिन सिका
मलाई ईज्जत् सिका
बिस्तारै हिड्न सिका
झुकेर बोल्न सिका
किनकि म छोरी हुँ
अल्लि छिटै...
बहकिन सक्छु ।एउटा चकलेट ल्याएर दियो
छोरी भन्दै मायाले बोलायो
छातिमा टास्यो
मुख छोप्दियो म बोल्न सकिन
अनि रगत बग्यो
मैले भन्न खोजे
तर जवाफ आयो
चुप बस ईज्जत् जान्छ
किनकि यो पुरुष प्रदान
पितृसत्तात्मक देश हो
अनि म छोरी हुँ ।नराम्री भए कुरुप उपनाम
राम्री भए रुपको घमण्डि
अनि पोखिन्छ एसिड
म रुन्छु अनि...
रमाउछ पुरुष...
जेठ ५,
काठमाडौँ । प्रहरीले ढाटसहित प्रहरीलाई जिउँदै जलाउन खोज्ने नेतालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कृषि विकास बैंकका कर्मचारी नेता केपी लामीछाने रहेका छन् । पुर्वपश्चिम राजमार्ग अन्तरगत टिकौलीमा रहेको सडक बोर्डको कर उठाउने ढाटमा आगजनी भएको थियो । ढाटमा आगो लाग्दा ड्यूटिमा खटिएकी महिला प्रहरी आगोले जलेर घाइते भएकी छिन् ।
जेठ ५,
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–२ मारेककटहरेमा गएराती छुरा प्रहार गरी एक युवकको हत्या भएको छ । बैशाख शुक्ल पूर्णिमाको अवसरमा मारेककटहरे स्थित माझगाउँमा लागेको मेलामा गएका महालक्ष्मी–३ डाँडागाउँका २२ बर्षीय सन्तोष थम्फरा लिम्बुको हत्या भएको प्रहरीले जनाएको छ ।राती करिव १ बजे भएको झगडाका क्रममा मारेककटहरेका २५ बर्षीय घनेन्द्र लिम्बुले छुरा प्रहार गरी थम्फराको हत्या गरेको धनकुटाका प्रहरी...
जेठ ५,
मोरङ । मोरङका पत्रकारहरूले सरकारले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्नेगरी ल्याएको विधेयकको रोएर बिरोध गरेका छन । जिल्ला प्रशासन कार्यालय अगाडि भेला भएका पत्रकारहरूले संसदमा पेश गरेको विधेयक हुबहु पारीत गरे वास्तवमै रुनुपर्ने अवस्था आउने भन्दै रोदनसहितको बिरोध गरेका हुन ।
नेपाल प्रेस युनियन मोरङले आयोजना गरेको रुने कार्यक्रममा सहभागी पत्रकारहरूले डाको छाडेर रुँदै पत्रकारलाई यथार्थमै रुने अवस्था सिर्जना नगर्न...
जेठ ५,
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित थाइल्याण्डको बैंकक उडेका छन्। आइतबार उनी पूर्वरानी कोमल, पूर्वयुवराज्ञी हिमानीसहित थाइ एयरवेजको विमान चढेर बैंकक उडेका हुन्। पूर्वराजाका स्वकीय सचिव मणि पाठकका अनुसार पूर्वराजा स-परिवार बैंकक गए पनि कति दिन त्यहाँ बस्ने भन्ने अहिले खुलेको छैन।पारस-हिमानीका छोरीहरू कृतिका र पूर्णिका अध्ययन गरिराखेको शैक्षिक संस्थाको दीक्षान्त समारोहमा सहभागी हुन पूर्वराजाका परिवार बैंकक गएका...
जेठ ५,
ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय तहका जनप्रतिनिधिले जनताको मन जितेर काम गर्नुपर्ने बताउनुभएको छ । ललितपुर महानगरपालिका वडा नं २६ कार्यालयको नवर्निर्मित भवनको आज ढोलाहिटीमा उद्घाटन गर्दै उहाँले जनप्रतिनिधिले जनतालाई राम्रो सेवासुविधा दियौँ भन्ने प्रमाणित गर्नु आवश्यक छ भन्नुभयो । “सिंहदरबारको अधिकार जनताकै घरदैलोमा ल्याउने योजनाअन्तर्गतकै तीन तहको सरकार बनेको हो...
जेठ ५,
काठमाडौँ । नगरीय ट्राफिक महाशाखाले मोटरसाइकलको पछाडि बस्ने व्यक्तिले पनि हेलमेट लगाउनुपर्ने व्यवस्था लागू गर्न लागेको छ ।
महाशाखा प्रमुख एसएसपी वसन्तकुमार पन्तले सवारी दुर्घटना न्यूनिकरणका लागि यो व्यवस्था लागू गर्न लागिएको बताएका छन् । उनका अनुसार पछिल्लो समय दुई पांग्रे सवारीका कारण दुर्घटनाको हुने क्रम बढी छ ।‘अब नयाँ सवारी ऐन आउँदैछ । त्यसमा यो प्रावधान...
जेठ ५,
काठमाडौँ । समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले मासिक निर्वाचन क्षेत्र भ्रमणका क्रममा आइतबार गोरखा पुगेर ऐँसेलु टिप्दै गोठाले बाल्यकालको सम्झना गरेका। बाबुरामले ऐँसेलु टिपेको तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, ‘जंगलमा ऐँसेलु टिप्दै, गोठाले बाल्यकाल सम्झदै।’ बाबुराम यो महिना गोरखा-२ को ठाँटीपोखरीदेखि बयानपानी, पाँडेवेसीदेखि केरावारीसम्म पुगे। उनले निर्वाचन क्षेत्र भ्रमणका क्रममा दूधपोखरी सडकमार्गको निरीक्षण गरेका छन्।‘लामो समयदेखि अवरुद्ध दूधपोखरी...

