Wednesday, July 15, 2026
Home Blog Page 1576
जेठ ६, दाङ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कान वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले मिडिया काउन्सिल विधेयक पार्टीमा छलफल नगरी ल्याइएको बताएका छन्। ‘महत्वपूर्ण निर्णयहरू गर्दा पार्टीमा छलफल हुनुपर्छ, तर, अहिले कुनै पनि विषयमा निर्णय लिँदा पार्टीमा छलफल गर्ने गरिएको छैन’, नेपालले भने,‘पार्टीमा छलफल गर्ने चलन नै नहुनु दुःखद पक्ष हो।’दाङको घोराहीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ...
जेठ ६, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी जवानलाई घुससहित पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं ४१ गुल्म हेक्वा ९औधोगिक सुरक्षा, बुटवल, रूपन्देहीमा कार्यरत सशस्त्र प्रहरी जवान भेषेन्द्र केसीलाई घुससहित पक्राउ परेका हुन् । प्रहरी केसीलाई बुटवल उपमहानगरपालिका-७ दिपनगर स्थित बुटवल टपटेन मम एण्ड खाजाघरबाट नियन्त्रणमा लिइएको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए...
जेठ ६, काठमाडौँ । दरबार हत्याकाण्डमा गोली चल्दै गर्दा नारायणहिटीमा प्रवेश गर्ने शाही पाश्र्ववर्ती ९एडिसी० सुन्दरप्रताप रानाले १८ वर्षपछि लेखेको ‘दरबारको दुःखान्त’ पुस्तक बजारमा आउने भएको छ । दरबार हत्याकाण्ड र राजपरिवारसँग आफ्नो सम्बन्धमा आधारित रहेर उनले पुस्तक लेखेका हुन् । तत्कालीन राजा, रानी र युवराजको पाश्र्ववर्तीका रूपमा १७ वर्ष दरबारमा बिताएका रानाले पुस्तकमा दरबारबारे आफ्नो अनुभव सार्वजनिक गर्न लागेका...
जेठ ६, काठमाडौँ । कर नतिर्ने व्यवसायीहरुको सूचनी सार्वजनिक गर्दै मध्यमस्तरीय कर कार्यालयले सात दिने अल्टिमेटम दिएको छ। विभिन्न २६ वटा फर्मको नाममा सार्वजनिक सूचना जारी गर्दै कार्यालयले कर लामो समयदेखि कर नतिर्नेलाई तत्काल सम्पर्क गर्न सूचनामार्फत् जानकारी गराएको हो। कार्यालयले मूल्य अभिबृद्धि कर र आयकर नतिर्ने फर्मको सूचीसहित उक्त सूचना जारी गरेको हो।कार्यालयको सूचनामा हरिनारायण रौनियारकोको नाममा रहेको पप्पु...
एजेन्सी, जेठ ६, काठमाडौँ । पोर्चुगीज स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो यस सिजनको इटालियन सिरी ए का मोस्ट भ्यालुएबल खेलाडी घोषित भएका छन् । यसपटक यूभेन्ट्सलाई सिरी ए च्याम्पियन बनाउन रोनाल्डोले २२ गोल गरे भने २२ गोलको लागि पनि पास उपलब्ध गराएका थिए . सन् २०१८ मा रियल मेड्रिडबाट यूभेन्ट्स पुगेको पहिलो सिजन नै उनले आफ्नो टोलीलाई लिग उपाधि दिलाउन महत्वपूर्ण...
जेठ ६, रोल्पा । “दुई वर्षसम्म फोनबाट माया पिरती गाँसियो, जात भात पनि मिल्ने समाजले राम्रै ठान्ला भनेर वैवाहिक जीवनमा बाँधियो, मनले मन पराएर विवाह गरियो अहिले आएर धोका होला भन्ने के थाहा”, रोल्पा नगरपालिका–१ कालापानीकी गङ्गा कवरले रुँदै भन्नुभयो । सोही नगरपालिका–२ निवासी हुकुम कवर सँग २०७५ साल असारमा प्रेम विवाह गरेकी कवरले जीवनमा धोका खाइएला भन्ने कहिले सोच्नु...
जेठ ६, काठमाडौँ । अमेरिकी सर्च इन्जिन कम्पनी गुगलले चिनियाँ टेलिकम्युनिकेसन कम्पनी हुवावेसँग गर्दै आएको प्राविधिक कारोबार रोक्ने भएको छ। गुगलको यो निर्णयसँगै विश्वको तेस्रो ठूलो स्मार्ट फोन निर्माता हुवावेले अब बनाउने फोनमा गुगलका प्लेस्टोर, जिमेल, गुगल म्याप र युट्युब एपहरू राख्न पाउने छैन। अमेरिका र चीनबीच जारी व्यापार युद्ध र पछिल्लो समय राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कम्पनीहरूले कारोबार गर्न...
जेठ ६, पर्वत । दक्षिण पर्वतको पैँयु गाउँपालिका–६ स्थित चेतकुमारी आलेको घरमा कोही नभएको मौका पारी चोरी गर्ने कार्यमा संलग्न दुईलाई इलाका प्रहरी कार्यालय हुवास पर्वतबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पैँयु गाउँपालिका–६ बस्ने ३६ वर्षीय नारायण आले र २६ वर्षीय सोम राना रहेका छन् ।उक्त घरको दराज तोडफोड गरी चोरी गरेको रानीहार एक थान, बटारे बाला...
जीवन बस्नेत (नयाँ पत्रिका दैनिक) जेठ ६, काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आफूअन्तर्गतका सबै यातायात समिति र व्यवसायीलाई ५ दिनभित्र कम्पनीमा दर्ता हुन सूचना जारी गरेको छ । महासंघले आइतबार कम्पनी दर्ता ऐन २०६३ को दफा ९ को उपदफा १ अनुसार सम्पूर्ण यातायात व्यवसायीलाई कम्पनीमा दर्ता गर्न सूचित गरेको हो । यससँगै महासंघमा आबद्ध २ सय ९४ वटा यातायात समितिका...
नेपाल समाचारपत्र, जेठ ६, काठमाडौं । चालू आर्थिक वर्षको नौ महिनामा कुल वस्तु निर्यात १६ दशमलव ९ प्रतिशतले वृद्धि भई ६९ अर्ब ८२ करोड पुगेको छ ।अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ८ दशमलव २ प्रतिशतले वृद्धि भएको थियो । नेपाल राष्ट्र बैंकका अनुसार भारततर्फ २८ दशमलव ९ प्रतिशत र अन्य मुलुकतर्फ ३ प्रतिशतले निर्यात वृद्धि भएको छ भने...