Wednesday, July 15, 2026
Home Blog Page 1572
जेठ ७, काठमाडौं । नीता ढुङ्गाना पछिल्लो समय उनी अशोक शर्माले निर्माण गर्न लागेको फिल्म ‘रातो टीका निधारमा’ मा अभिनय गर्ने भएकी छिन् । यो फिल्म दशैँको अवसर पारेर रिलिज गर्ने तयारी भइरहेको छ । सामाजिक सञ्जालमा खासै उपस्थिति नदेखाउने नीताले इन्स्टाग्राममा भने तस्वीरहरु शेयर गर्ने गर्छिन् । नीताले सामाजिक सञ्जाल इन्स्टाग्राममा शेयर गरेका केही तस्वीर हामीले यहाँ राखेका छौँ...
एजेन्सी, जेठ ७ वासिङ्टन। संयुक्तराज्य अमेरिकाको टेक्सास राज्यमा अमेरिकी आप्रवासन थुनामा रहेका ग्वाटेमालाका १६ वर्षीय एक बालकको मृत्यु भएको छ । अमेरिकी भन्सार तथा सीमा सुरक्षा ९सीबीपी० का अनुसार टेक्सासको हिडाल्गो नजिक गत मे १३ मा अवैध रुपमा प्रवेश गरेका ती किशोरलाई सीमा सुरक्षा निकायले गिरफ्तार गरेको थियो ।नाम नखुलाइएका ती बालकको रियो ग्रान्डे भ्याली सेक्टरको वेस्लाको स्टेशनमा मृत्यु भएको थियो...
जेठ ७, काठमाडौँ । शेयर बजार सामान्य अंकले बढेको छ । नेप्से ४.४२ अंकले बढेर १,३१२.१४ अंकमा कायम भएको छ । उत्पादनमुलक, माइक्रोफाइनान्स र अन्य बाहेक सबै उपसुचक बढेका छन् । सबैभन्दा धेरै हाइड्रोपावर समुह ६४ अंकले बढेको छ । दिनभरिमा १ सय ७३ वटा कम्पनीको ३१ लाख २ हजार २ सय ८४ कित्ता शेयर खरिदविक्री हुँदा ८१ करोड ४४...
जेठ ७, काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूले भ्रष्टाचार गरेको प्रमाणित भए झुण्डिएर मर्ने चेतावनी दिएका छन् । कार्यकारी निर्देशक घिसिङले नेपाल विद्युत प्राधिकरणभित्र भ्रष्टाचार भएरनभएको सत्यतथ्य बाहिर ल्याउन छानविन समिति गठन गरिएको पनि स्पष्ट पारेका छन् । मंगलबार संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा सत्तारुढ नेकपाका सांसद अमनलाल मोदीले डेडिकेटेड फिडर तथा टंक लाईन उपयोग...
एजेन्सी, जेठ ७, साना– यमनका हुथी विद्रोहीहरुले साउदी अरेबियाको सीमावर्ती शहर नजरानस्थित नजरान सैनिक बिमानस्थलको हातहतियार भण्डारणमा ड्रोन आक्रमण गरेका छन् । हुथी विद्रोहीद्वारा सञ्चालित अल–मासिराह टेलिभिजनले कासिफ–के २ ड्रोनबाट गरिएको आक्रमणबाट हतियार भण्डारमा आगो लागेको दाबी गरेको छ । यसैबीच साउदी समर्थित गठबन्धनका प्रवक्ता कर्णेल टुर्की अल–मलेकीले बिस्फोटक पदार्थ बोकेको ड्रोनबाट नजरान बिमानस्थललाई लक्षित गरी आक्रमण भएको...
जेठ ७, नुवाकोट । रसुवामा बाँध र नुवाकोटमा विद्युत् उत्पादन गृह रहेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाले उत्पादन गरेको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थपिएको छ । गएको शुक्रबार साँझ ५ बजेदेखि सुरु गरिएको उत्पादन परीक्षण सोमबार साँझ पूरा भएको हो । आयोजनाको पहिलो युनिट लगातार तीन दिन (७२ घण्टा) सञ्चालनको अवधिमा शतप्रतिशत हुन आउने प्रतिघण्टा ३०...
एजेन्सी, जेठ ७, काठमाडौँ । दुनियाकै सम्पन्नशाली तथा सभ्य भनिने मुलुक अमेरिकामा एउटा अन्त्यन्तै दर्दनाक तथा पासविक घटना भएको छ । त्यहाँ एकजना गर्भवती युवतीको हत्या गरी हत्याराहरुले उनको पेटमा रहेको शिशु चोरेका छन् । उक्त घटनामा संलग्न ३ जनालाई पुलिसले पक्राउ गरेको छ । हत्याराहरुमा एकजना महिला, उनकी छोरी र प्रेमी रहेका छन् । शिकागो पुलिसका अनुसार गत अपि्रल...
जेठ ७, काठमाडौँ । पाँचथरको दक्षिण पश्चिमी गाउँ मिक्लाजुङ गाउँपालिकामा ९ जनाको हत्या भएको घटनामा संलग्न रहेको भनी आशंका गरिएका व्यक्ति मृत भेटिएका छन् । घटनास्थलभन्दा करिब डेढ घण्टा पैदल दुरीको लिम्बा गाउँमा उनी झुन्डिएको अवस्थामा फेला परेका हुन् । स्थानीय बासिन्दासँगको कुराकानी र घटनास्थल अवलोकनपछि प्रहरीले हत्यामा संलग्न रहेको शङ्का गरेका व्यक्ति मानबहादुर माखिम झुन्डिएको अवस्थामा मृत फेला परेको...
जेठ ७, मन्थली । नेपाल ट्रेड युनियन कांग्रेस, प्रदेश-३ को बैठक तथा गोष्ठी रामेछापको मन्थलीमा सम्पन्न भएको छ । ...
जेठ ७, काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले दुई मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको घोषणा गरेको छ । राष्ट्रिय टोलीका स्विडिस मुख्य प्रशिक्षक योहान कालिनले सोमबार विराज महर्जनको कप्तानीमा २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । प्रशिक्षक कालिनले दुई साताको प्रारम्भिक चरणको प्रशिक्षणपछि एकैपटक २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । प्रारम्भिक चरणमा ४२...