Monday, September 28, 2026
Home अन्तर्राष्ट्रिय आप्रवासी बालकको अमेरिकी थुनामा मृत्यु

आप्रवासी बालकको अमेरिकी थुनामा मृत्यु

105

एजेन्सी, जेठ ७
वासिङ्टन। संयुक्तराज्य अमेरिकाको टेक्सास राज्यमा अमेरिकी आप्रवासन थुनामा रहेका ग्वाटेमालाका १६ वर्षीय एक बालकको मृत्यु भएको छ ।
अमेरिकी भन्सार तथा सीमा सुरक्षा ९सीबीपी० का अनुसार टेक्सासको हिडाल्गो नजिक गत मे १३ मा अवैध रुपमा प्रवेश गरेका ती किशोरलाई सीमा सुरक्षा निकायले गिरफ्तार गरेको थियो ।नाम नखुलाइएका ती बालकको रियो ग्रान्डे भ्याली सेक्टरको वेस्लाको स्टेशनमा मृत्यु भएको थियो । ती बालकको मृत्यु हुनुको कारण भने खुलेको छैन । गत डिसेम्बरयता अमेरिकी थुनामा मृत्यु हुने यी पाँचौं आप्रबासी बालक हुन् ।-सिन्ह्वा