तीर्थराज बस्नेत ( नयाँ पत्रिका)
जेठ २४, काठमाडौं ।
संरचना निर्माण प्रक्रियामा सरकारी निकायबीच समन्वय नहुँदा काठमाडौंमा बिछ्याइएको मेलम्ची खानेपानी आयोजनाको ३० किलोमिटर पाइप फुटेका छन् । मेलम्ची खानेपानी आयोजना–२ ले पाइप बिछ्याएपछि भएको सडक विस्तार र ढल खन्ने क्रममा बानेश्वर, कालोपुल, बिजेश्वरी, बल्खुलगायत क्षेत्रमा पाइप फुटेका हुन् ।३० किलोमिटर पाइप फुट्दा १६ करोडको क्षति भएको आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख तिरेसप्रसाद खत्रीले बताए ।...
जेठ २४,काठमाडौं । यौन प्राकृतिक कुरा हो भन्ने जान्दा जान्दै यसको प्राकृतिक नियम विपरीत जाँदा मानिसको जीवन आनन्दमय हुनुको साटो कष्टसाध्य हुने मात्र हैन मृत्युका मुखमा समेत पुग्दछ । भारतमा यस्तै एउटा घटना घटेको छ । भारतको गुजरातका २६ वर्षिया किशोर गुप्ताले यौन उत्तेजना बढाउने ‘पावर सेक्स’ नामक औषधि सेवन गरेर आफ्नी केटी साथी नितासंग यौन सम्पर्क गर्दा उनको...
जेठ २४,
काठमाडौं । कैलाली र कञ्चनपुरमा आएको हावाहुरीमा ज्यान गुमाउनेको संख्या २ पुगेको छ भने सय जना भन्दा बढि घाइते भएका छन् । हावाहुरीबाट गोदावरी नगरपालिका, कैलालीका वीरबहादुर चौधरीको ज्यान गएको प्रहरीले जनाएको छ । त्यस्तै, टीकापुरमा पोल्ट्री फर्मको वाल भत्किँदा लहानु चौधरीको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार हावाहुरीका कारण कैलालीमा मात्रै सय जना भन्दा बढि...
नयाँ पत्रिका दैनिक
जेठ २४, काठमाडौं । पियनको पेन्सन खाने सर्वसाधारणको वृद्धभत्ता रोकिन्छ, तर संवैधानिक आयोगका पदाधिकारीले कुन नैतिकतामा दोहोरो सुविधा लिन्छन् ?
संविधान भन्छ– उच्च नैतिक चरित्र भएका व्यक्ति संवैधानिक निकायको पदाधिकारी बन्न सक्नेछन्
स्वच्छ छवि र उच्च नैतिकता भएका व्यक्तिहरू नै संवैधानिक निकायको पदाधिकारी बन्ने अपेक्षा संविधानले गरेको छ । त्यही संविधानअन्तर्गत नियुक्त भएका पदाधिकारीहरूले तलब र पेन्सनमा दोहोरो सुविधा लिइरहेका...
जेठ २३,
काठमाडौं । डिएआर मुभिजको प्रस्तुतिमा लोक दोहोरी गायक तथा संचारकर्मि शरण हुमागाईं र सपना गुरुङ्गको स्वरमा हाँस्ने खेल्ने बोलको गित बजारमा आएकोे छ । हेरुका लामाको नृत्य निर्देशन रहेको गीतको भिडियोमा स्वयंम हेरुका लामा र आयुष्मा कार्कीको अभिनय रहेको छ । दृश्य छायाँकन र ड्रोन रोनिश तामाङको रहेको छ । म्युजिक भिडियोको सम्पादन नविन भट्टले गरेका छन् ।https://www.youtube.com/watch?v=1py16-gNfgE
कला...
जेठ २३, भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले आफ्नो नगरपालिकाभित्रका सामुदायिक एवं संस्थागत विद्यालयमा यही जेठ २५ गतेदेखि स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ । नगरपालिकाले नगरक्षेत्रका १८ वटा सामुदायिक र ५२ वटा संस्थागत गरी कूल ७० वटा विद्यालयमा तयार पारेको ‘मध्यपुरथिमि म्हसिका’ अर्थात् मध्यपुरथिमिको ‘परिचय’ नामक स्थानीय पाठ्यक्रम लागू गर्ने भएको नगर प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए ।आगामी २५ गते...
-रमेश गिरी “आशा”तिमीलाई पाउन मैले
आफन्तहरु नासेको छु
मुटु भरि तिम्रो तस्विर
सधै मैले टाँसेको छु ।थुप्रै उकाली ओराली
काट्नु पर्छ जीवनमा
परिस्थितिसँग लड्दै
पाईला बढाई रहेकै छुु ।तिम्रै निम्ति थुप्रै सपना
मैले साँचेर राखेको छु
तिम्रै विश्वासमा रम्दै
मैले इच्छाहरु गाँसेको छु ।वेहोसी मै थिएँ क्यारे,
तिमीसँग नाता गाँसेको छु
वेहोसी मै थिएँ क्यारे,
तिमीसँग नाता गाँसेको छु ।
...
जेठ २३
काठमाडौं । कांग्रेस नेता डा। शेखर कोइरालाले कांग्रेस छाडेर अन्य पार्टीमा गएकालाई कांग्रेसमै फर्कन आग्रह गरेका गरेका छन् । कम्युनिस्टहरुले देश कब्जा गर्न लागेको भन्दै कोइरालाले प्रजातन्त्रका लागि लडेका सबैलाई पुराना कुरा बिर्सेर पार्टीमा फर्कन आग्रह गरे । उनले विगतमा भएका भेदभाव र पार्टीमा मूल्यांकन नहुने परिपाटीले धेरैमा असन्तुष्टि बढेको स्वीकार्दै आइन्दा त्यस्तो नहुने भन्दै आस्वस्त...
जेठ २३,
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४ दशमलव ६९ अंकले घटेर १ हजार २ सय ८४ दशमलव ५९ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । होटल डेभलपमेन्ट बैंक,फाइनान्स, अन्य र म्युचल फण्ड बाहेक सबै उपसुचक घटेका छन् । यसदिन नेप्से सबैभन्दा उच्च बिन्दु १२९६ दशमलव ८० मा पुगेको थियो भने न्युुन बिन्दु १२८४ दशमलव ५९ मा पुगेको...
एजेन्सी, जेठ २३,
वासिङ्टन । अमेरिकी सीमा सुरक्षा अधिकारीहरुले गत मे महिनामा मात्र मेक्सिकोको सीमाबाट अमेरिका प्रवेश गर्न चाहने एक लाख ३० हजारलाई सीमा क्षेत्रमा पक्राउ गरेका छन् । विगत १३ वर्षमा दक्षिणी सीमामा एकै महिनामा आप्रवासी पक्राउ परेको यो सबैभन्दा ठूलो संख्या हो । अमेरिकी भन्सार तथा सीमा सुरक्षा निकायका अनुसार पक्राउ परेकामध्ये परिवारसँगै अमेरिका प्रवेश गर्न चाहने ८४...










