कविताः तिमीलाई

80

-रमेश गिरी “आशा”

तिमीलाई पाउन मैले
आफन्तहरु नासेको छु
मुटु भरि तिम्रो तस्विर
सधै मैले टाँसेको छु ।

थुप्रै उकाली ओराली
काट्नु पर्छ जीवनमा
परिस्थितिसँग लड्दै
पाईला बढाई रहेकै छुु ।

तिम्रै निम्ति थुप्रै सपना
मैले साँचेर राखेको छु
तिम्रै विश्वासमा रम्दै
मैले इच्छाहरु गाँसेको छु ।

वेहोसी मै थिएँ क्यारे,
तिमीसँग नाता गाँसेको छु
वेहोसी मै थिएँ क्यारे,
तिमीसँग नाता गाँसेको छु ।
                        भक्तपुर, सिरुटार

गिरी पत्रकारीता र साहित्य क्षेत्रमा सक्रिय हुनुहुन्छ ।