आजको मौसमः मेघगर्जन सहित वर्षा हुने

92

जेठ २६, काठमाडौं । आइतबार देशका पूर्वी तथा मध्य भू–भाग लगायत पश्चिमी पहाडी भू–भागहरुमा सामान्य वदली रहने र बाँकी भागहरुमा आंशिक वदली रहने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका पुर्वी तथा मध्य भु–भागका केही र पश्चिमी पहाडी भु–भागका थोेरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ ।

त्यस्तै रातिको देशका पूर्वी तथा मध्य भू–भाग लगायत पश्चिमी पहाडी भू–भागहरुमा सामान्य वदली रहने र बाँकी भागहरुमा आंशिक वदली रहने सम्भावना छ । देशका पुर्वी तथा मध्य भु–भागका केही र पश्चिमी पहाडी भु–भागका थोेरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ ।