काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आइतबारको स्थायी कमिटी बैठकमा प्रस्तुत गरेको विचारको अंशमा भनिएको छ खुमलटारबाट फलानो एमालेमा जाँदैछ भनेर शुरु गरिएको प्रचारबाजीलाई बालुवाटार पुगेपछि तीव्रता दिइयो । उक्त प्रचारबाजीलाई मद्दत पुग्ने गरी पोखरामा आइपुग्दा मूल नेतृत्वले नै पार्टी फुटतर्फ उन्मूख छ, कसलाई साथ भन्दै कार्यक्रम हलमा हुटिङ गराएपछि सुन्नेहरुलाई पार्टी फुट्ने पक्कापक्की भयो भन्ने लाग्यो...
काठमाडौं । प्रह्रीले जुवातास खेलिरहेको अवस्थामा चर्चित हास्यश्रृंखला ‘सक्किगो नि’का कलाकार पुरुषोत्तम आचार्यसहित ११ जना पक्राउ परेका छन् । उनले यो टिभी सिरियलमा प्रहरी इन्सपेक्टरको भूमिका निर्वाह गर्दै आएका छन् । काठमाडौं महानगरपालिका–८, गौरीघाटबाट उनीहरूलाई शनिबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतले बताए । उनीहरूलाई प्रहरी वृत्त गौशालामा राखिएको छ ।पक्राउ पर्नेहरुमा एमालेका नेता तथा कोशी...
काठमाडौं । कृष्ण जन्माष्टमीको अवसर पारेर आगामी भदौ ७ गतेबाट अर्को महिलाप्रधान फिल्म ‘सतीदेवी’ प्रदर्शनमा आउँदैछ । फर्स्टलुक पोस्टरबाटै चर्चामा रहेको फिल्मको अघिल्लो साता सार्वजनिक गरिएको ट्रेलरले सशक्त दृश्यभाषाको छनक दिएको छ । छोरीको संघर्षलाई दर्शाइएको ट्रेलर हेरेपछि दर्शकमा फिल्मप्रति चासो बढेको देखिन्छ । यसैले ट्रेलर युट्युबको ट्रेन्डिङमा समेत परेको छ । फिल्मतर्फ युट्युब ट्रेन्डिङको चौंथो स्थानमा रहेको ट्रेलरलाई...
काठमाडौं । सेयर बजारमा कारोबार रकममा नयाँ रेकर्ड बनेको छ । साताको पहिलो दिन आइतबार कुल २५ अर्ब ७७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि २२ साउनमा बनेको २३ अर्ब ७१ करोडको रेकर्ड ५ दिनमै तोडिएको हो ।कारोबार मात्रै नभई बजारको परिसूचक नेप्सेले २८०० अंक नाघेको छ । लगानीकर्ताले २८ सय अंकलाई प्रतिरोधकका रुपमा बुझ्दै...
काठमाडौं । यति बेला संघीय राजधानीमा नेकपा (माओवादी केन्द्र) पार्टीको स्थायी कमिटी बैठक चलिरहेको छ । बैठकमा पार्टीका उपमहासचिव जनार्दन शर्माले अब पार्टी पतन हुन लागेको संकेत गरेका छन् । पार्टी बैठकमा उनले प्रस्तुत गरेको प्रतिविेदनलाई आधार मान्ने हो भने पार्टीको अध्यक्ष प्रचण्डलाई नेतृत्व छोड्न भनेका छन् । शर्माले तीन वटा प्रस्ताव अघि सारेका छन् । उनले नेतृत्व हस्तान्तरण,...
काठमाडौ । विश्व हिन्दु महासंघ केन्द्रीय समितिले हिन्दु माथिको दमन बन्द गर्न भन्दै नेपालका लागि बंगलादेशका राजदुतलाई ज्ञापनपत्र बुझाएको छ ।
यस्तो छ ज्ञापनपत्रमिति : २०८१ साउन २५
महामहिम राजदूतज्यू,
नेपालका लागि बंगलादेशको राजदूताबास, काठमाडौं ।विषय : ज्ञापनपत्र ।महोदय,
उपर्युक्त सम्बन्धमा अहिले बंगलादेशमा भइरहेको राजनीतिक उतारचढाव र त्यसका आडमा भइरहेका अराजनीतिक, अमानवीय गतिविधिहरुले यस विश्व हिन्दु महासंघ केन्द्रीय समिति लगायत...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालहरूमा उपचारका लागि बिरामी लाइन लाग्ने अवस्थाको अन्त्य गराउने विषयमा चासो दिएका छन् । स्वास्थ्य क्षेत्रका समस्या, समाधानका उपाय र तत्काल गर्न सकिने सुधारका विषयमा बिहीबार साँझ सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले बिरामीलाई बिनालाइन र भञ्झट सहजरुपमा उपचार सेवा दिने प्रबन्ध गर्न के गर्नुपर्छ भनेर सोधेका हुन् ।प्रधानमन्त्री ओलीले चिकित्सक र स्वास्थ्यकर्मीलाई उचित...
काठमाडौं । कर्तब्य ज्यान मुद्दाका फरार प्रतिवादी रामेछाप दोरम्बा शैलुङ गाउँपालिका-३ बस्ने १९ वर्षीय रूजन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
रामेछाप दोरम्बा शैलुङ गाउँपालिका-३ घर भएका ४१ वर्षीय गणेश पाठक सोही गाउँपालिका-३ स्थित सल्यानी भीरमा २०८० असार २० गते मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा वारदात पश्चात फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान...
काठमाडौं । नेपाल प्रहरीले अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ गरेको छ । धनुषा, औरही गाउँपालिका-५ हरूसाहा चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ५३ ग्राम ५ सय मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा विदेह नगरपालिका-७ लवटोली बस्ने २५ वर्षीय रोशन मण्डल र २५ वर्षीय रंजित मण्डल रहेका...
भक्तपुर । भक्तपुरमा रणकालीन अवस्थामा ठुलो संर्घषका बाबजुद विसं १९८१ श्री पद्म माध्यमिक विद्यालय खुलेको थियो । शिक्षा विकासलाई मध्यनजर गर्दै खुलेको यो विद्यालय भक्तपुरको नै पहिलो विद्यालय हो । श्री पद्मको स्थापना चन्द्रशमशेरको पालामा ‘भादगाउँ अङ्ग्रेजी विद्यालय’ का नामले भएको थियो। समाजसेवी जगबहादुर अमात्य र पण्डित शिवप्रसाद मिश्रले दुई कक्षासम्म सञ्चालन गरेका थिए। प्रारम्भिक चरणमै अङ्ग्रेजी शिक्षा भित्र्याउने...








