Home Blog Page 151
भक्तपुर । भक्तपुरका पाँच विद्यालयको शैक्षिक सुधारका लागि काठमाडौँ विश्वविद्यालयले साथ दिने भएको छ । विद्यालय शिक्षालाई व्यवस्थित र प्रभावकारी बनाउन फोर एस एजुकेटर्स र काठमाडौँ विश्वविद्यालयबिच सहकार्य भएको छ । एक्काइसौँ शताब्दीको प्रगतिशील सोचको व्यावहारिक तथा जीवनोपयोगी शिक्षा विद्यार्थीहरूलाई प्रदान गर्ने उदेश्यले सहकार्य गरिएको हो । पाठ्यक्रमको मूलभूत उद्देश्य र मर्म नबुझे सार्थक शिक्षा नहुने भन्दै दुई पक्षबिच...
काठमाडौं । अभिनेता रमित ढुंगानाले आफ्नो डेब्यु निर्देशनमा देशका शीर्ष नेताहरुलाई अभिनय गराएर फिल्म ‘नमेटिने घाउ’ तयार पारेका छन् । आगामी भदौ ७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्ममा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री माधव नेपाल, पूर्व शिक्षा मन्त्री देवेन्द्र पौडेल र राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले अभिनय गरेका छन् । तर, उनीहरुको फिल्ममा केमियो मात्र छ । प्रदर्शनका...
काठमाडौं । लुम्बिनी प्रदेश सभामा नेपाली कांग्रेस पार्टीभित्र किचलो बढेको छ । कांग्रेसका तर्फबाट प्रमुख सचेतक रहेका जन्मजय तिमिल्सिनाले पदबाट राजीनामा दिएका छन्। नेपाली कांग्रेस लुम्बिनी प्रदेशका संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले २०७९ फागुन १३ गते तिमिल्सिनालाई प्रमुख सचेतकमा नियुक्ति गरेका थिए। प्रदेश सरकार गठनपछि असन्तुष्ट रहेका तिमिल्सिनाले यही साउन २१ गते प्रमुख सचेतकबाट राजीनामा दिएका हुन्।पार्टीभित्र संस्थापन पक्षका...
काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को २०८१ साउन २२ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका प्रहरी अतिरिक्त महानिरीक्षक रामदत्त जोशी दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित एक समारोहबीच उहाँलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो । साथै नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको २०८१ जेठ १३...
काठमाडौं । श्री एयरलाइन्सले विमानका केही यात्रुबीच विवाद भएपछि धावनमार्गबाट विमान फर्काएर जानकारी दिएको छ । श्री एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरका अनुसार विमानका केही यात्रुबीच विवाद भएपछि विमान फर्काएर अहिले सुर्खेत उडानको तयारीमा रहेको छ ।“प्राविधिक समस्याका कारण होइन, यात्रीबीचको विवादले होहल्ला भएपछि पाइलटले विमान फर्काएका हुन्”, उनले भने, “नागरिक उड्डयनको मापदण्डअनुरुप यात्रीबीच विवाद भएपछि अर्को प्रक्रिया पुर्याएर...
काठमाडौं । बागमती प्रदेश सरकारलाई सेभ द चिल्ड्रेनले ग्लोबल फण्ड अनुदान अन्तर्गत नवनिर्मित अत्याधुनिक स्वास्थ्य सामग्री भण्डारण भवन हस्तान्तरण गरेको छ। सेभ द चिल्ड्रेनले बागमती प्रदेश सरकारलाई बिहीबार हेटौंडामा आयोजित एक कार्यक्रमबीच औपचारिक रूपमा हस्तान्तरण गरेको जानकारी दिएको छ। करिब ३ करोड २८ लाख रुपैयाँमा उक्त भवन निर्माण भएको हो। हस्तान्तरण कार्यक्रममा बोल्दै बागमती प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री किरण...
आफू लामो समय पार्टीको नेतृत्वमा नबस्ने तर पार्टी बलियो बनाउने दाहालको प्रतिबद्धता तर नेतृत्व हस्तान्तरणमा पदाधिकारीबाटै संशयकाठमाडौँ । माओवादी केन्द्रको शुक्रबार सुरु हुने स्थायी समिति र त्यसपछि हुने केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पार्टी नेताहरूबाट दर्जनौं प्रश्न सामना गर्नुपर्ने भएको छ । ३६ वर्षदेखि पार्टीको मुख्य नेतृत्वमा रहेका उनीमाथि सत्ता मोहका कारण पटकपटक गठबन्धन फेरेको, पार्टीमा सामूहिक निर्णय नगरेको,...
बर्दिया । सर्पको टोकाइबाट एकै दिन दुई बालबालिकाको मृत्यु भएको छ । गुलरिया नगरपालिका–१ निवासी नौ महिनाको बालक मायरा चौधरी र सोही वडाकी ११ वर्षीया सोनिमा चौधरीको सर्पको डसाइबाट मृत्यु भएको हो । मधुवन नगरपालिकाकी छ वर्षीया रिया चौधरी घाइते भएकी छन् । घरमा आमासँगै सुतिरहेका नौ महिने बालकको बायाँ खुट्टाको पैतलामा पहिचान नखुलेको सर्पले डसेको र ११ वर्षीया...
काठमाडौं । अमेरिकी डलरको मूल्यले नयाँ उचाइ कायम गरेको छ । लगातार रेकर्ड ब्रेक गरिरहेको डलरको मूल्यले बिहीबार पनि अघिल्लो दिनको रेकर्ड ब्रेक गरेको हो । नेपाल राष्ट्र बैङ्कले बिहीबार सार्वजनिक गरेको विदेशी मुद्रा विनिमय दर अनुसार एक डलरको मूल्य बिक्रीदरतर्फ १३४ रुपियाँ ६४ पैसामा कारोबार भएको छ भने खरिददर पनि १३४ रुपियाँ ०४ पैसामा कारोबार भएको छ...
काठमाडौं । आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरी मनाइँदैछ। प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्वमा नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने र अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक विश्वास छ। नाग पूजाको प्रचलन वैदिक कालदेखि नै सुरु भएको हो। वैदिक मान्यतानुसार नागलाई सर्पको राजा...