काठमाडौं । वैज्ञानिकहरुले मंगल ग्रहमा पानी हुनसक्ने भन्दै लामो समयदेखि अनुसन्धान जारी राखेका थिए । हालै मंगल ग्रहको चट्टानको गहिराइमा तरल पानीको भण्डार भेटिएको वैज्ञानिकहरुले पुष्टि गरेका छन् । मंगल ग्रहको चट्टानी बाहिरी क्रस्टको गहिराइमा वैज्ञानिकहरुले पानीको भण्डार फेला पारेका हुन् ।ल्यान्डरले सिस्मोमिटर बोकेको थियो । यसले मंगलग्रहको गहिराइबाट चार वर्षको कम्पन अर्थात् भूकम्पहरू रेकर्ड गरेको थियो ।...
काठमाडौं । आज मंगलबार गणेश भगवानको बार हो। धार्मिक परम्पराअनुसार भगवान गणेशलाई सबै भन्दा उत्कृष्ट देवताको रुपमा पुज्ने चलन रहेको छ। हरेक व्यक्तिले पूजाआरधना गर्दा सबैभन्दा पहिले भगवान गणेशको पूजा गर्ने चलन रहेको छ। गणेश भगवानलाई सिद्धी दिने वीर भगवानको रुपमासमेत लिने भएकाले गणेश भगवानको नाममा व्रत बस्ने, मन्दिर धाउने गर्छन्। मंगलग्रहलाई समस्या निर्मानायकको रुपमा लिने भएकाले मंगलग्रहको खराब...
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा, मौसम पूर्वानुमान बुलेटिन अनुसार आजको मौसम यस्तो हुने पूर्वानुमान गरिएको छ । मौसम विश्लेषण (Meteorological Analysis): हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । हाल मौसमको अवस्था (Present Weather Status):हाल देशभर साधारणतया बदली रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी...
काठमाडौं । शेयर बजारमा एकैदिन २७ अर्ब २४ करोड रूपैयाँको कारोबार भएको छ। यो ऐतिहासिक उच्च कारोबार हो। हालसम्म बजारमा यो दरमा कारोबार भएको छैन। आइतबार पनि नेप्सेमा एकैदिन २५ अर्ब ७७ करोड रूपैयाँको कारोबार भएर रेकर्ड बनेको थियो। नेप्से परिसूचक पनि करिब ३१ महिनाको उच्च विन्दुमा आइपुगेको छ। नेप्से परिसूचक ७०.६७ अंकले बढेर २९३१.५२ विन्दुमा आएको छ। यसअघि...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल क्रसर तथा खानी उद्योग व्यावसायी महासङ्घले आफ्ना उद्योगहरुको नवीकरणमा उत्पन्न समस्याबारे आज ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा महासङ्घका अध्यक्ष सीताराम न्यौपानेसहितका प्रतिनिधिले दर्ता भएको सात सय क्रसर तथा बालुवा उद्योगहरुलाई विगतकै मापदण्डका आधारमा नवीकरण गराउन माग गरेका हुन् । वातावरणसम्बन्धी मापदण्ड, २०५४ र उद्योगका लागि दूरीसम्बन्धी मापदण्ड, २०७१ का आधारमा...
काठमाडौं। युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले राष्ट्रिय युवा नीति, २०८१ भदौ महिनाभित्रै जारी हुने बताएका छन् । सोमबार अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । मन्त्री चौधरीले भने, 'निकट भविष्यमै राष्ट्रिय युवा नीति, २०८१ जारी गर्ने प्रतिवद्धता व्यक्त गर्दछु । सकेसम्म भदौ महिनाभित्रै ल्याउने जाजकारी म तपाईंहरलाई गराउन चाहन्छु ।' उनले स्वस्थ, कर्मठ...
काठमाडौं । १८ वर्ष अगाडी श्रीमान बितेकी सुशीला मल्ल एक युवकको प्रेममा परेकी थिइन् । उमेर ४९ वर्षकी मल्ल आफुभन्दा २६ वर्ष कान्छो युवक प्रेम मल्लसंग माया प्रेममा थिइन् । नेपाल प्रहरीका अनुसार तीन जना छोराकी आमा सुशिलाका प्रेमी प्रेम भर्खर २३ वर्ष मात्र पुगेका छन् । एकल महिला उनी माताको नामले समेत परिचित थिइन् । साउन २१ गते...
काठमाडौं । नेपाली कांग्रेसमा विगतदेखि नै ६०/४० भागबण्डाको प्रथा हालसम्म पनि कायम छ । केन्द्र, प्रदेश र जिल्लामा यहिँ रोगले कांग्रेस बिरामी हुन थालिसकेको छ । पछिल्लो सत्ता सकिकरणपछि संघीय सरकार मात्रै होइन प्रदेशमापनि नेकपा एमाले र कांग्रेसको गठबन्धन छ । जस अनुसार गण्डकी, बागमती र सुदुरपश्चिम प्रदेशमा कांग्रेसको सरकार छ । कर्णाली, लुम्बिनी र कोशीमा एमाले नेतृत्वको सरकार...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीले आज सिंहदरबारमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ । भेटका अवसरमा दुई पक्षीय र मित्रवत सम्बन्धलाई अझै मजबुत बनाउने बारेमा छलफल भएको छ । भेटमा परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साललगायत सहभागी हुनुहुन्थ्यो ।
सुनसरी । इटहरी उपमहानगरपालिका पचरूखी बस्ने नबराज लुईटेलकी छोरी १८ महिनाकी आईन्सु लुइटेलको हत्या गरेको अभियोगमा नबराजका भाई ३० वर्षीय सालिग्राम लुईटेललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सालिग्रामले आईन्सुको हत्या गरेको भन्ने सूचना आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।










