Sunday, September 27, 2026
Home समाचार जुतावास खेल्दै गर्दा कलाकार आचार्य र एमालेका केही नेता पक्राउ

जुतावास खेल्दै गर्दा कलाकार आचार्य र एमालेका केही नेता पक्राउ

67

काठमाडौं । प्रह्रीले जुवातास खेलिरहेको अवस्थामा चर्चित हास्यश्रृंखला ‘सक्किगो नि’का कलाकार पुरुषोत्तम आचार्यसहित ११ जना पक्राउ परेका छन् । उनले यो टिभी सिरियलमा प्रहरी इन्सपेक्टरको भूमिका निर्वाह गर्दै आएका छन् । काठमाडौं महानगरपालिका–८, गौरीघाटबाट उनीहरूलाई शनिबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतले बताए । उनीहरूलाई प्रहरी वृत्त गौशालामा राखिएको छ ।

पक्राउ पर्नेहरुमा एमालेका नेता तथा कोशी प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारी, एमालेकै कोशी प्रदेश कमिटी सचिवालय सदस्य महेश किराती, एमालेका सोलुखुम्बु जिल्ला कमिटी सदस्य तथा सोताङ गाउँपालिकाका पूवअध्यक्ष बीरबहादुर राई, उत्तमकुमार राई, अनिश तामाङ, दीपक खड्का, भीमबहादुर साम्बाहाङ्फे, रवि श्रेष्ठ र राजु महत छन। ।काभ्रेको बनेपा नगरपालिका-१२ का ४१ वर्षीय राजु महतको गौरीघाटस्थित कोठामा उनीहरू जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेको प्रहरीले जनाएको छ । आइतबार सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइने प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरुको साथबाट नगद एक लाख ७० हजार रुपैयाँ र १६ बुक तास पनि बरामद गरेको छ ।