Wednesday, July 22, 2026
Home Blog Page 1496
असार ६, चितवन । झापाको विर्तामोडस्थित देवी माध्यमिक विद्यालयमा नर्सिङ सेवा शुरु भएपछि छात्राहरुलाई महिनावारीका बेला स्वास्थ्य परामर्श लिन सुविधा भएको छ । १ नं प्रदेश सरकारले प्रदेशका हरेक जिल्लाको एक सामुदायिक विद्यालयमा नमूना नर्सिङ सेवा सञ्चालन गर्ने कार्यक्रमअन्तर्गत ‘नर्सिङ गुरुआमा’को रुपमा स्टाफ नर्स प्रतिभा थापाले गत चैतदेखि देवी माध्यमिक विद्यालयमा नियमित सेवा शुरु गर्नुभएको हो । उहाँलाई विद्यार्थी र...
असार ६, काठमाडौँ । एन आई सी एशिया बैंक लिमिटेडले बैंकको जुनसुकै शाखाको काउण्टरबाट आफ्नो ईसेवाको खातामा रकम सिधै जम्मा गर्ने नयाँ सुबिधा ल्याएको छ । हाल ग्राहकहरूले आफ्नो मोवाइल बैंकिङ्ग वा ई–बैंकिङ्गबाट मात्र रकम जम्मा गर्न सक्ने प्रावधान रहेको थियो ।तर अब ईसेवा काउन्टर डिपोजिटको सेवाबाट पनि ईसेवाको एजेन्ट तथा ग्राहकहरूले आफूलाई पायक पर्ने यस बैंकको जुनसुकै शाखामा...
असार ६, काठमाडौँ । प्रधानमन्त्री केपीशर्मा ओलीले अस्वस्थ्य मानसिकताबाट बच्न सबैले योग गर्नु पर्ने बताएका छन् । लोभ मोह र क्रोधबाट मानिसले मुक्त हुनका लागि योग र नियमित ध्यान गर्नु उपयुक्त हुने बताएका छन्। अन्तराष्ट्रिय योग दिवसको अवसरमा आज राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले समय निकालेर हरेक मानिसले दैनिक रुपमा...
असार ६, काठमाडौँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गुठी विधेयकविरुद्ध माइतीघर मण्डलामा भएको विशाल प्रदर्शनको संकेत बुझ्न सरकारलाई आग्रह गरेका छन् । माइतीघरमा ससुराली खलकले अगुल्टो उचालेको भन्दै उनले सतर्क रहन ज्वाइँमन्त्रीलाई आग्रह गरेका छन् । शुक्रबार संसदमा बोल्दै भट्टराईले भने, ‘हामी खस आर्य समुदायल, हामीले एउटा उखान बनाएका छौं, ज्वाई न स्वाई अगुल्टाले च्वाईँ । अस्ति माइतीघर मण्डलामा...
एजेन्सी, असार ६, काठमाडौँ । बलिउडका चर्चित नायक अभिताभ बच्चन अहिले नयाँ चलचित्र ‘गुलाबो सिताबो’को छायांकनमा व्यस्त छन् । यो चलचित्रलाई सुजित सरकारले निर्देशन गरिरहेका छन् । चलचित्रको काम भैरहँदा यसको निर्माणपक्षले नायक बच्चनको लुक्स सार्वजनिक गरेको छ ।सार्वजनिक तस्विर हेर्दा जो कोहीलाई पनि अभिताभलाई चिन्न गाह्रो हुन्छ । लामो र सेतो दाह्री, आखाँमा गोलो चश्मा, गलबन्दी ओडेको तस्वीरमा...
असार ६, जनकपुरधाम । उपप्रधान तथा स्वास्थ्य एवं जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले स्वस्थ, समृद्ध एवं सुसंस्कृतिपूर्ण समाज निर्माणका लागि योगाभ्यास अपरिहार्य भएको बताउनुभएको छ । पाँचौँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा आज पतञ्जलि योगपीठ नेपाल, वृहत्तर जनकपुर विकास क्षेत्र, भारतीय दूतावास, जानकी मन्दिर र पतञ्जली योगपीठ प्रदेश नं २ समितिद्वारा जानकी मन्दिर परिसरमा आयोजित योग शिविरमा उहाँले सो कुरा बताउनुभएको हो ।तनावका...
एजेन्सी, असार ६, काठमाडौँ । नेपालका लेग स्पिनर सन्दीप लामिछाने र सोमपाल कामीले ग्लोबल टी–२० क्यानडा प्रिमियर लिग खेल्ने भएका छन् । बिहिबार राति भएको ड्राफ्टमा सन्दीपलाई टोरन्टो नेशनल टिमले अनुबन्ध गरेको हो ।सन्दीपलाई टोरन्टोले ६० हजार अमेरिकी डलर खर्चिएको छ । सन्दीपको टोलीका भारतका चर्चित क्रिकेटर युवराज सिंह लगायत खेलाडी छन् । सन्दीपले गतबर्ष पनि ग्लोबल टी–२० क्यानडा प्रिमियर...
एजेन्सी, असार ६, काठमाडौँ । फिल्म कबिर सिंहमा रिसाहा जँड्याहा डाक्टरको भूमिका निभाएका छन् । कबिर सिंहलाई शाहिदको करियरको महत्वपूर्ण फिल्मको रुपमा हेरिएको छ । बलिउडका चर्चित कास्टिङ डायरेक्टरले पनि फिल्मलाई शाहिदको करियरको सबैभन्दा उत्कृष्ट फिल्म बताएका छन् । यस्तोमा उनका प्रशंसक फिल्मका लागि उत्साहित छन् ।https://www.instagram.com/p/BykkIVUnGop/?utm_source=ig_embed शाहिद कपुरले हालै आफ्ना केही फिल्म समयको बर्बादी मात्र भएको बताउँदै ती कहिले पनि...
एजेन्सी, असार ६, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानले भयङ्कर गल्ती गरेको तर त्यो अन्जानमा भएको हुनसक्ने टिप्पणी गरेका छन्। उनले ड्रोन खसाल्ने काम शायद केन्द्रीय आदेश बिना कोही मूर्खले गरेको हुन सक्ने सङ्केत गरे। तर उनले त्यो काम ठूलो गल्ती भएको दोहोर्‍याएका छन्।मानवरहित उक्त ड्रोन विमान आफ्नो हवाई क्षेत्रमा आएकाले खसालिएको इरानको भनाइ छ। उसले सो ड्रोनका टुक्रा...
असार ६, काठमाडौँ । हालका दिनमा मुटुरोग विश्वकै लागि जटिल समस्या बनेको छ । खराब जीवनशैली, अस्वस्थ खानपान, वातावरण प्रदूषण आदि कारणले गर्दा अधिकांश मानिस मुटुसम्बन्धी समस्याबाट पीडित भएको पाइन्छ । पछिल्लो समय बच्चाहरू आमाकै पेटबाट मुटुरोग लिएर आएका हुन्छन् । समय नपुग्दै जन्मिने बच्चामा मुटुरोगको सम्भावना बढी हुने गर्छ । प्रत्येक सयजनामध्ये एकजनालाई जन्मजातैै मुटुरोग लाग्ने गरेको तथ्यांक छ । जन्मजात मुटुरोगको कारण वंशाणुगत...