असार ६,
महोत्तरी । महोत्तरी जिल्लाका बस्ती–बस्तीमा वन्यजन्तुको हर्कत (ओ¥याँइ) ले सर्वसाधारण आजित भएका छन् । जिल्लाको उत्तरी क्षेत्रमा हात्ती र दक्षिणी क्षेत्रमा बँदेल र नीलगाईको हर्कतले सर्वसाधारण आजित भएका हुन् । बस्ती पसेका जङ्गली हात्तीको समूहले पछिल्लो एक साताभित्रै बर्दिवास नगरपालिकाका बस्तीमा १० भन्दा बढी घर भत्काइसकेको छ । बर्दिवास ३, ४, ५ र ८ नं वडामा हात्तीको बिग्याइँ...
असार ६,
काठमाडौँ । रसुवाको निर्माणाधीन रसुवागढी जलविद्युत आयोजनाको सुरूङमा गए राती सुख्खा पहिरोका कारण थुनिएका सबै कामदारलाई सकुशल उद्धार गरिएको छ । नेपाल प्रहरी, सेना र सशस्त्र प्रहरीको टोलीले शुक्रबार बिहान ७ बजेसम्म ११ जना नेपाली र ६ जना चिनियाँ कामदारलाई सुरुङबाट सुरक्षित बाहिर निकालिएको जिल्ला प्रहरी कार्यालय रसुवाका डिएसपी भागेन्द्रप्रसाद ढकालले जानकारी दिनुभयो ।उहाँले सुरुङ्ग बाहिर भीरबाट पहिरो...
अन्नपूर्ण पोष्ट
असार ६, काठमाडौं । ‘पशुपतिको मूल ढुकुटी खोल्नुपर्यो। यसलाई बन्द गरी राख्नुभएन’, सांसद खिमलाल भट्टराईले भने, ‘यसभित्र के छ रु भएको सम्पत्ति सबै खरानी भयो कि बाँकी छ ? हेरांै त।’ राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति बैठकमा बिहीबार उनले राजनीतिक सहमति गरेर वा कानुनै बनाउनुपर्ने भए बनाएर पनि मूल ढुकुटी खोल्नुपर्ने बताए। उनी राष्ट्रियसभामा सत्तारुढ दलका...
नयाँ पत्रिका दैनिक
असार ६, काठमाडौं । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत खाद्य अनुगमन तथा परीक्षणका लागि चारवटा मोबाइल भ्यान प्रयोगशाला खरिद गर्दा २४ करोडभन्दा धेरै भ्रष्टाचार भएको छ । सम्झौताभन्दा कमसल प्रयोगशाला खरिद गरेर भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहसचिवसहित १३ जनाविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
विभागले खाद्य गुणस्तरको अनुगमन प्रभावकारी बनाउन भन्दै प्रधानमन्त्री कृषि आधुनिकीकरण...
नयाँ पत्रिका दैनिक
असार ६, काठमाडौं । सत्तारुढ नेकपामा मन्त्रिपरिषद् हेरफेरको बहस सुरु भएको छ । आर्थिक वर्ष ०७६र७७ को बजेट पारित भएपछि मन्त्रिपरिषद् पुनर्गठन गर्ने विकल्पमा प्रधानमन्त्री तथा अध्यक्ष ओलीसँग छलफल भएको अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुष्टि गरेका छन् । पोखरा पुगेर अध्यक्ष प्रचण्डले मन्त्रीहरूको जिम्मेवारी फेरिनेबारे बोलेका हुन् । उनले १८ जेठमा विराटनगर विमानस्थलमा पनि पत्रकारहरूसँग कुरा...
असार ६, हुम्ला । कर्णाली नदीमा जिप खसेर बेपत्ता भएकाहरू तीन दिनसम्म पनि फेला नपरेपछि आफन्तले परालको पुत्ला बनाई दाहसंस्कार गरेका छन् । खार्पुनाथ गाउँपालिका उपाध्यक्ष सिन्धु हमाल शाहीसँगै ७ जनाको बिहीबार कर्णालीको खापुदोभान र प्युसनिवासी कौरा दमाई र दुई वर्षीय छोराको गोग्चेगौंडामा दाहसंस्कार गरिएको छ । ‘तीन दिनसम्म खोज्दा लास भेटिने आस मरेपछि हिन्दु परम्पराअनुसार परालको पुत्ला...
नयाँ पत्रिका दैनिक
असार ६, पोखरा । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् छिट्टै हेरफेर हुने बताएका छन् । उनले सरकारले जनजीविका सहज नबनाएको र अपेक्षित परिणाम दिन नसकेको भन्दै सरकारको आलोचना पनि गरे । बजेट पारित भएपछि मन्त्रिपरिषद्मा फेरबदल गर्नेबारे प्रधानमन्त्री ओलीसँग आफूले छलफल गरेको प्रचण्डको भनाइ छ । प्रेस संगठन कास्कीले बिहीबार गरेको पत्रकार भेटघाटमा बोल्दै प्रचण्डले भने,...
असार ६,
रसुवा । उत्तरी क्षेत्रको रसुवागढीमा निर्माणाधीन १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनामा कार्यरत १७ कामदार सुरुङभित्र अलपत्र परेका छन् । जिल्ला प्रहरी प्रमुख भागेन्द्र पुरुष ढकालका अनुसार गएराति सुरुङको बाहिरी भागमा सुक्खा पहिरो जाँदा ती कामदार भित्र थुनिएर अलपत्र परेका हुन् ।कामको सिलसिलामा सुरुङभित्र ११ नेपाली र छ चिनियाँ नागरिक भएको र उनीहरूको उद्धारका लागि नेपाल प्रहरी, नेपाली...
असार ५,काठमाडौं । भारतमा बिहीबार भएको सवारी दुर्घटनामा परी कम्तीमा २० जनाको मृत्यु भएको छ । घटनामा परेर ३५ जना घाइते भएकोमा केहीको अवस्था गम्भीर रहेको अधिकारीहरुले जानकारी दिएका छन् । हिमाञ्चल प्रदेशमा पर्ने कुल्लु जिल्लाको बान्जार क्षेत्रमा रहेको पहाडी क्षेत्रमा बस दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनास्थल बन्जार हिमाञ्चल प्रदेशको राजधानी शिमालदेखि झण्डै १६८ किलोमिटर टाढा पर्दछ...
असार ५,
भक्तपुर । महानगरिय प्रहरी परिसर भक्तपुरले ब्राउन सुगर सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विहिबार चाँगुनारायण नगरपालिका वडा नम्बर २ दुवाकोटबाट सिन्धुपाल्चोक लिसंखुपाखर गाँउपालिका घर भई हाल भक्तपुर दुवाकोट बस्ने २६ वर्षको पुरण परियार र रुपन्देही घर भई हाल ऐ.बस्ने २३ वर्ष राधेश्याम बेलदार रहेका छन् ।
महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने...









